back
CTIZAN AD

खाडीमा ५० लाख आप्रवासी कामदारले रोजगारी गुमाउने अनुमान, नेपाली कामदार पनि यसको मारमा

वि.सं.२०७६ चैत २७ बिहीवार

804 

shares

२७ चैत, काठमाण्डौं । कोभिड-१९ का कारण खाडी क्षेत्रमा ५० लाख श्रमिकले रोजगारी गुमाउने अन्तराष्ट्रिय श्रम संगठनले जनाएको छ । यसको असर त्यहाँ रहेका कम्पनीहरुले नेपाली कामदारलाई बेतलबी विदा दिन थालेका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) मा मुख्य कार्यालय रहेको क्रेभिया रेष्टुरेण्टले मार्च २७ मा आफ्ना कामदारका लागि सूचना जारी गर्यो । क्रेभियाले कोरोना भाइरस संक्रमण रोक्न चालिएको कदमबाट आफ्नो कम्पनीको आर्थिक अवस्थामा ठूलो असर परेको भन्दै अप्रिल १ देखि जुलाई ३१ सम्मका लागि कामदारलाइर्ए बेतलवी बिदामा राख्ने नीति लिएको जनायो ।
यो कम्पनीमा झण्डै २ सय ५० जना नेपाली काम गर्छन् । कम्पनीको युएई, साउदी अरब, कुवेत र बहराइनमा ब्रान्च रेष्टुरेण्टहरु छन् । यसका सबै रेष्टुरेण्टहरु अहिले बन्द रहेका ठूल्ठूला मलहरुमा छन् ।

यो कम्पनीमा ८० हजार देखि २ लाख रुपैयाँ तलब पाउने नेपाली छन् । ‘कम्पनीले हजार देखि ७ हजार ५ सय दिराम तलब खाने र ५ हजार दिराममुनि तलब खानेका लागि फरक फरक नीति लिएको छ । ५ हजार दिराममाथि तलब खाने ५० प्रतिशत र ५ हजार दिराम भन्दा कम तलब खाने २५ प्रतिशतलाई बेतलवी विदामा राख्ने नीति लिएको छ,’ एक नेपाली कामदारले भने, ‘ अब सबैले काम निरन्तर पाउने अवस्था छैन । अब आलोपालो अनुसार काममा जाने र बेतलवी विदामा बस्ने अवस्था आएको छ ।’

त्यस्तै अन्य कम्पनी, रेष्टुरेण्ट लगायतका उद्योग क्षेत्रले पनि यसरी नै कामदारलाई बेतलवी विदामा राख्ने वा घर पठाउने नीति लिएका छन् ।

अन्तराष्ट्रिय श्रम संगठन आइएलओको मंगलबार जारी प्रतिवेदन अनुसार ५० लाख कामदारको रोजगारी गुम्न सक्नेछ । जसमा बढी जसो मध्यम आम्दानी गर्ने खालका कामदारको पूर्ण रोजगारी गुम्न सक्नेछ । विहिबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ चैत २७ बिहीवार ०८:३३ मा प्रकाशित

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...