back
CTIZAN AD

तपाई साउदीमा हुनुहुन्छ ? कोरोनाको लक्षण देखियो, फोन गर्नुहोस् डाक्टर पाठकलाई

वि.सं.२०७७ वैशाख २ मंगलवार

675 

shares

२ बैशाख, साउदी । नेपाली दूतावास साउदी अरबले साउदीमा रहेर स्वास्थ्य सम्बन्धी समस्या देखिएका नेपालीले, नेपाली चिकित्सकबाट परामर्श लिन सकिने बताएको छ ।
रुघाखोकी, ज्वरो, स्वास्थ्य सम्बन्धी समस्या भएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने दूतावासले एक सूचनामार्फत् जानकारी गराएको छ ।

दूतावासले कोरोना भाइरसको संक्रमण विस्तारसँगै साउदीमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्दै उल्लेखनीय संख्यामा टेलिफोन गरेको अवस्थामा दूतावासले यसरी देखाइएका स्वास्थ्य सम्बन्धी चासो सम्बोधन गर्नका लागि नेपाली चिकित्सक डा. अनिरुद्र पाठकले सहयोग गर्ने जानकारी दिएको हो ।
दूतावासले डा. पाठकलाई निम्न अनुसार सम्पर्क गरेर आफ्नो स्वास्थ्य सम्बन्धी परामर्श लिन अनुरोध गरेको छ ।

साउदीमा कोरोना संक्रमितको संख्या झण्डै पाँचहजार पुग्यो, ६५ जनाको मृत्यु

साउदीमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३६९ पुगेको छ । साउदी अधिकारीका अनुसार आजमात्रै ४३५ वटा संक्रमणका नयाँ केस देखिएका हुन् । साथै साउदीमा अहिलेसम्म ७३ जनाको मृत्यु भएको छ । आजमात्रै ८ जनाको मृत्यु भएको बताइएको छ ।

दूतावासले थप नेपालीमा संक्रमण नदेखिएको पनि बताएको छ ।

 

सम्पर्कः
डा. अनिरूद्र पाठक, जनरल फिजिसियन
ढाका मेडिकल सेन्टर, बथा, रियाद ।
टेलिफोन नम्वरः ०५४६३५६०२३
(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )
सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म

(आकस्मिक अवस्था आएमा अन्य समयमा पनि फोन गर्न सकिने तथा imo र WhatsApp मा लेखि पठाउन सकिनेछ )

वि.सं.२०७७ वैशाख २ मंगलवार २२:१९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...