back
CTIZAN AD

सिकारीको गोली लागी थारुको मृत्यु

वि.सं.२०७३ पुस ४ सोमवार

816 

shares

 ४ पुस,बुटवल । गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

घरदेखि करिब पाँच किलोमिटरको दूरीमा लुकीछिपी चोरी सिकारी गर्ने गाउँकै करिब १५÷१६ जनाको समूह संलग्न रहेको इप्रका रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाले बताउनुभयो ।

मृतकलाई गोली लागेर घाइते भएपछि उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताउनुभयो । घटनामा संलग्न रहेको अनुमानमा केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिको प्रारम्भिक बयानका आधारमा मृतक ढुङ्गामा अल्झिएर लडेपछि आफैँले बोकेको हतियार पड्केर लागेको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।

घटनास्थल गाउँबाट टाढा रहेको र सवारीसमेत पुग्न नसक्ने भएकाले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ पुस ४ सोमवार ०६:१६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...