back
CTIZAN AD

कोरोना संक्रमितको उपचारमा जुटिरहेकी नर्ससँग भारतीय प्रधानमन्त्रीले गरे यस्तो कुराकानी

वि.सं.२०७६ चैत १६ आइतवार

804 

shares

१६ चैत्र । कोरोना भाइरसका बिरामीसँग नजिक भएर काम गर्ने चिकित्सक तथा नर्सहरु यतिबेला भगवान जस्तै बनेका छन् । उनीहरुको सेवाबाट बिरामी सन्चो भएर फर्किरहेका छन् । संक्रमितको उपचार गर्न पठाउनु पर्दा परिवारहरु डराइरहेका छन् । आँखै अगाडि मृत्यु देख्दा देख्दै पनि ज्यानै जोखिममा राखेर काम गरिरहेका उनीहरुको हौसला अत्यन्त जरुरी छ ।

यस्तै हौसला बढाउने काम गरेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । उनले पूणेको एक नर्स छाया जगतापसँग शुक्रबार फोनमा कुराकानी गरेका छन् । प्रधानमन्त्री मोदी र नर्स छायाबीचको कुराकानीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसले कोरोना भाइरस संक्रमितको सेवामा जुटिरहेका चिकित्सक तथा नर्सहरुलाई हौसला मिलेको छ ।

पूणे नगर निगमअन्तर्गतको नायडु अस्पतालमा काम गर्ने ती नर्ससँग प्रधानमन्त्री मोदीले फोनमा कुराकानी गरेका हुन् । फोनमा मोदीले ‘तिमी संक्रमितको समर्पणका साथ हेरचाह गरिरहेकी छौँ, यस्तो अवस्थामा तपाईको सुरक्षा बारे परिवारको डर भगाउन कसरी सक्छौँ’ भनेर सोधेका थिए ।

जवाफमा छायाले भनेकी थिइन् ‘म आफ्नो परिवारको बारे चिन्तित छु, तर यस अवस्थामा मैले बिरामीको सेवा गर्नुपर्दछ । म ती बिरामीको सेवामा जुटिरहेको छ ।’

प्रधानमन्त्रीले नर्ससँग भने ‘तपाईजस्तै सेवामा जुट्ने लाखौँ नर्स, मेडिकल कर्मचारी तथा डाक्टर साँचो अर्थमा जीवनदाता हुन् जो हाल देशका विभिन्न अस्पतालमा बिरामीको सेवा गरिरहेका छन् । म तपाईलाई बधाइ दिन चाहन्छु । म तपाईको अनुभव सुनेर निकै खुशी भएँ ।’

प्रधानमन्त्रीले अस्पतालमा भर्ना भएका बिरामी कत्तिको डराएका छन् भन्ने जिज्ञासासमेत राखेका थिए । जवाफमा छायाले भनिन् ‘हामी बिरामीसँग कुराकानी गरेर नडराउन भनिरहेका छौँ । बिरामीको सम्झाउँछौँ की तपाईलाई केही हुँदैन, तपाईहरुको परीक्षण नेगेटिभ आउने छ । जुन व्यक्तिको परीक्षण पोजेटिभ आएको छ, हामी उनीहरुको हौसला बढाउँछौँ ।’ उनले अस्पतालबाट ७ जना उपचारपछि घर फर्किएको पनि जानकारी गराएकी थिइन् ।

छायाले कुराकानीमा ‘तपाई जस्तो प्रधानमन्त्री पाउनु हाम्रो देशको लागि सौभाग्य हो, भन्दै उनले संक्रमितको सेवामा जुटेका सम्पूर्ण स्वास्थ्यकर्मीलाई सन्देश सुनाइन् । उनले भनिन् ‘हामी डराउन जरुरत छैन, यो रोगलाई भगाएर देशलाई जिताउनु छ । अस्पतालका कर्मचारीले पनि नडराइ सेवा दिनु पर्दछ ।’ म सिर्फ आफ्नो काम गरिरहेको छु, तर अहिले २४ घण्टा देशको सेवा गरिरहेको छु, हामी तपाईप्रति आभारी छौँ, तपाई जस्तो प्रधानमन्त्री हुनु देशको लागि सौभाग्य हो ।’

 

वि.सं.२०७६ चैत १६ आइतवार ०९:२२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...