back
CTIZAN AD

सम्पूर्ण नर्सहरूको सम्मानमा – आमाको विज्ञप्ति

वि.सं.२०७६ चैत १४ शुक्रवार

981 

shares

बिरामीसँग चौविसै घण्टा रहने नर्सहरू र प्रत्यक्ष सम्पर्कमा आउने डाक्टरहरू प्रति मेरो आघात श्रद्धा छ । हतियारको बलले दुईवटा विश्वयुद्ध भए यो हतियारविहिन तेस्रो विश्वयुद्धका योद्धहरूलाई सलाम छ ।

सुर्य मात्र होईन चराचुरूङ्गि अफ्नो वासस्थान तिर आउँदै गर्दा होस या चराचुरुङ्गि चिरविराउँदै गर्दा ती घरबाट अस्पताल तर्फ लाग्छन् । मातृ हृदय कटक्क हुन्छ तर तिमी डियुटी नजाउ भन्न सक्तिन । अस्पतालको वेडमा सुतिरहेका विरामीको अनुहार एकाएक आँखामा नाँच्न थाल्छ ।

ती अक्सिजन सकिएर छट्पटी रहेछन् कि वा दुखाइ खप्न नसकेर रोईरहेका छन कि । मेरो छोरी प्रतिको मोहले तिनको जीवन लिला सकियो भने ?

म अन्योल मै हुदै गर्दा मेरी आमाको फोन आँउछ, नानीलाई जागिर छोड्न लगा है ?

उहाँका दुई छोरी, एउटी नातिनी र एउटी भदै नर्स छन । कान्छी छोरी र जेठी नातिनी पनि अस्पतालमै काम गर्छन । विश्व भर फैलिएको कोरोना भाईरसले मेरी आमाको मन पनि तर्सित छ होला ! फोनमा ‘सरिता (साहिँली छारी) काममा जान लागेको भनेर भनेकी थिई नजा भनेको बिरामीलाई कस्ले हेर्ने ? घर बसेर कस्ले खान दिन्छ भनेकि थिई ज्वरो आयो भनेर अस्पताल पस्न दिएनछ’ मेरो मन छोरी छोडेर बहिनी तिर दौडियो ।

‘घर र कामको चापले उसँग गफ गर्ने फुर्सद हुदैन । काममा जाँदा र फर्कदा भेटियो भनेमात्र कुरा हुन्छ । दुई दिन अगाडि उसँग कुरा भएको थियो । लकरको साँचो देखि सबै कुरा सफा गरेर बुझाउनु पर्ने अनि कोरोनाको विरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा दुई घण्टा मिटिङ थियो कामको लोड बढ्दै छ, प्रभावित विरामी नभई माक्स लगाउन पनि नपाइने रे ‘

मन फेरि कटक्क भयो अष्ट्रेलिया जस्तो विकसित देशका अस्पताल कि निर्देशकले यस्तो गैरजिम्मेवारीपुर्ण व्यवहार गरेर कतै मेरी बहिनी कोरोना संक्रमित भइ भने ?

मैले उसलाई फोन लगाए ‘म आईसोलेसनमा बसेको छु अब रिपोर्ट नआँउदा सम्म के थाहा र ? पोजेटीभ आयो भने ? सबैले यसले गर्दा कोरोना सर्यो भन्छन् ।’

हैट यी नर्सहरू कुन आदर्शले दिक्षित हुन्छन् यसरी ? आँफूलाई रोग लाग्दा भन्दा अरूलाई रोग सर्छ भन्ने चिन्ता ।
मेरी छोरीपनि आफूलाई केही हुन्छ कि भन्ने भन्दापनि बाबू मालाई सार्छुकि भन्ने चिन्ताले अस्पताल जाँदै गर्दा कहिँ ननिश्कनु नि ! हामी आज्ञाकारी बालक जस्तै उसका कुरा मानेर बस्छौ उ डियुटिमा जान्छे ।

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

उफ !

आराम गर , धेरै खा, आफ्नो ख्याल गर अरुको बारेमा सोच्न छोड भन्दै मैले फोन काटे ।

चितवनबाट भाइ बुहारीले फोन गरे नाके स्वर बनाउदै भने ‘नानू जागिर छोड्दै । यस्तो जागिर भोलि कति पाईन्छ कति । ‘कहाँ छोड्ने बिरामीको के हुन्छ ? अनि यस्ता विपत्तिका बेला जागिर छोड्ने भगौडेलाई भोलि कस्ले जागिर दिन्छ? ‘

उनिहरूको सम्बाद टुङ्गिने छाँट छैन मामा माइजू आत्तिएका छन् छोरीले मनोविज्ञान बुझि त्यहाँ भन्दा धेरै उसले बोल्यो भने उनीहरू अझै अत्तिनेछन यसैले ल ल भन्दै फोन मलाई दिई।

‘सबैले जागिर छोडे बिरामीको के हुन्छ ? ‘ त्यसो भनिरहँदा मेरो श्वर अलि चर्को भएछ कि, उनिहरू चुप लागे ।

मामकी छोरी टेकु अस्पतालको सदन उपचार कक्षमा काम गर्छे । म पनि जति दह्रो छु भनेपनि भित्र भित्र डराएको छु कि उसलाई फोन गर्छु उठाउदिन । उसको खवर माईजुबाट लिन्छु ‘सबैले माया गरेर फोन गर्दा झन अत्यास हुदो रहेछ फोनै अफ गरेकी छ भन्या ।’

माईजुका कुराले राहत महशुस हुन्छ आजकलका केटीहरू डाईटिङ भन्छन् खान चै धेरै दिनुस् है भन्दै फोन राख्छु ।

बिरामीसँग चौविसै घण्टा रहने नर्सहरू र प्रत्यक्ष सम्पर्कमा आउने डाक्टरहरू प्रति मेरो अगाध श्रद्धा छ । हतियारको बलले दुईवटा विश्वयुद्ध भए यो हतियारविहिन तेस्रो विश्वयुद्धका योद्धहरूलाई सलाम छ ।

ईटली की ३४ वर्षिय नर्स डेनिला टेज्जिले कोरोना लागेका बिरामीको उपचारमा लाग्दा आँफै संक्रमित भईन अरूलाई सर्छ भनेर आत्माहत्याको बाटो रोजिन ।

अब यसरी कुनै नर्सहरू कमजोर नबनुन् ! नर्सका परिवार नआत्तियुन । यो महामारीबाट विश्वले छिटो छुट्कारा पाओस् कामना छ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १८:३३ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...