back

सिकारीको गोली लागी थारुको मृत्यु

वि.सं.२०७३ पुस ४ सोमवार

408 

shares
GLOBAL IME AD
NTC AD

 ४ पुस,बुटवल । गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

घरदेखि करिब पाँच किलोमिटरको दूरीमा लुकीछिपी चोरी सिकारी गर्ने गाउँकै करिब १५÷१६ जनाको समूह संलग्न रहेको इप्रका रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाले बताउनुभयो ।

मृतकलाई गोली लागेर घाइते भएपछि उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताउनुभयो । घटनामा संलग्न रहेको अनुमानमा केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिको प्रारम्भिक बयानका आधारमा मृतक ढुङ्गामा अल्झिएर लडेपछि आफैँले बोकेको हतियार पड्केर लागेको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।

घटनास्थल गाउँबाट टाढा रहेको र सवारीसमेत पुग्न नसक्ने भएकाले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ पुस ४ सोमवार ०६:१६ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...