back
CTIZAN AD

मन्त्रिपरिषद्को बैठक जारी, लकडाउन थप गर्ने तयारी

वि.सं.२०७७ वैशाख २ मंगलवार

699 

shares

२ बैशाख, काठमाण्डौं । सरकारले लकडाउन थप्ने तयारी गरेको छ ।  त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सरकारले तेश्रोपटक थप गरेको लकडाउनको समयाबधि भोली (बुधबार) सकिने हुनाले लकडाउन पुनः थप गर्ने तथा अन्य छलफलका लागि बैठक बसेको हो । श्रोतका अनुसार लकडाउन पुनः एकसाताका लागि थपिने तयारी भएको छ ।

लकडाउन घोषणा गरेको तीन हप्तामा सरकारले आवतजावतमा रोक, अस्पतालहरुको तयारी, तथा संक्रमण रोकथामका लागि संघ, प्रदेश र स्थानीयस्तरमा तिब्र रुपमा परीक्षण बढाएर संक्रमण फैलिन नदिनका लागि काम गरिरहेको छ ।

सरकारले हालसम्म भरपर्दो रुपमा लिइएको पिसीआर प्रविधिबाट ५ हजार ६ सय बढी नमुना परीक्षण गरेको बताएको छ । यसैबीचमा सरकारले पिसिआर प्रविधिसहितका प्रयोगशाला समेत निर्माण समेत गरेको बताएको छ ।

नेपालमा सोमबार थपिएका कैलालीकी एक महिला र रौतहटका एक पुरुष सहित कोरोना संक्रमितको संख्या १४ पुगेको छ । त्यस्तै पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टमा पनि एकैपरिवारको तीनजनामा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनीहरुको पाटनस्थित अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको बताइएको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १२:१६ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...