back
CTIZAN AD

जनप्रतिनिधिहरुलाई  सुझाव -डा सुवास प्याकुरेल

वि.सं.२०७७ वैशाख ३ बुधवार

1K 

shares

यस्तो बेलामा आफ्नो क्षेत्रभित्रका अस्पताल, स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले बिशेष समन्वय गरी अर्को अस्पताललाई क्रससपोर्ट गर्ने अर्थात एउटा डाक्टर दुइ तीन तिर कुदिदिने, ड्युटी आवर फेरबदल गर्ने, जुनसुकै स्पेसियालीटिका भएतापनि आवश्यकता अनुसार सर्भिस प्याटर्न बदल्ने सम्म गरी एउटा स्थानीय निकायका सवै अस्पताल र स्वास्थ्य संस्थाहरुले ‘एक अस्पतालका धेरै शाखाहरु’ को शैलीमा एकिकृत ढाँचामा चल्नु राम्रो हुन्छ । त्यसका लागि गोकर्णेश्वर नगरपालिकाले लिएको मोडल भएका सवै डाक्टर तथा अस्पतालहरुलाई समन्वयात्मक नेटवर्किंगमा ल्याउने र एकै कोठामा ‘सामाजिक दुरी’ कायम राखी अन्तरक्रिया गरिराख्ने र योगदानको भाव जगाइराख्ने, जसले गर्दा अन्तत्वगत्वा शरीर दुई मीटर टाढा रहेपनि ‘मन र मन बीचको दुरी’ झन् कम हुँदो रहेछ ।

देशैभरका सम्पूर्ण नगररगाउपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष एबम जनप्रतिनिधिज्युहरु,

कोभिड– १९ महामारीको अकल्पनीय तहको यस विषम परिस्थितिमा यहाहरुको काधमा साचो अर्थको अभिभारा आइपुगेको छ । स्थानीय निकायलाई किन स्थानीय सरकार भनिएको रहेछ भनेर आम नागरिकलाई प्रष्ट चित्र मिलेको छ, यतिखेर । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै अग्रमोर्चा मै हुनुहुन्छ । तपाईहरु पनि र थाहा छ, खूब थाक्नुभएको छ । भ्याई नभ्याई छ । सम्झनुस, यो अग्नीपरिक्षा हो, खरो उत्रनु पर्छ । घरघर थाहा हुने, प्रत्येक व्यक्तिसंग सम्पर्क गर्न सक्ने, आफ्नो क्षेत्रभित्रको प्रत्येक व्यक्ति, संस्था र निकायबीच नेटवर्किङ्ग र सहकार्य गराउन सक्ने क्षमतामा स्थानीय जनप्रतिनिधिहरु नै हुनुहुन्छ । एक चिकित्सकको नाताले तपाईहरु सवैमा धन्यबाद मिस्रित अभिबादन छ ।

हुनत यहाहरुले राम्रोसित तयारी गर्नुभएकै होला । तथापि कोभिड रोकथाम, उपचार व्यवस्थापन तयारीसँग सम्बन्धित आफुले बुझेको र अनुभूत गरेको केही बुँदा राख्दैछु ।

१) आफ्नो वडा, गाउरनगर भित्र के कति स्वास्थ्य संस्था, अस्पताल, फार्मेसी,सामाजिक संस्था, क्लव, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, एम्बुलेन्स, स्ट्रेचर छन, लगत राख्नुहोस ।

२) आफ्नो क्षेत्रभित्र कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मीसंग सक्दो छलफल गर्नुहोस । वहाहरुको कुरा सुन्नुहोस । उहाँहरुलाई हौसला दिनुहोस र आवश्यक सामग्रीको सुनिश्चितता गर्नुहोस । स्थानीय स्रोत, साधन र क्षमता शत प्रतिशत उपयोग गर्नुहोस । कसले के तयार पार्न सक्छन पत्ता लगाउनुहोस । मास्क, स्यानीटाईजर, स्ट्रेचर बन्न सक्छ कि, बिचार गर्नुहोस र सवैलाई अनुरोध गर्नुहोस ।

३) त्यही क्षेत्रमा कार्यरत नभएका भएता पनि वा जहासुकै कार्यरत रहेतापनि आफ्नो क्षेत्रको स्थानीय डाक्टर, नर्स, स्वास्थ्यकर्मीसंग सम्पर्कमा आउनुहोस वा उनीहरुले नै सम्पर्क गर्ने बातावरण तयार गर्नुहोस । विदेशमा रहनुभएका भएपनि यतिखेर वहाहरुको मन मस्तिस्क आफ्नै जन्मस्थान, थातथलो, घरआगन, परीवार, टोलछिमेक वरीपरी नै घुमिरहेको हुन्छ । त्यस मनोविज्ञानको सक्दो सदुपयोग गर्नुहोस । बिदेशमा रहेका डाक्टर, नर्सले पनि ‘तन’ र ‘धन’ तत्काल दिन नसकेपनि ‘मन’ अवश्य दिन सक्छन ।

४) यस्तो बेलामा आफ्नो क्षेत्रभित्रका अस्पताल, स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले बिशेष समन्वय गरी अर्को अस्पताललाई क्रससपोर्ट गर्ने अर्थात एउटा डाक्टर दुइ तीन तिर कुदिदिने, ड्युटी आवर फेरबदल गर्ने, जुनसुकै स्पेसियालीटिका भएतापनि आवश्यकता अनुसार सर्भिस प्याटर्न बदल्ने सम्म गरी एउटा स्थानीय निकायका सवै अस्पताल र स्वास्थ्य संस्थाहरुले ‘एक अस्पतालका धेरै शाखाहरु’ को शैलीमा एकिकृत ढाँचामा चल्नु राम्रो हुन्छ । त्यसका लागि गोकर्णेश्वर नगरपालिकाले लिएको मोडल भएका सवै डाक्टर तथा अस्पतालहरुलाई समन्वयात्मक नेटवर्किंगमा ल्याउने र एकै कोठामा ‘सामाजिक दुरी’ कायम राखी अन्तरक्रिया गरिराख्ने र योगदानको भाव जगाइराख्ने, जसले गर्दा अन्तत्वगत्वा शरीर दुई मीटर टाढा रहेपनि ‘मन र मन बीचको दुरी’ झन् कम हुँदो रहेछ । बिशिस्ट भावना जाग्दो रहेछ । उपयोगी हुनसक्दछ ।

बाँकी कुरा गर्दै गरौला, अहिले काम मै उत्रने बेला हो ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १०:३८ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...