back
CTIZAN AD

दाङका युवा वैज्ञानिक मार्सलले बनाए स्वचालित ‘स्यानिटाइजिङ टनेल’

वि.सं.२०७६ चैत ३० आइतवार

1.4K 

shares

३० चैत, दाङ । कोरोना संक्रमणको जोखिम कम गर्न घोराहीका एक युवाले स्वचालित रुपमै सेनिटाइजर छर्कने उपकरण तयार गरेका छन् ।

यसअघि विभिन्न प्राविधिक सामाग्री र उपकरण बनाएर ‘युवा वैज्ञानिक’ को रुपमा चिनिएका मार्सल रोकाले अहिले कार्यालय प्रवेश गर्दा गेटमा अटोेमिट सेनिटाइजरको फोहोरा छर्ने उपकरण तयार गरेका हुन् । यसलाई उनले ‘स्यानिटाइजर टनेल’ नाम दिएका छन् ।

रोकाको नेतृत्वमा १० ययुवाको टोलीले सेनिटाइजर टनेल निर्माण गरेको आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।
उक्त टनेल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जोड्न थालिएको छ । रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजीले उक्त टनेल अहिले प्रतिष्ठानमा निःशुल्क जडान गरिदिन थालेको छ । मान्छे गेटमा पुग्ने वित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजल (प्वाल) बाट पूरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ । १० फिट लम्बाई, ६ फिट चौडाइ र आठ फिट उचाएको टनेलमा मोटरसाइकल , स्कुटर लगायतका साधन समेत सहजै प्रवेश गर्न सक्छन् ।

‘भित्र पस्दा हेल्मेट फुकालेर हातमाथि गर्दै जानुपर्छ । यसो गर्दा शरीरको हरेक भागमा सेनिटाइजर पर्छ र किटाणु भए मर्छ,’ रोकाले भने, ‘मानिस गएपछि पाँच सेकेन्डसम्म नोजलबाट सेनिटाइजर आउँछ र त्यसपछि आफैं बन्द हुन्छ ।’ रोकाले उक्त टनेल निर्माण गर्दा १ लाख ५० हजार रुपैयाँ खर्च भएको पनि उनले बताएका छन् ।

वि.सं.२०७६ चैत ३० आइतवार ०८:४८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...