back
CTIZAN AD

कोरोनाको उच्च जोखिममा स्पेनका नेपाली, हजारौले रोजगारी गुमाउदै, स्थीति भयावह

वि.सं.२०७६ चैत २७ बिहीवार

855 

shares

८ अप्रील,  बार्सिलोना । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण स्पेनमा रहेका नेपालीहरु उच्च जोखिममा परेका छन् ।

स्पेन गत महिनादेखी लक डाउनमा रहे सँगै यहा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । बिशेषगरी स्पेनमा रेगुलरको प्रक्रियामा रहेका ईरेगुलर नेपाली समुदाय निकै दर्दनाक स्थितिमा रहेको छ । यूरोपका बिभीन्न देशहरूमा विभिन्न भिषामा आई अन्त्यमा यूरोपमै सेटल भई उज्ज्वल भविष्य सजाउने सपना बोकेकाहरू यो समस्यामा परेका हुन् ।

स्पेनमा ३ वर्ष लगातार बसेर यहा सरकारको नियम पालन गरी बिभीन्न प्रक्रिया पुरा गरेपछी रेसीडेन्स प्राप्त गर्ने गरिन्छ । यही कर्ममा रहेका थुप्रै नेपाली समुदायका व्याक्तीहरू स्पेनमा बेरोजÞगार बनेका छन् । यो समुदायको लागि स्पेन सरकारले केही गरेको पनी छैन अवैधानिक हरू का लागी लक डाउनले जिवन निकै कष्टकर बनाईदिएको छ । घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, बाहीर निस्के पुलीसले फाईन लगाउछ भनेको छ , घरमा रहेको खानाहरू पनी सकियो सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन” थुप्रै नेपाली दाजुभाईहरूले दुखेसो पोखे, यसमा पनी भर्खरै नयाँ आएका नेपालीहरू मुख्य मारमा परेका छन् ।

३ महिना अघि पोल्यान्ड हुदै स्पेन आएका एकजना नेपालमा पश्चिम घर बताउने हेर्दा कलिलो उमेरका भाइको पिडा निकै दर्दनाक थियो । १५ लाख दलाललाई बुझाएर बल्ल बल्ल पोल्यान्ड आएपछी भनेको काम पाईएन त्यहा सँगै बस्ने नयाँ साथीहरू स्पेनको बारेमा कुरा गरेको सुने र केही महिना अगाडी स्पेन गईसकेको एकजना साथीसँग सम्पर्क गरेर यहा आएको, आउदा खर्च पनि सकिएको थियो सम्पर्क गरेको साथीले कोठासम्म खोजेर मद्दत त गरिदिए तर उ पनी काम नभएर धेरै महिनादेखी बसिरहेका रैछन् । त्यै माथी यही समयमा स्पेन पुरै बन्द भयो , घरभित्रै परियो, काम खोज्न उद्योगधन्दा, कलकारखाना, बजार, होटेल रेष्टुरेण्टहरू बन्द छन्, घरबाट मगाएर खान पनि नसक्ने अवस्था आयो । त्यही माथी बार्सिलोनामा नेपालीलाई कोरोना लागेको समाचारहरूले परिवारमा थप चिन्ता थपेको नाम नबताउने सर्तमा बताए ।

कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा नेपाली समुदायको हितको लागि नेपाली दूतावास पनि छ तर दूताबासले पीडितका लागि ठोस राहत कार्यक्रम ल्याएको देखिएको छैन । स्पेनमा नेपाली समुदायबाट ४० वटा बढी संघ संस्थाहरू रहेको भनिएको छ ४० वटा संस्थाले एउटा संस्थाको तर्फबाट ४० जनालाई नै सहयोग गरे भने १६ सय जनालाई राहत उपलब्ध गराउन सक्छ्न यसतर्फ कसैको ध्यान गएको देखिएको छैन ।

स्पेनमा लगभग २ वर्ष भयो दुतावास स्थापना भएको स्पेनको म्याड्रिडमा रहेको नेपाली दूतावासलाई स्पेनमा रहेका नेपालीहरू कति छन् एकीन डाटा समेत अवगत छैन स्थापना भएको २ वर्ष बढी वितीसक्दा पनि नेपालीहरू कहा कति बसोबास गरेका छन् दूताबाससँग कुनै एकिन डाटा नहुनु लज्जाको विषय बनेको छ । जब भयो राति तब बुढी ताती भनेझै स्पेनमा कोरोनाको माहामारी नेपाली समुदायमा छिरेपछी दुतावास नेपालीको तथ्याड्क लिन तम्सियो । यता नेपालमा ७२ को भूकम्पको दैवी प्रकोप हुँदा स्पेनबाट सभा करौड रकम सहयोग गरिएको थियो । यतिबेला स्पेनबासी नेपालीहरू कोरोनाको चपेटामा पर्दा कसैले हेरेका छैनन् । यो महामारी यसरी नै बढ्दै गएमा नेपाल सरकारले स्पेनमा रहेका नेपालीहरूलाई सकुशल स्व्देशमा लग्ने वातावरण बनाउनु पर्ने हुन सक्छ यो नेपाल सरकारको आफ्ना जनता प्रतिको उत्तरदायित्व पनि हो यसबारे ध्यान पनि दिएको छैन ।

अहीलेसम्म स्पेनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १ जना थपिए सगै १९ जना पुगेको छ । भने १ जना ठिक भएर घर फर्केका छन् ।

स्पेनभरीमा १ लाख ४८ हजार संक्रमित छन् उता उपचारपछी घर फर्कनेमा ४८ हजार २१ जना छन् भने १४ हजार ७ सय ९२ को मृत्यू भै सकेको छ ।

वि.सं.२०७६ चैत २७ बिहीवार १७:१३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...