back
CTIZAN AD

भारतमा जहाँ बढी कोरोनाको संक्रमण, त्यहीँ नै नेपालीको संख्या बढी,हेर्नुहोस् कहाँ कति छन् त नेपाली ?

वि.सं.२०७७ वैशाख २ मंगलवार

795 

shares

२ बैशाख, भारत । भारतमा केही दिनयता कोरोना भाइरस कोभिड १९ को संक्रमणमा तीब्र वृद्धि देखिएको छ । त्यसमा पनि नेपालीहरुको बाक्लो उपस्थिति भएका राज्यमा उच्च संक्रमण देखिएको छ ।

जसले गर्दा उनीहरुलाई एकातिर लकडाउनका कारण खान बस्नकै समस्या छ भने अर्कोतर्फ कतिबेला संक्रमणले छुने हो भन्ने चिन्ता पनि थपिएको छ । हालसम्म भारतमा १२ जना नेपालीमा संक्रमण देखिएको छ । जसमध्ये १० जना कामको सिलसिलामा भारत पुगेको मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा कोभिड १९ संक्रमतिको संख्या ९ हजार २ सय नाघेको छ । राज्यहरुमा हेर्ने हो भने सबैभन्दा बढी महाराष्ट्र, दिल्ली, तमिलनाडु, मध्यप्रदेश, गुजरात देखिएको छ । यिनै राज्यमा नेपाली कामदारको बाक्लो उपस्थिति रहेको छ ।

हालसम्म दिल्लीमा १ हजार ९६ जनामा संक्रमण देखिएको छ भने त्यहाँ नेपालीको संख्या ४ देखि ५ लाख रहेको छ ।
महाराष्ट्रमा १ हजार ८९३ जनामा संक्रमण देखिएको छ भने नेपालीहरुको संख्या ३ देखि ४ लाख रहेको छ । साथै तमिलनाडुमा ९६९ जनामा संक्रमित देखिएको छ । त्यहाँ ५० हजार देखि १ लाख नेपालीको संख्या रहेको छ ।

राजस्थानमा संक्रमितको संख्या ७९६ पुगेको छ । त्यहाँ नेपालीको संख्या ५० हजार देखि १ लाख रहेको छ ।

मध्यप्रदेशमा ५३२ जनामा संक्रमण देखिएको छ । त्यहाँ नेपालीको संख्या ५० हजार देखि १ लाख रहेको छ ।

त्यस्तै उत्तर प्रदेशमा ४५२ जनामा संक्रमण देखिएको छ । त्यहाँ ५० हजार नेपाली रहेका छन् भने आन्ध्र प्रदेशमा पनि ५० हजार नेपाली रहेका छन् । त्यहाँ कोरोना संक्रमितको संख्या ४१७ पुगेको छ ।

कर्णाटक राज्यमा २२६ जनामा कोरोना संक्रमण देखिएको छ भने त्यहाँ नेपालीहरुको संख्या २ देखि ३ लाखसम्म रहेको प्रवासी संगठनहरुले दावी गरेको समाचारमा उल्लेखछ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार ०८:५० मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...