
लेगोस , नाइजेरिया । गैर आबासिय नेपाली संघ (एनआरएनए) को नाइजेरिया राष्ट्रिय समन्वय समितीले नेपाली प्रजापती कुम्भकर संघ, केन्द्रिय समितीले जनकपुरधाममा निर्माण गर्न लागेको कुम्भाकार ( पण्डित) जातिको मन्दिर निर्माण गर्न लगभग असी हजार (युएस डलर ७५०) सह्योग गर्ने भएको छ ।
संघका नाइजेरिया सचिब रोशन थापाका अनुसार उक्त रकम गत तिहारमा संघका सदस्यहरुले लेगोसमा देउसी भैलो आयोजना गरी सन्कलन गरेका थिए ।संघका आईसिसी सदस्य चिरन्जिबी रोकाले तराइका पिछडिएका मध्य एक कुम्भर प्रजापती जातिको यो समुदायिक कार्यमा सहभागी हुन पाउदा खुशी लागेको बताउनु भयो । त्यसैगरी संघका अन्तरराष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले एनसिसी नाइजेरियाले आफ्ना सहयोगहरु देशका बिबिध क्षेत्र र समुदायमा गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।
वि.सं.२०७३ पुस ५ मंगलवार ०४:१२ मा प्रकाशित