back
CTIZAN AD

कोरोनाको कहरः नेपाली दूतावासद्धारा बंगलादेशमा रहेका नेपालीलाई धैर्य गर्न अनुरोध

वि.सं.२०७६ चैत १५ शनिवार

894 

shares

१५ चैत, बंगलादेश। बंगलादेशमा रहेको नेपाली दूतावासले बंगलादेशमा रहेका विद्यार्थी तथा अन्य क्षेत्रमा रहेका नेपालीको अभिभावकत्व पूरा गर्न सदैव तयार रहको बताएको छ ।

दूतावासले शुक्रबार एक अपिल गर्दै बंगलादेश सरकारले ४ अप्रिलसम्मका लागि लक डाउन गरेको अवस्थामा सम्पूर्ण नियम एवं निर्देशको पूर्ण पालना गर्न भन्दैं यस विषम घडिमा सबै धैर्यताका साथ आआफ्नो स्थानमा शुरक्षित रहनु नै श्रेयष्कर हुने बताएको छ ।

‘वैश्विक महामारी (Pandemic) घोषित भैसकेको नोवेल कोरोना भाईरस COVID-19 को संक्रमणका कारण विश्व आक्रान्त बनिरहेको यस घडिमा हाल बंगलादेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुमा धैर्य एवं संयमका साथ जो जहां हुनुहुन्छ त्यहीं शुरक्षित रहनुका साथै बंगलादेश सरकारले यहि २६ मार्च २०२० देखि ४ अप्रिलसम्म लागु गरेको लक–डाउन संबन्धि सम्पूर्ण नियम एवं निर्देशको पूर्ण पालना गर्न हार्दिक अनुरोध गर्दछु ।’ राजदूत डा. बंशीधर मिश्रद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबिच राजदूत मिश्रले यहि २५ मार्चमा बंगलादेशका परराष्ट्र मन्त्रीले दक्षिण एशियाका राजदूतहरुलाई मन्त्रालयमा एक्ला एक्लै भेट गर्ने क्रममा आफूले पनि भेट गरेको र उक्त अवसरमा नेपालीहरुलाई संकटको समयमा बंगलादेशी नागरिक सरह ब्यवहार गरिने आश्वस्त पारेको पनि राजदूत मिश्रले बताएका छन् ।

यस्तो छ अपिल

बंगलादेशमा रहनु भएका नेपालीहरुमा हार्दिक

अपिल
वैश्विक महामारी (एबलमझष्अ) घोषित भैसकेको नोवेल कोरोना भाईरस (ऋयखष्मज्ञढ)को संक्रमणका कारण विश्व आक्रान्त बनिरहेको यस घडिमा हाल बंगलादेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुमा धैर्य एवं संयमका साथ जो जहां हुनुहुन्छ त्यहीं शुरक्षित रहनुका साथै बंगलादेश सरकारले यहि २६ मार्च २०२० देखि ४ अप्रिल सम्म लागु गरेको लक ( डाउन संबन्धि सम्पुर्ण नियम एवं निर्देशको पुर्ण पालना गर्न हार्दिक अनुरोध गर्दछु। हालको बिषम परिस्थितिमा नेपालमा २४ देखि ३१ मार्च सम्म लकडाउन गरी सकेको र छिमेकि मुलुक भारतमा २४ मार्च देखि १४ अप्रैल २०२० सम्म लकडाउनको निर्णय गरेको सबैलाई जानकारी नै छ । परिस्थिति अनुसार यो अवस्था बढन पनि सक्ने सम्भावना लाई विचार गर्दै यस विषम घडिमा सबै धैर्यताका साथ आ-आफ्नो स्थानमा शुरक्षित रहनु नै श्रेयष्कर हुनेछ । राजदूतावासले गत सप्ताहसम्म धेरै कलेजहरुमा विद्यार्थीहरुको अनुरोधका आधारमा नेपाली बिद्यार्थीहरुलाई नेपाल फर्कन कलेज, विश्वविद्यालय संग सम्पर्क र अनुरोध गरी सहजिकरण गरेको थियो र ठुलो संख्यामा नेपाल फर्केको जानकारी प्राप्त भएतापनि राजदूतावासको यलष्लिभ झभचनभलअथ चभनष्कतचबतष्यल मा आज (२७ मार्च २०२०) सांझ ६ बजे सम्म ७६७ नेपालीहरुले बंगलादेशका विभिन्न स्थानहरुबाट आफ्नो अभिलेखिकरण गर्नु भएको छ । नेपाल सरकारको पछिल्लो निर्णय अनुसार विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुलाई हाल बसेकै स्थानमा शुरक्षित बस्न निर्देश गरेको र तत्काल नेपाल फर्काउने कुनै योजना न भएको ब्योहोरा अवगतै होला । यसै बिच यहि २५ मार्चमा बंगलादेशका माननीय परराष्ट्र मन्त्रीज्यूले दक्षिण एशियाका राजदूतहरुलाई मन्त्रालयमा एक्ला एक्लै भेट गर्ने क्रममा मसंगको भेटमा नेपालीहरुलाई संकटको समयमा बंगलादेशी नागरिक सरह ब्यवहार गरिने आश्वस्त पार्नुकासाथै समस्या परेमा सहयोगकालागि निर्धा्रित पदाधिकारी छुट्टी वा लकडाउनका दिन पनि परराष्ट्र मन्त्रालयमा रहने जानकारी गराउनु भएको छ ।

तसर्थ अहिलेको अवस्थामा आफ्नो मनोबल ऊच्च राख्दै यथा स्थानमा सुरक्षित बस्नु नै एक मात्र विकल्प रहेको छ । यदि कसैलाई अफ्नो बसाईमा कुनै समस्या भएमा नेपाली राजदूतावासद्वारा पटक पटक जारी गरेको सुचना, वेबसाईट लगायतमा उपलब्ध ठेगानामा सम्पर्क गर्नु होला र संकटको समयमा एक – अर्कालाई सहयोग गर्ने नेपाली प्रचलन अनुसार आफ्नो सम्पर्कमा रहनु भएकालाई सुरक्षित रुपमा सहयोग गर्न र आवस्यकता अनुसार राजदूतावासलाई समेत जानकारी गराउनुहुन हार्दिक अपिल गर्दछु ।

नेपाली राजदूतावास बंगलादेश ढाका नेपाल तथा बंगलादेशका सरकारी निकायहरुसंग नियमित सम्पर्कमा रही बंगलादेशमा रहनु भएका सबै नेपालीहरुको रेख देख तथा परी आएको समस्या समाधान गर्न सदा तत्पर रहेको ब्योहोरा जानकारी गराउन चाहन्छु ।

डा. बंशीधर मिश्र
नेपाली राजदूत
बंगलादेश ढाका
मिति २०७६ चैत्र १४ गते, २७ मार्च २०२०

बंगलादेशमा कोरोनाको कहरः नेपाली विद्यार्थी भन्छन्–’सरकार हामी घर फर्कन चाहान्छौं’

वि.सं.२०७६ चैत १५ शनिवार १५:१२ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...