back
CTIZAN AD

विदेशमा रहेका नेपालीहरुलाई स्वेदश फर्काउन ढिला नगरुँ

वि.सं.२०७६ चैत ३० आइतवार

792 

shares

नेपालीहरु विविध कारणले आर्थिक सम्वृद्धिबाट पछि पर्न बाध्य भयौ । तर अब त्यो अवस्था छैन । ढोका खुलेको छ । हामीले व्यवस्थापन गर्न बाँकी छ । नमिलेको मनहरु मिलाउदै जान बाँकी छ । हाम्रा घमण्डहरुलाई खुम्चाउन बाँकी छ । सबैखाले उन्मादलाई बिसाउन बाँकी छ । छलफल, अन्तरसम्वादबाट समस्याको समाधान गर्ने वानी वसाउन अझै सकेका छैनौ । अबका दिनहरुमा त्यसो नगर्ने बाचा गरौ । विदेशमा रहेका नेपालीहरुलाई स्वेदश फर्काउने कार्यक्रम वनाउन ढिलो नगरौ । सत्ता होईन अब जनता हो भन्ने सु–सस्कृतिहरु निर्माण गरौ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य मुक्ति प्रधानले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन ढिला नगर्न सरकारसँग आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ सालको शुभकामना दिने क्रममा उनले पछि परेको नेपालको आर्थिक समृद्धिका लागि विदेशमा रहेका नेपालीहरुलाई स्वेदश फर्काउने कार्यक्रम बनाउन ढिलो गर्न नहुने बताएका हुन् । उनले सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै अब सत्ता होईन जनता हो भन्ने सु–सस्कृतिहरु निर्माण गर्न आह्वानसमेत गरेका छन् ।

उनी भन्छन् :

“सम्पूर्ण नेपालीहरुमा नववर्ष २०७७ को उपलक्ष्यमा हार्दिक शुभकामना सम्पूर्ण देशवासी र विदेशमा रहनु हुने नेपाली दाजुभाई दिदिवैनीहरु,
यसपटकको नयां वर्ष मुलुक भित्र र मुलुक वाहिर लकडाऊनको संकटको घडीमा आदान प्रदान गर्नु पर्दा एउटा नयां अनुभवको महसुस भैरहेको छ । नेपालको उत्पति देखीनै नेपालीहरु विभिन्न घटनाक्रमको विरुद्ध जुध्दै, हाल यो कोरोना संकटमा जिवन बिताउन बाध्य भएका छौ । यो साझा संकटलाई साझा रुपमा प्रतिरोध गरि विजय हासिल गर्नु वाहेक हामीहरुको अगाडी अरु कुनै विकल्प छैन । हामी नेपालीहरुले केही वर्ष अगाडी मात्र नाकावन्दी, नरसंहारकारी भुकम्प र प्राय सबै वर्ष हामी नेपालीले वाढी पैरो लगायत विभिन्न विपतकालिन अवस्थाहरु भोग्दै आएको हामीहरुलाई प्रसस्तै अनुभवहरु छन् । तर पनि नेपालीहरु कहिल्यै थाकेका छैनन्, कहिल्यै आत्तिएको छैन, कहिल्यै त्रसित हुन जानेका छैनन । बरु भुकम्प पछिका, नाकावन्दीलाई सहजै पार लगाईयो । देशभित्रका सबै विपतलाई पाखा लगाउदै आएका छौ । यसलाई विभिन्न कोणबाट परिभाषा गरे पनि सत्य नेपाली जनताको गौरवपूर्ण एकता र एकातामा आधारित साहस नै हो । नेपालीहरु विविध कारणले आर्थिक सम्वृद्धिबाट पछि पर्न बाध्य भयौ । तर अब त्यो अवस्था छैन । ढोका खुलेको छ । हामीले व्यवस्थापन गर्न बाँकी छ । नमिलेको मनहरु मिलाउदै जान बाँकी छ । हाम्रा घमण्डहरुलाई खुम्चाउन बाँकी छ । सबैखाले उन्मादलाई बिसाउन बाँकी छ । छलफल, अन्तरसम्वादबाट समस्याको समाधान गर्ने वानी वसाउन अझै सकेका छैनौ । अबका दिनहरुमा त्यसो नगर्ने बाचा गरौ । विदेशमा रहेका नेपालीहरुलाई स्वेदश फर्काउने कार्यक्रम वनाउन ढिलो नगरौ । सत्ता होईन अब जनता हो भन्ने सु–सस्कृतिहरु निर्माण गरौ ।

देशका सवै जाति भाषा, धर्म्, सस्कृति र परम्परा नेपाल र नेपालीको हो भन्ने गर्व गरौ । रुढीगत सोच, छुवाछुत र भेदभावलाई सचेतका साथ अन्त गरौ । कोही नेपाली पनि भोग, रोग, बेरोजगार, अशिक्षा र गरिविले छटपटाएको देख्न नपरोस भन्ने हामी सवैको साझा संकल्प गरौ । नेपाल सबै नेपाली अट्ने साझा देश वनाउने अभियानमा जुटौँ । देश मेरो मात्र हो भन्ने एकाधिकारवादी सामन्तीहरुलाई ढालीसकेका छौँ । मुलुकमा संघीय लोकतान्त्रीक संविधानको उज्यालो उषाको किरण जस्तै चम्कीदै आएको छ । जनताको रगतको आहालवाट खडा गरेको लोकतन्त्र , गणतन्त्र, संघियता, धर्मनिरपेक्षताको विरुद्धमा षडयन्त्र गर्न खोज्ने प्रवृतिहरुलाई समुल नष्ट गरौ , यीनै प्रतिवद्धता र खवरदारीका साथ यो कोभिड — १९ को त्रासलाई शक्तिमा वदल्दै यस्को विरुद्धको अभियानमा जुटौ, यस्को सक्रमणबाट हामी आफु बचौँ । विश्वको सवै मानव जातिलाई वचाउने संकल्प गरौ हामी नेपालीहरु यो लकडाउन संकटको घडीमा धैर्य धारणा गर्ने क्षमताको अभिवृद्धि होस भन्ने कामनासहित २०७७ साल नयाँ वर्षको उपलक्ष्यमा सबै नेपालीहरुमा हार्दिक शुभकामना । शुभकामना ।। शुभकाना ।।”

वि.सं.२०७६ चैत ३० आइतवार १७:३९ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...