back
CTIZAN AD

मोतिलाल सिंह शोधपत्र छात्रवृत्ति श्रुती श्रेष्ठलाई

वि.सं.२०७३ पुस ४ सोमवार

1.1K 

shares

४ पुस,काठमाडौँ । नेपाल अध्ययन केन्द्र बेलायत (सिएनएसयुके)ले यसै वर्ष स्थापना गरेको मोतिलाल सिंह स्नातोकत्तर शोध छात्रवृत्ति त्रिभुवन विश्वविद्यालयमा सामाजिक कार्य विषयमा अध्ययन गर्ने छात्रा श्रुती श्रेष्ठलाई प्रदान गरिएको छ ।

भूतपुर्व गोर्खाको बसाइँसराइ, बुढ्यौली र मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गरी शोधपत्र तयार गर्न उनलाई यो छात्रवृत्ति प्रदान गरिएको हो ।

उक्त छात्रवृत्तिमा रू ५० हजार नगद तथा स्नातकोत्तर तहको गुणस्तरीय शोधपत्र लेख्नको लागि नेपाल अध्ययन केन्द्रको तर्फबाट प्राज्ञिक परामर्शसमेत समावेश छ ।

यलमाया केन्द्र, पाटन ढोकामा आयोजित एक प्राज्ञिक समारोहमा केन्द्रका सल्लाहकार अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेविड गेल्नरले उक्त छात्रवृत्ति रकम र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

केन्द्रको तर्फबाट उक्त छात्रवृत्तिको संयोजन गर्दै आउनु भएका डा. कृष्ण अधिकारीले उक्त छात्रवृत्ति, छनोट प्रक्रिया र मोतिलाल सिंहको बारेमा प्रकाश पार्नु भएको थियो ।

विद्यार्थीहरूमा मौलिक र गुणस्तरीय अनुसन्धान गर्ने र शोधपत्र लेख्ने क्षमता विकास होस् र नेपालका प्राज्ञिक संस्थाहरूबाट हुने अनुसन्धानको गुणस्तर अभिवृद्धिमा प्रेरणा मिल्न सकोस् भनेर यो छात्रवृत्ति नेपाली विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको लागि खुला गरिएको थियो ।

नेपाल–बेलायत सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा मोतीलाल सिंहको नाममा यो छात्रवृत्ति स्थापना भएको हो । डा. कृष्ण अधिकारीद्वारा लिखित मोतिलाल सिंहको बारेमा अनुसन्धानात्मक तथा अनुवादित तथा केन्द्रबाट प्रकाशित पुस्तकको बिक्रीबाट उठेको सम्पूर्ण रकमबाट उक्त छात्रवृत्ति स्थापना गरिएको हो ।

विसं १८७१÷७२ (सन् १८१४) मा नेपाल–अङ्ग्रेज युद्धमा लडेका नेपाली योद्धा मोतीलाल सिंह एक ऐतिहासिक व्यक्तित्व थिए । उक्त युद्धमा घाइते भई इस्ट इण्डिया कम्पनीद्वारा युद्धबन्दी बनाएका उनी पछि अङ्ग्रेजबाट स्थापित पहिलो गोर्खा फौजमा भर्ति गरिएका सिपाहीमध्येका एक थिए ।

विसं १९०६ मा जङ्गबहादुर राणालाई बेलायतमै भेटेका उनी बेलायत पुग्ने पहिलो नेपाली हुन् । लण्डनबाट प्रकाशित हुने न्यू मन्थली म्यागजिन एन्ड हुयुमरिस्टको जुलाई १८५० को अङ्कमा १८ पेज लामो लेख छपाएका मोतिलाल हालसम्म थाहा भएसम्म अङ्ग्रेजी व्यवस्थित लेख छपाउने पहिलो नेपाली भएको सो अवसरमा जानकारी दिइयो । रासस

वि.सं.२०७३ पुस ४ सोमवार ०६:५५ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...