५ पुष, काठमाण्डौं । नेपाली गजलको क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका युवा गजलकार कृष्ण कुसुमको गजल ‘सुस्तरी’ बजारमा आएको छ । २०६५ सालमा ‘अमृतको प्याला’ गजल सङ्ग्रह प्रकाशित गरेर गजलको क्षेत्रमा पहिचान बनाएका कुसुमले संगीत मार्फत ‘सुस्तरी’ ल्याएका हुन् ।
तीन वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका कुसुमको ‘सुस्तरी’ मा रमेश सङ्ग्रौलाको स्वर र संगीत रहेको छ ।
रङ्गिन रङ्गिन लाग्न थाल्यो यो जिन्दगी अब
उस्तै मिठो सपना सजायौ सुस्तरी सुस्तरी
र मलाई आफ्नो बनायौ सुस्तरी सुस्तरी
वि.सं.२०७३ पुस ५ मंगलवार ०५:३४ मा प्रकाशित