१७ चैत, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार २ सय ५१ पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८५ हजार ७ सय ९ पुगेको छ भने ३७ हजार ६ सय ६८ जनाले आफ्नो ज्यान गुमाईसकेका छन ।
अमेरीकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजार २ सय ७४ पुगेको छ भने ३ हजार ४० जनाले आफ्नो ज्यान गुमाएका छन । ।
इटालीमा पनि कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ रहेको छ ।
वि.सं.२०७६ चैत १८ मंगलवार ०९:१४ मा प्रकाशित






























