back
CTIZAN AD

नर्वेमा कोरोनाको कहरः लकडाउन खोल्ने तयारीमा सरकार, नेपालीहरु सुरक्षित

वि.सं.२०७६ चैत ३० आइतवार

732 

shares

नर्वेजियन सरकारले कोरोना भाईरस कोभिड-१९ को कारण यहि २०२० मार्च महिनाको १२ देखि सुरु गरेको लकडाउन खुल्ला गर्ने योजनाको घोषणा गरेको छ ।

दुई चरणमा क्रमिक रुपमा खुल्ला गर्दै लैजाने सरकारको योजना अनुरुप शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ जस अनुसार अप्रिल महिनाको २० तारिकदेखि किन्डरगार्डेन र अप्रिल २७ गतेबाट १ देखि ४ कक्षा सम्मका बिद्यालय र विश्वविद्यालयहरु समेत खुल्ला गर्दै लैजाने कार्यक्रम सार्वजनिक गरेको छ । स्टरको पूर्वसन्ध्यासँगै आएको सरकारको घोषणाले नर्वेजियनमा केही आत्मबल बढेको छ । युरोपियन देशहरुमा अहिलेको स्टर पर्व छ । युरोपमा महत्वको साथ परिवारका साथ घुमघाम गरि मनाइने यो पर्व यसपटक खल्लो भएको छ । कोरोनाले यसपटक यात्रामा होइन, घरबाट समेत निस्कन कठिन भैरहेको छ ।

कोरोनाबाट साढे ६ हजार संक्रमित १२३ जनाको मृत्यु नर्वेमा हालसम्म संक्रमितको संख्या ६ हजार ४५९ छ भने १२३ भन्दा बढीले ज्यान गुमाई सकेका अवस्था छ । २०२० मार्चको पहिलो हप्ताबाट नर्वेमा संक्रमितको संख्या बढ्दै गएपछि सरकारले १४ दिन पछिको दोश्रोपटक लकडाउनको अवधि बढाउने घोषणा गरेको थियो ।

नेपालीहरु सुरक्षित
करिब तीन हजार नेपालीको संख्या रहेको नर्वेमा हालसम्म कोहि पनि नेपालीहरु कोरोनाबाट संक्रमित छैनन् । नेपालीहरुमा कोरोनाले गर्दा आइपर्ने समस्यालाई मध्यनजर गर्दै यहा रहेका नेपाली संघसंस्थाहरु एनआरएन नर्वे, प्रवासी नेपाली एकता मन्च नर्वे, नेपाल पोर्तुगिज समाज नर्वे, हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे, नेपाली जनसम्पर्क समिति,नर्वे , रेगुलर एथ्लेटिक्स ग्रुप नेपाली समाज ओस, नेपाली समाज ट्रोम्सो, नेपाली समाज बर्गेन, लगायतका संस्थाले हातेमालो गरेर समस्यामा परेका नेपालीको पहिचान गरेर आर्थिक सहयोगको गर्ने गरि आर्थिक राहतकोष सार्वजनिक गर्दै समिति गठन समेत गरेको छ ।

बेरोजगारी सुविधा लिनेको संख्या झण्डै ४ लाख पुग्यो
अन्य नागरिकको हकमा नर्वेजियन लेबर एण्ड वेलफेयर एडमिनिस्ट्रेसनका अनुसार कोरानोका कारण बेरोजगार भएकाहरुका लागि सरकारी नियमअनुसार जागिर गुम्नेहरुले कमाइरहेको आम्दानी अनुसार ६० देखि ८० प्रतिशतसम्म भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । हाल बेरोजगार सुबिधा लिनेहरुको संख्या झन्डै चारलाख पुगेको छ । नर्वेमा मानिसहरुको भिडभाड हुने स्थानहरु सुनसान छन् । हवाई सेवा ठप्प छ । होटल रेष्टुरेन्ट, क्याफे, वार, पव लगायतका सेवा बन्द गरिएका छन् । किन्डरगार्डेन, विद्यालय, विश्वविद्यालय सैक्षिक संस्थाहरु पनि हालसम्म बन्द गरिएका छन् । संख्याको आधारमा मापदण्ड कायम गरि खाद्यान्न किनमेल पहिलाकै जस्तो सहज छ । पहिला जस्तो मानिसहरुको चहल पहल नभएता पनि सुपरमार्केटहरु पुरै खुला छन् तर दुरी कायम गरेर सेवा प्रवाह गरिएको छ । जनताको सुबिधाको लागि सार्वजनिक यातायात पुरानो अवस्थामै छन् । यधपी बस, ट्रेनमा यात्रुको खचाखाच चाप छैन इन्टरनेट अनलाइनको माध्यमबाट आफ्नो काम सजिलै घरबाट गर्न सकिने भएता पनि कार्यालयहरु सञ्चालनमै रहेका छन् ।

नर्वेजियन लोकप्रिय राष्ट्रिय दैनिक पत्रिका ख्न् तथा अन्य सञ्चार माध्यमको तथ्यांकलाई विश्लेषण गर्दा गत हप्ताको तुलनामा कोभिड १९ घट्दै गएको देखिन्छ । झन्डै ३०० माथिको संख्यामा रहेको गतहप्ता भन्दा १०० भै घट्दै जाने क्रममा रहेको र अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीको संख्या पनि घट्दो क्रममा रहेकाले सहज रुपमा सीमित स्वास्थ्यकर्मीद्वारा उपचार गर्न सकिने अवस्थालाई ध्यानमा राखी लकडाउन फुकुवा गर्ने योजना अघि सारेको हो ।

१ लाख २१ हजारमा कोरोना परीक्षण
हालसम्म आप्रवासीसहित झन्डै ५४ लाख जनसंख्या रहेको नर्वेले हालसम्म एकलाख २१ हजारलाई कोरोना परीक्षण गरिसकेको छ । यहाको भौगोलिक अवस्था र जनताको सावधानीले गर्दा नर्वेमा कोरोना फैलिन कमी भएको अनुमान गरिएको छ । जनताको जिम्मेवारीपूर्ण सावधानीले गर्दा कोरोना प्रकोप केहि हदसम्म सुधार हुन आएको कुरा औल्याउदै प्रधानमन्त्री एर्ना सोल्वेगले नर्वेली जनतालाई धन्यवाद ब्यक्त गर्नु भएको छ । सोहि अनुरुप संक्रमित हुनेहरु दिनप्रतिदिन घटिरहेका हुँदा संक्रमित लाई सेवा दिन यहाँको स्वास्थ्यकर्मी इटालीमा पठाइएको बुझिएको छ ।

सरकारले आउँदो अप्रिल २०-२७ पछि क्रमिकरुपमा गर्ने भनिएको लकडाउनको खुलापनपछि नर्वेमा कोरोना फैलिएला वा घट्ला भन्ने आसंका पैदा भएको छ जुन प्रतिक्षको घडीमा छ ।

समरको सिजन नर्वे पर्यटकीय गतिविधि अत्यधिक हुने बेला हो यो । कोरोनाको कारणले नर्वेको राजधानी ओस्लो लगायत आसपासका सहरहरु यतिबेला सुनसान छन् ।

वि.सं.२०७६ चैत ३० आइतवार १७:४८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...