back

एनआरएनए कोरोना बिशेष आपतकालिन राहतकोष, क-कसले गरे त अहिलेसम्म सहयोग ?

वि.सं.२०७६ चैत १८ मंगलवार

153 

shares
NTC AD
Global IME AD

१८ चैत, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख जम्मा भएको छ ।

संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहको सहयोगार्थ सो रकम जम्मा भएको हो ।

श्रेष्ठले सहयोग लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य युकेमा २ जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आसंका गरिएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वस्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी बिरुद्ध लड्न सक्रिय रहेको बताइएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाइ ,दिदीवहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष” मा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।
हालसम्म उठेको जम्मा रकम ः १ करोड ८८ लाख ७ हजार ६०० सय )

. क–कसले गरे त अहिलेसम्म सहयोग ?
१ गैर आवासीय नेपाली संघ-कोरिया, रु. १ करोड ३० लाख
२. गैर आवासीय नेपाली संघ जापान-रु. ५ लाख
३. गैरआवासीय नेपाली संघ ओमन -रु. ५० हजार २ सय
४. उपेन्द्र महतो,बेलारुस- रु. ५ लाख
५. जीवनाथ लामिछाने, जर्मनी- रु. ५ लाख
६. कुमार पन्त,जर्मनी-रु. ५ लाख
७. सोनाम लामा,अमेरिका- रु. ५ लाख
८. बद्रि केसी,रसिया-रु. १ लाख
९. मन केसी,अस्ट्रेलिया-रु. १ लाख
१०. अर्जुन कुमार श्रेष्ठ ,बेल्जियम- रु. १ लाख
११. गौरी जोशी,अमेरिका- रु. ५ लाख
१२. आरके शर्मा, कतार-रु. २ लाख
१३. महेश कुमार श्रेष्ठ,जापान-रु. ५ लाख
१४. लोक दाहाल, बेल्जियम- रु. १ लाख
१५. गोबिन्द श्रेष्ठ ,’रोविन्द्र’ जापान-रु. १ लाख
१६. राजेन्द्र अर्याल, साउदी अरब- रु. १ लाख
१७. दिपक प्रसाद कंडेल,जापान- ५० हजार
१८. पुरुसोत्तम बोहोरा,अमेरिका-रु. १ लाख
१९. लोकनाथ वस्ती,जापान- रु. ५० हजार
२०. राजन त्रिपाठी,अमेरिका -रु. ५० हजार
२१. कृष्ण तिमिल्सिना, बेलायत-रु. ५० हजार
२२. चन्द्र गुरुङ ,बेलायत-रु. १ लाख
२३. टंक लम्साल,जर्मनी-रु. ५० हजार
२४. भूमिराज गुरुङ,स्विजरल्याण्ड-रु. ५० हजार
२५. अभ्युमन्यु बस्नेत,क्यानाडा- रु. १ लाख
२६. अब्दुल बसिद,कतार – रु. १ लाख
२७. रमेश भण्डारी,साउदी अरब- रु. ३२ हजार (करिव )
२८. नारायण पासवान,साउदी अरब- रु. १० हजार
२९. कुमार कार्की, थाईल्याण्ड-रु. १ लाख
३०. कृष्ण लामिछाने,अमेरिका – रु. ५० हजार
३१. प्रमिला बस्नेत,क्यानाडा-रु. १५ हजार
३२. रादेश पण्डित,अमेरिका-रु. ६० हजार (करिब

सहयोगी दाताहरुको नामावली अपडेट गरिदै जाने भएकोले सहयोगका लागि संघको आपतकालिन बैंक खाता देहाय वमोजिम रहेको जानकारी संघका कोषाध्यक्ष तथा कोरोना पीडित राहतकोषका संयोजक महेशकुमार श्रेष्ठले दिएका छन् ।

Bank Name : Sanima Bank Limited
Branch Name : Alkapuri, Kathmandu
Account No : 024010510000034
Beneficiary : NRNA EMERGENCY FUND
Swift Code : SNMANPKA

वि.सं.२०७६ चैत १८ मंगलवार ०८:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...