back
CTIZAN AD

नर्वेमा सबै नेपाली सुरक्षित रहेको भन्दै प्रवासी नेपाली एकता मन्चले गर्यो यस्तो अपिल

वि.सं.२०७६ चैत २५ मंगलवार

891 

shares

२५ चैत, नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले, नर्वेमा अहिलेसम्म कोही पनि नेपाली कोरोना भाइरसबाट संक्रमित नभएको जानकारी दिदैं सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको स्वस्थ्य जीवनको कामना गरेको छ ।

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नर्वेमा अहिलेसम्म ७५ जनाले ज्यान गुमाएको तथा संक्रमितको संख्या ५ हजार ७५८ पुगेको जानकारी गराउँदै यस्तो जटिल परिस्थितिमा अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्ने उद्धेश्यले नर्वेमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु मिलेर राहत समिति बनाएको र मन्च पनि उक्त समितिको महत्वपूर्ण साझेदारका रुपमा रहेको पनि बताइएको छ ।

‘उक्त समितिले राहत संकलन गरी एकद्धारा प्रणालीमार्फत् पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । जो व्यक्ति वास्तविक रुपमा अप्ठेरो अवस्थामा हुनुहुन्छ उहाँहरुलाई सहयोग पुर्याउन हामी इमान्दारीताका साथ भूमिका खेल्नेछौं । यदि कोही अप्ठेरो परिस्थितिमा हुनुहुन्छ भने कृपया सहयोग गर्नुहोला ।’ मन्चका अध्यक्ष बिश्वास बज्गाइद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी मन्चले नेपाली समुदायका बारेमा एकअर्काको अवस्थाको बारेमा जानकारी लिन, घरभित्र बस्दा उत्पन्न हुने मनोबैज्ञानिक समस्याहरु कम गर्नका लागि प्रत्येक साताको आइतबार स्थानीय समय १६ :०० बजेदेखि औपचारिक कुराकानी श्इइः मार्फत थालिएको र उक्त अनलाइन कुराकानीमा सहभागी भएर आफ्ना कुराराख्न सकिने पनि बताएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १२:२८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...