back

कोरोना संक्रमितको उपचारमा जुटिरहेकी नर्ससँग भारतीय प्रधानमन्त्रीले गरे यस्तो कुराकानी

वि.सं.२०७६ चैत १६ आइतवार

438 

shares
GLOBAL IME AD
NTC AD

१६ चैत्र । कोरोना भाइरसका बिरामीसँग नजिक भएर काम गर्ने चिकित्सक तथा नर्सहरु यतिबेला भगवान जस्तै बनेका छन् । उनीहरुको सेवाबाट बिरामी सन्चो भएर फर्किरहेका छन् । संक्रमितको उपचार गर्न पठाउनु पर्दा परिवारहरु डराइरहेका छन् । आँखै अगाडि मृत्यु देख्दा देख्दै पनि ज्यानै जोखिममा राखेर काम गरिरहेका उनीहरुको हौसला अत्यन्त जरुरी छ ।

यस्तै हौसला बढाउने काम गरेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । उनले पूणेको एक नर्स छाया जगतापसँग शुक्रबार फोनमा कुराकानी गरेका छन् । प्रधानमन्त्री मोदी र नर्स छायाबीचको कुराकानीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसले कोरोना भाइरस संक्रमितको सेवामा जुटिरहेका चिकित्सक तथा नर्सहरुलाई हौसला मिलेको छ ।

पूणे नगर निगमअन्तर्गतको नायडु अस्पतालमा काम गर्ने ती नर्ससँग प्रधानमन्त्री मोदीले फोनमा कुराकानी गरेका हुन् । फोनमा मोदीले ‘तिमी संक्रमितको समर्पणका साथ हेरचाह गरिरहेकी छौँ, यस्तो अवस्थामा तपाईको सुरक्षा बारे परिवारको डर भगाउन कसरी सक्छौँ’ भनेर सोधेका थिए ।

जवाफमा छायाले भनेकी थिइन् ‘म आफ्नो परिवारको बारे चिन्तित छु, तर यस अवस्थामा मैले बिरामीको सेवा गर्नुपर्दछ । म ती बिरामीको सेवामा जुटिरहेको छ ।’

प्रधानमन्त्रीले नर्ससँग भने ‘तपाईजस्तै सेवामा जुट्ने लाखौँ नर्स, मेडिकल कर्मचारी तथा डाक्टर साँचो अर्थमा जीवनदाता हुन् जो हाल देशका विभिन्न अस्पतालमा बिरामीको सेवा गरिरहेका छन् । म तपाईलाई बधाइ दिन चाहन्छु । म तपाईको अनुभव सुनेर निकै खुशी भएँ ।’

प्रधानमन्त्रीले अस्पतालमा भर्ना भएका बिरामी कत्तिको डराएका छन् भन्ने जिज्ञासासमेत राखेका थिए । जवाफमा छायाले भनिन् ‘हामी बिरामीसँग कुराकानी गरेर नडराउन भनिरहेका छौँ । बिरामीको सम्झाउँछौँ की तपाईलाई केही हुँदैन, तपाईहरुको परीक्षण नेगेटिभ आउने छ । जुन व्यक्तिको परीक्षण पोजेटिभ आएको छ, हामी उनीहरुको हौसला बढाउँछौँ ।’ उनले अस्पतालबाट ७ जना उपचारपछि घर फर्किएको पनि जानकारी गराएकी थिइन् ।

छायाले कुराकानीमा ‘तपाई जस्तो प्रधानमन्त्री पाउनु हाम्रो देशको लागि सौभाग्य हो, भन्दै उनले संक्रमितको सेवामा जुटेका सम्पूर्ण स्वास्थ्यकर्मीलाई सन्देश सुनाइन् । उनले भनिन् ‘हामी डराउन जरुरत छैन, यो रोगलाई भगाएर देशलाई जिताउनु छ । अस्पतालका कर्मचारीले पनि नडराइ सेवा दिनु पर्दछ ।’ म सिर्फ आफ्नो काम गरिरहेको छु, तर अहिले २४ घण्टा देशको सेवा गरिरहेको छु, हामी तपाईप्रति आभारी छौँ, तपाई जस्तो प्रधानमन्त्री हुनु देशको लागि सौभाग्य हो ।’

 

वि.सं.२०७६ चैत १६ आइतवार ०९:२२ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...