back
CTIZAN AD

कोरोना अपडेट : अमेरिकाले स्पेनलाई पनि उछिन्यो

वि.सं.२०७६ चैत २८ शुक्रवार

852 

shares

२८ चैत्र, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ ।

चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २०९ देश पुगिसकेको छ ।

सन् २०२० अप्रिल १० बिहान ७.५० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १६ लाख ३ हजार ७ सय १९ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ९५,७२२ पुगेको छ । निको भएर घर फर्किएकाहरु संख्याको ३५६,६५५ छ भने उपचाररत बिरामीको संख्या १,१५१,३४२ रहेको छ । जसमध्ये १,१०२,२१५ को अवस्था मध्यम छ भने ४९,१२७ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ ।  अमेरिकामा मात्रै प्रभावितको संख्या ४६८,५६६ पुगेको छ भने १६,६९१ को मृत्यु भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा यसअघि स्पेन दोस्रो देश भएकोमा बिहिबार अमेरिकाले उछिनेको छ ।

कोरोना अपडेट : अमेरिकामा मृत्यु संख्या बढ्दो, इटालीमा घट्दो

मृत्युदरको हिसाबमा हेर्दा भने इटाली सबैभन्दा बढी प्रभावित देश बनेको छ, यद्यपी केही दिनदेखि मृत्युदर घटिरहेको छ । अहिलेसम्म १८ हजार २७९ जनाले ज्यान गुमाएका छन् । इटालीमा प्रभावितको संख्या १ लाख ४३ हजार २ सय २२ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१९०७ रहेको छ । बिहिबार ४२ नयाँ केश देखिएको छ भने १ जनाको मृत्यु भएको छ । चीनमा मृत्यु संख्या ३३३६ पुगेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, अमेरिका दोस्रो, स्पेन तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं र चीन सातौँ क्षति व्यहोर्ने देशमा छन् ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क

वि.सं.२०७६ चैत २८ शुक्रवार ०८:०९ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...