back
CTIZAN AD

नेपालमा कोरोनाको कहरः गल्ति कमजोरी गर्नेलाई ढाकछोप नगरियोस्

वि.सं.२०७६ चैत २५ मंगलवार

810 

shares

प्रवासमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारीबाट विचलित नभएको नाताले लामो समयको अन्तरालमा यसपटक मैले केहि नलेखी रहन सकिनँ । यद्यपि मैले के गरिरहेको छु अन्य व्यक्तिले मूल्यांकन गर्ने विषय हो यो । सर्वविदितै छ कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान हो । र गतसाल डिसेम्वरदेखी नै यो संक्रमण फैलिने क्रम सूरू भएको हो ।

चीनको वुहान शहरमा रहेका नेपाल फर्किन इच्छुक १७५ जना नेपाली नागरिकलाई हवाईजहाज पठाएर स्वदेश फिर्ता ल्याइ तिनीहरूलाई १४ दिनसम्म खरिपाटी, भक्तपूरमा क्वारेनटाइनमा राख्ने उचित व्यवस्था गरेर सरकारले जनताको मन जित्ने कार्य गर्यो । ती सबैमा कोरोना भाइरसको संक्रमण देखिएन । सरकारको यो अभिभावकिय कार्य सराहनीय रह्यो । तर, छिमेकी मुलुक चीन र नेपालका जनताको आवागमन भइरहेको सन्दर्भमा नेपालले सजग हुदै सतर्कता कुन स्तरमा अपनाउनु पथ्र्यो त्यो भएको देखिदैंन ।

जनताको स्वास्थ्यको हितलाई ध्यानमा राखेर संक्रमणबाट बच्न र नियन्त्रण गर्न परीक्षणको दायरा सातवटा प्रदेशहरूमा समयमा नै विस्तार गर्न सक्नुपथ्र्यो । अहिले बल्ल परिक्षणको दायरा प्रदेशस्तरमा विस्तार गर्ने कार्यले गति लिदँैछ ।

विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको विषय पटक–पटक सार्वजनिक गरेको जगजाहेर छ । यद्यपि करिव ३ महिनाको यस अवधिमा नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्धेश्यले मार्च महिनाको दोस्रो सातासम्म खासै विशेष महत्व दिएर महामारी नफैलियो्स भनेर सीमा नाकाहरू बन्द गर्न र अन्तरराष्ट्रिय उडानहरूको आवागमन स्थगन गर्न तदारूकता देखाएको थिएन । अर्कोतर्फ, देशको प्रतिष्ठित चिकित्सकले कोरोना भाइरसको संक्रमणको आशंका गरेर परीक्षण गर्न पठाएको व्यक्तिलाई पनि परिक्षण नगरेर संबन्धित अस्पताल (प्रयोगशाला) ले फिर्ता पठाएको विषय पनि सार्वजनिक भएका थिए । अस्पतालमा परीक्षण किटहरूको अभावका कारण नै यसको दायरा फराकिलो हुन नसकेको तथ्य पनि लुकेको छैन ।

चिकित्सक र स्वास्थ्यकर्मीहरूको लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू मास्क, पिपिइ, गगल्स, सर्जिकल ग्लोब्स् आदिको नै अभावले गर्दा उपचारमा खटिनु पर्ने चिकित्सक र स्वास्थ्यकर्मी नै भयभित र त्रासदीको अवस्थामा रहेका समाचार पढ्नुपर्दा स्वास्थ्य मंत्रालय र यसका जिम्मेवार पदाधिकारीको कार्यशैलीको गति जनता सामु उदाङ्गो भएको छ ।

ढिलै गरेर भए पनि अन्ततः मार्च महिनाको तेस्रो साताबाट देश तथा विदेशमा रहेका नेपालीहरू र नागरिक समाजको दबावमुलक आग्रहपछि नेपाल सरकारले महामारीको जोखिमलाई कम गर्ने उद्धेश्यले सकारात्मक निर्णयहरू गर्दै देशलाई लकडाउन गर्यो । सरकारले लकडाउन अवधि तेश्रोपटक पुनः एक साता थप गरेर बैसाखको पहिलोसातासम्म पुर्याएको छ । साथै श्रम गरेर जीविका चलाउने विपन्न वर्गको हितलाई ध्यानमा राखेर सहयोग गर्ने सकारात्मक निर्णय पनि यस महामारी नियन्त्रणको लागि गठित उच्चस्तरीय समितिले गरेको छ । यो निर्णय स्वागतयोग्य छ ।
यी निर्णयहरु स्वागत योग्य नै भएपनि पछिल्लोपटक स्वास्थ्यमंत्रीको कार्यशैली र गतिविधिको चौतर्फी आलोचना पनि भए । यतिबेला ढिलै भए पनि चीनबाट स्वास्थ्य सामाग्रीहरू नेपाल आइपुगेको छ । चीनका अलिबाबा फाउन्डेशन र चीन सरकारका तर्फबाट अनुदानस्वरूप प्राप्त स्वास्थ्य सामग्री र नेपाल सरकारका तर्फबाट खरीद गरेको स्वास्थ्य सामाग्रीहरूको मूल्यमा भने ठूलो अन्तर रहेको देखियो ।

नेपाल सरकारले दश गुणा अधिक मूल्य तिरेर खरीद गरेको स्वास्थ्य सामाग्रीप्रति जनताले अनियमितता भएको छैन भनेर विश्वास गर्न सक्ने आधार देखीदैन । यसको खण्डन गर्ने उद्धेश्यले स्वास्थ्य मंत्रालयको प्रेस मिटमा मंत्रालयका महानिर्देशक डा महेन्द्र प्रसाद श्रेष्ठले विश्व बजारमा नै अभावको अवस्था भएको कारण केहि महँगो खरीद गरिएको भन्ने बचावटको झिनो प्रयास गरे पनि त्यसलाई विश्वास गर्ने ठोस आधार छैन ।

वास्तवमा यस्तो महामारीमा देशका सबै तह र तप्का मिलेर त्यसका विरूद्ध जुध्ने समय हो । ठुला धनाढ्यहरू र अन्य क्षेत्रका वित्तीय संघ संगठनले आर्थिक सहयोग गरेर सरकारलाई महामारी नियन्त्रण गर्न सहयोग पुर्याऊनु पनि सबैको दायित्व हुन्छ । यदि सरकारका जिम्मेवार पदाधिकारीहरूले यस संक्रमणबाट देश र जनतालाई माथि उठाउने नाममा गल्ति र कमजोरी गरेका छन् भने त्यसलाई ढाकछोप गर्नु हुदैन । सरकारले ती गल्ति र कमजोरी औल्याइदिने व्यक्तिलाई पनि सरकारलाई सहयोग गरेको रूपमा नै बुझ्नुपर्दछ ।

हरेक म भित्रको आस्था र बिस्वासको अन्धोपन महशुस हुने समय पनि बन्न गएको छ माहामारी र महासंकटको यो घडी । हरेक म भित्रको आस्था र विस्वास माथी बज्रपात भएको छ । रूमालले पिटेर पाइल्स निको पारेको, जनावरको मुत्र पिलाएर रोग निको पारेको, साकालाका भन्दै, ‘त भागी जा’ भन्दै माहामारी भगाउनेको भिड पनि यो विचमा देखियो । जे गरियो अन्धविश्वासमा गरियो होला । तर, माहामारीले त्यो आवाज सुन्दै सुनेन झन–झन दुखद र भयावह परिणाम दिदै गएको छ माहामारीले । जुन त्यस्तै कयौ आस्था, विस्वास, भिड र मानिसहरूमा पनि देखियो । जस्ले आफ्ना आस्था र विस्वासमाथीको अन्धोपन पनि देखाइ दियो तर यो आस्था र विस्वासको अन्धोपन सायदै घट्दै जाला जुन कुनै वाद र विचारका बादशाह भन्नेहरूका काम र व्यवहारले देखाइ रहे पनि ।

आज आफ्नै हरेक आस्था, विस्वास, शक्ति र साम्राज्यहरू विरह पोखिरहेछन् । निरही बनि रहेछन । माहामारीलाइ खेलाची ठान्ने, समय मै तयारी नगर्ने, हाम्रो देश र नागरिकमा आउदैन भन्ने हरेक राष्ट्र र नागरिक माहामारीको चपेटामा परिरहेका छन् । त्यस्तै हाम्रो खाना र छानाको कारण कोरोना भाइरसको संक्रमण हुँदैन भन्नेहरू पनि थुर–थुर हुदै आफ्नै धुरभित्र बस्न बाध्य छन् ।
आस्था र विस्वासका अन्धोपनमाथि या विचार र वादका नेतृत्वहरूमाथि राखिएका इमान्दारिता र कुशलताहरू आज संसारभर के हो र के रहेछ भन्ने छर्लग देखाइ दिएको छ माहामारीले । आस्था र विस्वासका नेतृत्वहरूले विस्वभर नै गरेका अनावस्यक जात्राहरू, विचार र वादका नेतृत्वहरूले खोजेका अनियमित मौकाहरू त्यो भ्रम र भष्ट्र बन्न चाहेका व्यवहारहरू पक्कै कमजोरी र अज्ञानताका परकाष्ठा हुन् ।

समय अनि मौका छ । माहामारीले माहानायक बन्ने अवसर दिएको छ । शत्रुता साँध्ने होइन मिलेर माहामारी रोक्ने जानकारी दिलाएको छ । माहामारीलाइ मौका ठानेर पैसा कमाउने, बिपक्षीको बदनाम गराउने, शत्रुता साध्ने, शक्तिशाली बन्ने, सत्ता हत्याउन खोज्ने ुकाम कसैले गर्छ भने उस्ले आफ्ना आस्थावानहरू गुमाउनु पर्नेछ । उस्ले आफ्ना विस्वास पात्रहरू गुमाउनु पर्ने छ । जुन अर्को महासंकट हुनेछ । अकस्मात आइपरेको समस्यासँग लड्न कुनै सुरक्षा आधार नभएको समाज र राष्ट्रको त के कुरा, सबै कुरा छ भनिएका समाज र राष्ट्रलाइ पनि आच्छु आच्छु परिरहेको छ आजको अवस्थामा । त्यसकारण आजको अवस्थामा सबै इमान्दार बनेर मात्र, सबै जिम्मेवार र सहयोगी बनेर मात्र कोरोनारुपी महामारी हटाउन र यसबाट उत्पन्न समस्या समाधान गर्न सकिन्छ भन्ने कुरा अहिलेको विस्व अवस्थाले जनाउ दिइरहेको छ ।

सबैका लागि शत्रु र महामारी अनि महासंकट हो यो, त्यसकारण यतिबेला विस्व समुदाय एक भएर टारौ । यसलाइ सधैको लागी मासौं ।

वि.सं.२०७६ चैत २५ मंगलवार ०८:३० मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...