back
CTIZAN AD

कोरोना अपडेट : अमेरिकामा मृत्यु संख्या बढ्दो, इटालीमा घट्दो

वि.सं.२०७६ चैत २७ बिहीवार

969 

shares

२७ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २०९ देश पुगिसकेको छ । यतिबेला चीनको बुहान भने पूर्णरुपमा खुलेको छ ।

सन् २०२० अप्रिल ९ बिहान ७.५४ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १५ लाख १८ हजार ४ सय ७९ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ८८,४५८ पुगेको छ । निको भएर घर फर्किएकाहरु संख्याको ३३०,३९२ छ भने उपचाररत बिरामीको संख्या १,०९९,६२९ रहेको छ । जसमध्ये १,०५१,५५० को अवस्था मध्यम छ भने ४८,०७९ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ४३४,९२७ पुगेको छ भने १४,७८८ को मृत्यु भएको छ । अमेरिकामा बढ्दै गएको मृत्युदर हेर्दा स्पेनलाई जित्ने देखिन्छ । एकै दिनमा १९३४ जनाले ज्यान गुमाएको देखिन्छ ।

मृत्युदरको हिसाबमा हेर्दा भने इटाली सबैभन्दा बढी प्रभावित देश बनेको छ, यद्यपी केही दिनदेखि मृत्युदर घटिरहेको छ । अहिलेसम्म १७ हजार ६ सय ९९ जनाले ज्यान गुमाएका छन् एक दिनमा ५७३ जनाको मृत्यु भएको छ । इटालीमा प्रभावितको संख्या १ लाख ३९ हजार ४ सय २२ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१८६५ रहेको छ । बुधबार मात्र ६३ नयाँ केश देखिएको छ । चीनमा मृत्यु संख्या ३३३५ पुगेको छ, एकदिनमा मृत्यु संख्या पनि २ जना थपिएका छन् ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, स्पेन दोस्रो, अमेरिका तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं र चीन सातौँ क्षति व्यहोर्ने देशमा छन् ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७६ चैत २७ बिहीवार ०८:१० मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...