back
CTIZAN AD

कोरोना र ट्वाइलेट पेपर

वि.सं.२०७६ चैत १४ शुक्रवार

1K 

shares

भरत पोखरेल,काठमाडौँ ।  विश्वमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पछि बजारमा सबैभन्दा बढी बिक्री हुने वस्तुमा ट्वाइलेट पेपर देखिएको छ । औषधी र खाद्यान्न भन्दा पनि बढी माग ट्वाइलेट पेपर हुनुको पछाडि आर्थिक र सामाजिक कारणसँगै जीवनशैली पनि रहेको छ । अष्ट्रेलिया, युरोप, अमेरिका लगायत धेरै देशहरूमा ट्वाइलेट पेपर अति आवश्यक वस्तु भइसकेको छ । ट्वाइलेटमा प्रयोगदेखि सफाइ काममा पनि यसको उपयोग हुने गरेको छ । यो ठूला प्याकेजमा हल्का र घरमा थुपार्न सजिलो हुन्छ । यसको महत्वपूर्ण फाइदा भनेको एक्सपाइरी मिति पनि हुँदैन जति थुपारे पनि भयो । वितेका दुई महिनामा ट्वाइलेट पेपरको माग आकाशिएको छ । स्टोरहरूबाट मानिसहरूले ट्वाइलेट पेपर झोलाकाझोला मात्र होइन गाडी भरि लाने गरेको दखियो । उत्तर अमेरिकामा प्रख्याति कमाएको कोरोना बीयरलाई अहिले कोरोना ट्वाइलेट पेपरले पछि पारि सकेको छ । सन २०१७ मा अमेरिका–मेक्सिको सीमामा ट्रम्पले पर्खाल लाउने भनेपछि ट्रम्प ट्वाइलेट पेपर नै बजारमा आयो । विश्वमा अहिले सबैभन्दा बढी मागको बस्तु नै ट्वाइलेट पेपर भएको छ ।

दक्षिण एसियामा ट्वालेट पेपरको त्यति लुछाचुँडी छैन । एक्काइसौं सताब्दीमा देवालय भन्दा शौचालयको महत्व चाहिँ बढेको छ । सन २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालमा ३८.१७ प्रतिशत परिवारसँग आफू बस्ने घरमा शौचालय सुविधा छैन । सहरी क्षेत्रमा ९.०९ प्रतिशत र ग्रामीण क्षेत्रमा ४५.११ प्रतिशत परिवारसँग आफू बस्ने घरमा शौचालय नभएको देखिन्छ । विकासशील देशका न्युन आय भएका हामी नेपाली लोटा लिएर मैदान जाने, चर्पीमा मगले काम चलाउने परम्परामा अभ्यस्त छौं अर्थात् पानीले हाम्रो गर्जो टर्छ ।

नेपालमा ट्वाइलेट पेपर प्रयोग गर्ने तप्का अन्दाजमा आँकलन गर्नु अन्याय हुनेछ । यसको लेखाजोखा अब आउने सन २०२१ को जनगणनामा शौचालय सुविधासँगै ट्वाइलेट पेपरको प्रयोग कर्ताको पनि प्रश्नावली केन्द्रीय तथ्याङ्क विभागले राख्ने छ भन्ने आशा गरौं ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १९:४५ मा प्रकाशित

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...