back
CTIZAN AD

यमन आत्मघाती हमलामा मृत्यु हुनेको सङ्ख्या चालिस पुग्यो

वि.सं.२०७३ पुस ४ सोमवार

936 

shares

४ पुस, एडेन । यमनको दक्षिणी सहर एडेनमा आइतबार आफ्नो तलव बुझ्न सैनिक आधार शिविरमा जम्मा भएका सुरक्षाकर्मीकोे एक समूहलाई लक्षित गरी गराइएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको सैन्य र स्वास्थ्य अधिकारीहरूले जानकारी गराएका छन् ।

अल एरिस जिल्लामा अवस्थित अल सव्लाबा शिविरमा जम्मा भएका सैनिकहरूको बीचमा घुसेर आत्मघाती आक्रमणकारीले विस्फोट गराएको जनाइएको छ ।

आक्रमणमा परी अन्य ५० जनाभन्दा बढी मानिस घाइते भएका स्रोतले जानकारी दिएको छ । केही घाइतेको अवस्था अत्यन्तै गम्भीर देखिएको भन्दै मृतकको सङ्ख्यामा अझै बढ्नसक्ने बताइएको छ ।

एडेनमै इस्लामिक स्टेट –आईएस) जिहादी समूहले जिम्मा लिएको आत्मघाती आक्रमणमा ४८ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको एक घटनाको आठ दिनपछि पुनः सैनिक लक्षित अर्को आत्मघाती बम हमला भएको हो ।

यमनी अधिकारीहरूले यस युद्धग्रस्त देशको दक्षिणी तथा पूर्वी क्षेत्रमा गतिविधि बढाइरहेका जिहादीविरुद्ध तीव्र कारबाही सुरु गरेका छन् ।

सरकार र यमनको हुथी विद्रोहीबीचको द्वन्द्वको कारण आईएस र अल कायदा विद्रोहीहरूले यस क्षेत्रलाई आफ्नो आश्रय स्थल बनाउँदै आएका छन् । साउदी अरेबियासँग आवद्ध गठबन्धन सेनाले सन् २०१५ को मार्च महिनाबाट हुथी विद्रोहीविरुद्ध कारबाही जारी राखेका छन् ।

यमनमा जारी द्वन्द्वमा परी सात हजारभन्दा बढी व्यक्ति मारिएका छन् र यसमा अधिकांश सर्वसाधारण रहेका छन् । एएफपी

वि.सं.२०७३ पुस ४ सोमवार ०३:५५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...