back
CTIZAN AD

१८ घण्टा सक्रिय रहँदा पनि मूल्यांकन नभएको भन्दै प्रधानमन्त्रीले गरे बैठकमा यस्तो गुनासो

वि.सं.२०७६ चैत २७ बिहीवार

774 

shares

२७ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार सम्पन्न केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणपछि आफू १८ घण्टा सक्रिय रहेपनि त्यसको मूल्यांकन नभएको भन्दै गुनासो गरेका थिए ।

सचिवालय बैठकमा सवालजवाफ हुनुअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एकघण्टा बोलेको थिए । त्यतिबेला उनले कोभिड १९ महामारी नियन्त्रणका सन्दर्भमा सरकारले गरेको कामको फेहरिस्त सुनाएका थिए । बैठकमा ओलीले मिर्गौला प्रत्यारोपणपछि पनि आफूले एकदमै सक्रियताका साथ काम गरेको बताएका थिए । तर त्यसको मूल्यांकन नभएको भन्दै गुनासो पनि गरेका थिए ।

‘किड्नी ट्रान्सप्लान्ट गरे पनि १८ घण्टा काम गरिएको छ,’ ओलीको भनाई उद्धृत गर्दै श्रोतले भन्यो, ‘हामीले काम गरेकै कारण कोरोना नियन्त्रणमा नेपाल विश्वमै उत्कृष्ठ ठहरिएको छ तर पार्टी भित्रैबाट पनि मूल्यांकन भएन ।’ विहिबार प्रकाशित कान्तिपुर दैनिकमा समाचार छ ।

ओलीले बैठकमा कोभिड १९ नियन्त्रणमा ऐक्यबद्धता जनाउन र नेपाली कामदारको अवस्था बुझ्न कुन–कुन देशका राष्ट्र प्रमुखलाई फोन गरे भन्ने जानकारी गराएका थिए ।

सीमापारि धार्चुलामा बसेका नेपालीले दुःख पाएका विषयमा भने ओलीले त्यो भन्दा धेरै गर्नका लागि सरकारसँग विकल्प नभएको बताएका थिए ।

वि.सं.२०७६ चैत २७ बिहीवार ०८:१२ मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...