back
CTIZAN AD

बंगलादेशमा कोरोनाको कहरः नेपाली विद्यार्थी भन्छन्–’सरकार हामी घर फर्कन चाहान्छौं’

वि.सं.२०७६ चैत १४ शुक्रवार

1.7K 

shares

१४ चैत,काठमाण्डौं । बंगलादेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरु घर फर्कन चाहेको भन्दै सरकारसमक्ष अनुरोध गरेका छन् ।

बंगलादेशका विभिन्न युनिभर्सिटीका १ सय भन्दा बढी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले बंगलादेशबाट आफूहरु घर फर्कन चाहेको भन्दै सरकार गुहारेका हुन् । केहि दिन अघिमात्र मलेसिया र भुटानलगायतका देशले आफ्ना विद्यार्थीहरुलाई उद्धार गरेर लगेपछि उनीहरु झन आत्तिएको विश्वव्यापी विद्यार्थी संगठन (WNSO) बंगलादेशका सल्लाहकार डाक्टर राकेश साहले संसारन्युजलाई जानकारी दिएका छन् ।

बंगलादेशका मेडिकल कलेज, इन्जिनियरिङ इन्स्च्यिुट, एग्रिकल्चर तथा भेटरिनेरी इन्स्च्यिुटमा अध्ययनरत झण्डै १ हजार नेपाली विद्यार्थीले आफूहरु नेपाल फर्कन चाहेको बताएका हुन् ।

‘बंगलादेशमा कोरोना भाइरस संक्रमण दिनानुदिन बढिरहेको तथा युनिभर्सिटीहरु बन्द भएको र सरकारले पनि लकडाउन गरेको अवस्थामा उनीहरु आत्तिएका हुन्,’ डा राकेश शाहले संसारन्युजको कुराकानीमा भने, ‘उनीहरु आफ्नै खर्चमा आउन चाहान्छन्, हवाई मार्ग होस् या स्थलमार्ग प्रयोग गरेर केवल सरकारले त्यसको वातावरण मिलाइदेओस् । उनीहरु यहाँ फर्किएपछि क्वारेन्टिनमा पनि बस्न तयार छन् ।’

डा शाहले कतिपय कलेजका होस्टलले तिमीहरुको सरकारलाई भनेर मिल्छ भने नेपाल जाओ, हामी होस्टल बन्द गर्छौ भनेर विद्यार्थीहरुलाई भनिरहेको अवस्था र कतिपय युनिभर्सिटीमा ८–१० जना नेपाली विद्यार्थीहरु मात्र रहेको अवस्थामा उनीहरु आत्तिएर नेपाल आउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको संसारन्युजलाई बताए ।
डा.शाहले बंगलादेशस्थित नेपाली दूतावासले अभिभावकत्व पूरा गरिरहेको, केही समस्या परेमा खबर गर्न पनि भनिरहेको अवस्थामा पनि उनीहरु कति समय बन्द हुने हो र कोरोना भाइरसको प्रभाव कहाँसम्म पुग्ने हो भन्ने त्रासमा बाँचिरहेको बताएका छन् ।

‘बंगलादेशस्थित नेपाली दूतावासले गरेको अनलाईन रजिष्ट्रेशनमा अहिलेसम्म ७ सय ६७  जना रजिष्ट्रेड भइसकेका छन् । उनीहरु सबै घर फर्कन चाहान्छन् । यता परिवार र उता छोराछोरी आत्तिएका छन् । सरकारले केही पहल गरिदिएमा उनीहरु अभिभावकविहिन जस्तो अवस्थामा त्यहाँ बस्न बाध्य हुने थिएनन् ’ डा. राकेश साहले भने ।

यस कार्यका लागि आफू समन्वय गर्न तयार रहेको डा. साहले बताएका छन् । यसका लागि साहलाई ९८१७०७३६७०, ९८४१७०२८२२ सम्पर्क गर्न सकिनेछ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १८:२० मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...