back

कोरोना भाइरस : एउटा अनुभूति, अनेक सिकाई

वि.सं.२०७६ चैत २५ मंगलवार

429 

shares
NTC AD

कुनै महाव्याधि आउन सक्नेबारे वर्तमान अमेरिकी सरकारलाई धेरैचोटि चेतावनी दिइएको थियो । गत अक्टोबरदेखि नै उच्चस्तरीय तहमा यो विषयमा सावधान गराइएको थियो तर, राष्ट्रपति बनेयता ट्रम्पको व्यवहारबारे हामी सबै अवगत नै छौं । उनले सरकारका सबै निकायका बजेट रोक्ने वा कटौती गर्ने, छिन्नभिन्न बनाउने गरेका छन् । मानिसको जीवन रक्षा गर्ने काममा नाफाको मुद्दालाई छेउमा राख्ने नियम–कानुनलाई ओझेलमा पारेर आफ्ना पुँजीपति मित्रवृत्तको लहलहैमा उनी लाग्ने गरेका छन् । परिणाम के आयो ? आज संसार वातावरणीय महाविपत्तिको दलदलमा फसेको छ । यो ट्रम्पको अहिलेसम्मकै सबभन्दा ठूलो अपराध हो । यसबाट आउने परिणामको आँकलन गर्दा यो इतिहासकै सबभन्दा जघन्य अपराध हो ।

COVID-19 :  Warsa  को विघटनपछी  Nato  को नेतृत्वमा बिश्वमा एकछत्र अमेरिकी राज जस्तै भएको दुनियाँमा आफ्नो अर्थ ब्यापार र सैन्य शक्ति दुबैको असिम बिकास गरेको चीन त्यो एकछत्र राज तोड्नको निम्ति द्रुतगतिमा अगाडी बढीरहेको थियो। अमेरिका ईन्डोप्यासेफिक सैन्य योजना सहित एसियामा ओर्लेको र चीनले पनि बिश्व जोड्ने महत्वाकांक्षी योजना सहित अगाडी बढीरहेको स्थितीमा कहि न कही यिनिहरुको टकराव हुन्छ र भीषण युद्धको स्थिति आउन सक्छ भन्ने अनुमान मेरो दिल दिमागमा गहिरो छाप बनेर बसेको थियो। मैले यो अबस्था तेस्रो बिश्वयुद्ध जस्तै हुने सोचेको थिएँ।

तर आज अचम्म र आश्चर्य लागेको छ कि, बिश्व पुरै लकडाउन छ। मानिसहरू आफ्नै घरमा बन्द छन, लगभग सम्पुर्ण आर्थिक र उत्पादनका गतिविधिहरु ठप्प छन्।शक्तिशाली मुलुकहरू हायल कायल छन। तिनको प्रबिधी, सैन्यशक्ति, आणविक हतियार र अर्थ राजनितीले बर्तमान समस्याको हल निकाल्न सकेको छैन । यी सबको कारण छ, कोरोना (कोभिड -19) भाइरस । यो भाइरस कसरी उत्पादन भयो, को कस्ले गरे, विश्वभरी कसरी फैलियो, कसैले योजनाबद्ध रुपमा परिचालन त गरेको छैन रुरुरु यो इत्यादी प्रश्नहरुमा मानव समुदायले अध्ययन, अनुसन्धान र समिक्षा पनि गर्दै जाला, यदी बाचियो भने । यो अहिले कुनै आणविक हतियार भन्दा कम शक्तिशाली छैन। मानौ अहिले बिश्वयुद्ध जस्तै स्थिती सृजना भएको छ। जेभए पनि कोरोना भाइरसले शक्तिशालीहरूको घूँडा टेकाएको छ । संसारलाई यसरी टक्क रोकिदिएको छ, जुन काम अरू कसैले गर्न सक्दैन। तेस्रो बिश्वयुद्धको जस्तै अनुभव यसरी होला भन्ने अड्कल सायद कसैले गरेको थियो होला !

यसै सन्दर्भमा विश्व प्रसिद्ध अमेरिकी दार्शनिक नोम चोम्स्कीको भनाई पनि यहाँ राख्न चाहे। उहाँको अनुसार -कोभिड–१९ महाव्याधि विशेषतः गरिब र सबभन्दा कमजोरमाथि निर्मम र सम्भवतः ज्यादै त्रासदीपूर्वक समय बनेको छ । तर, योभन्दा पनि चुनौती त पृथ्वीका दुई ध्रवमा पग्लँदै गरेको बरफ र पृथ्वीको तापमान वृद्धिको घातक परिणामबाट पार लगाउनु हुनेछ । बजारको असफलता नै यस्ता महाविनाशकारी परिणाम निम्तिएका हुन् । वास्तवमा यी विपत्ति संसार नै हल्लाउने आकारका छन् । यस्तै कुनै महाव्याधि आउन सक्नेबारे वर्तमान अमेरिकी सरकारलाई धेरैचोटि चेतावनी दिइएको थियो । गत अक्टोबरदेखि नै उच्चस्तरीय तहमा यो विषयमा सावधान गराइएको थियो तर, राष्ट्रपति बनेयता ट्रम्पको व्यवहारबारे हामी सबै अवगत नै छौं । उनले सरकारका सबै निकायका बजेट रोक्ने वा कटौती गर्ने, छिन्नभिन्न बनाउने गरेका छन् । मानिसको जीवन रक्षा गर्ने काममा नाफाको मुद्दालाई छेउमा राख्ने नियम–कानुनलाई ओझेलमा पारेर आफ्ना पुँजीपति मित्रवृत्तको लहलहैमा उनी लाग्ने गरेका छन् । परिणाम के आयो ? आज संसार वातावरणीय महाविपत्तिको दलदलमा फसेको छ । यो ट्रम्पको अहिलेसम्मकै सबभन्दा ठूलो अपराध हो । यसबाट आउने परिणामको आँकलन गर्दा यो इतिहासकै सबभन्दा जघन्य अपराध हो ।

कोरोनाको सकारात्मक पाटो
कोरोनाको कहरले सबैभन्दा आतंकित मानव छ। मानबिय गतिविधिमा अत्याधिक कमी आएका कारण पृथ्वीको बायुमण्डल स्वच्छ भैरहेको र पानीका श्रोतहरुको पनि शुद्धता बढेको छ। बायुमण्डलमा कार्बनको मात्रा घटिरहेको छ। क्लाइमेट चेन्ज, ग्लोबल वार्मीङको एडभर्स असरहरु कम हुँदै जाने सम्भावना पनि छ। बन्यजन्तु र जलचरले असाध्य कम डिस्टर्भ फिल गरेका छन, बन जंगलको हानी नोक्सानी रोकिएको छ। मानौ प्रकृति आराम गरिरहेकी छन र आफैलाई शुद्ध गर्दैछिन। यस्को अपबाद नेपालमा चाहिँ बन क्षेत्रमा तस्करहरु लक डाउनको वास्ता नगरी सक्रिय छ्न भन्ने खबर आइरहेको छ ।

यतिखेर नामुद डाक्टर, बैज्ञानिकले पनि मनमनै ‘हे ईश्वर ,कोरोनाको भ्याक्सिन वा औषधि पत्ता लगाउन सहयोग गर’ र हरेक धर्मका धर्मगुरुहरुले पनि भित्री मनले ‘ बैज्ञानिकहरु यो भाइसर विरुद्ध भ्याक्सिन,औषधि आबिष्कार गर्न सफल होउन’ भनेर भन्दै होलान। यो एउटा बलियो अनुमान मात्र हो।

अहिलेको विश्व ब्यबस्था र अर्थतन्त्रले भयंकर महामारी र प्राकृतिक प्रकोप थेग्न नसक्ने मुल्यांकन सहित नयाँ विश्व ब्यबस्था र पर्यावरणको ब्यबस्थापन सम्बन्धी बहसहरु पनि चल्न थालेका छन।यो समयमा बिश्वभर चलिरहेका युद्धहरु रोकेर सारा युनिभर्सको निम्ति कल्याणकारी ब्यबस्थाको बारेमा मनन ,बहस र प्रतिबद्धताको खोजी गर्न सकिन्थ्यो कि ! अहिले चलनचल्तीको पोलिटिक्स, अर्थतन्त्र पनि क्वारेन्टाइन हुँदै आइसोलेसनमा जादैछ। कुनै दिन यस्को अबशान वा मृत्युु हुनसक्छ ।

यो ब्यबस्था र अर्थर उत्पादन प्रणालीले महामारी, प्राकृतिक प्रकोप जस्ता महासंकटको दिर्घकालिन हल दिदैन। के हामी बैकल्पिक र समाधानको निम्ति नयाँ बिचारको निर्माण गर्न सक्छौ ?

मान्छेले आफ्नो लागि मात्र अनैकौ राजनैतिक वाद र ब्यबस्थाहरु ल्यायो र असफल प्रयो गर्‍यो।त्यसकारण अबको हरेक वाद, बिचार र ब्यबस्थामा पर्यावरण जोडिनु पर्छ। मैले पर्याबरणिय समाजबादको असिम ईच्छा राखेको छु। अबको मानव समुदायले सम्पुर्ण पृथ्वी, प्रकृति र युनिभर्सको भलाईको निम्ति र आफ्नो अबिछिन्न अस्तित्वको निम्ति यसर सोच्नैपर्ला।

यी सकारात्मक बिषयहरु हुन। प्रकोपबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १२:०१ मा प्रकाशित

ADBL AD
यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

गौरवशाली इतिहास बोकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी...

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

काठमाडौँ । समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका...

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन...

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

जननिर्मित संविधानको आज दशौँ दिवस हो । २०७२ मा आजकै...

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।...

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

काठमाडौँ । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको...