back

यस्तो रह्यो, २४ घण्टामा विश्वको कोरोना अपडेट, नेपालमा पनि संक्रमित बढ्दै

वि.सं.२०७७ वैशाख २ मंगलवार

384 

shares
NTC AD

२ वैशाख, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २१० देश पुगिसकेको छ ।

सन् २०२० अप्रिल १३ बिहान ८.५२ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १९ लाख २४ हजार ६ सय ७९ मानिसमा कोरोना भाइरस सल्केको छ । सोमबार आइतबारको तुलनामा थोरै घटेर ७१५२४ संक्रमित थपिएका छन् । आइतबार मात्र ७२ हजार ४० मानिस कोरोना संक्रमित थपिएका थिए । कूल मृत्युसंख्या ११९,६९२ रहेकोमा सोमबार मात्र ७१५२४ थप मानिसको मृत्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याको ४४५,००५ छ भने उपचाररत बिरामीको संख्या १,३५९,९८२ रहेको छ । जसमध्ये १,३०८,२१८ को अवस्था मध्यम छ भने ५१,७६४ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । शनिबारदेखि संक्रमित र मृत्यु हुनेमा अमेरिका अगाडि देखिएको हो । अमेरिकामा मात्रै प्रभावितको संख्या ५८६,९४१ पुगेको छ भने २३,६४० को मृत्यु भएको छ ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ । अघिल्लो हप्तादेखि इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । सोमबार ५६६ जनाले ज्यान गुमाका छन् । इटालीमा प्रभावितको संख्या १ लाख ५९ हजार ५ सय १६ रहेको छ ।
कोरोना उत्पत्ति भएको देश चीनमा ल सोमबार ८९ नयाँ बिरामी थपिएका छन्, आइतबार १०८ नयाँ बिरामी देखिएका थिए । चीनमा प्रभावितको संख्या ८२२४९ रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो, इटाली दोस्रो, स्पेन तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं, बेल्जियम सातौँ र चीन आठौँ क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा संक्रमितको संख्या नियमित बढेको छ । सोमबार थप दुई जनामा कोरोना भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । आइतबारसम्म ५,६९१ जनाको परीक्षण भएको छ । सोमबार काठमाडौँमा ¥यापिड टेस्टमा एकै परिवारका ३ जनामा कोरोना आशंका गरिएको छ । तर यसको पुष्टि भने हुन बाँकी छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने हाल १३ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन तेस्रो हप्तासम्म लम्बिएर आगामी वैशाख ३ गते सकिँदैछ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमितको संख्या बढीरहेको छ । आइतबारसम्म १०,४५३ जना संक्रमित रहेको र ३५८ जनाको मृत्यु भएको देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:०३ मा प्रकाशित

ADBL AD
आज आश्विन शुक्लपक्ष त्रयोदशी : मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

आज आश्विन शुक्लपक्ष त्रयोदशी : मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप...

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

कैलाली (टीकापुर) । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन...

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

दमौली (तनहुँ) । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको...

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ...

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको...