back
CTIZAN AD

नेपाली कामदारको विविध समस्यालाई लिएर एनआरएनए कुवेतले बुझायो ज्ञापनपत्र

वि.सं.२०७७ वैशाख ३ बुधवार

1.1K 

shares

३ बैशाख, कुवेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतले कुवेतमा रहेका नेपालीहरुको विविध समस्यालाई लिएर नेपाली दूतावास कुवेतलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार दूतावास, एनआरएनए र कुवेतमा रहेका अन्य नेपाली संघसंस्थावीच कुवेत सरकारले प्रदान गरेको विदेशी नागरिकलाई आममाफी सम्बन्धमा, बेतलवी बसिरहेका वा नेपाल फर्कने चाहाने कामदारको सम्बन्धमा र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले निम्त्याउने समस्यालगायतका विषयमा घनिभूत छलफल भएको परिषद्का महासचिव दिलकुमार पाख्रिनले बताएका छन् ।

परिषद्का अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमृत चाम्लिङ, मानार्थ आइसिसि सदस्य सुरज मास्के, उपाध्यक्ष रन लामालगायतले परिषद्का तर्फबाट दूतावासलाई ज्ञापनपत्र बुझाएका थिए ।

उक्त छलफलको क्रममा राजदूत दुर्गाप्रसाद भण्डारीले अवैधानिक नेपाली कामदारलाई आममाफिको सदुपयोग गर्दै नेपाल पठाउन नेपाल सरकारसंग आन्तरिक प्रयास भइरहेको जानकारी दिएका थिए । साथै कोरोनाको कारण कुनै पनि नेपाली कामदारलाइ बेतलवी राखेका छन् भने दूतावासमा सम्पर्क गरे दूतावासले तलबको लागि आग्रह गरिदिने समेत बताएका थिए ।

राजदूत भण्डारीले भिसा भएका तर स्वदेश फर्कन चाहाने नेपाली कामदरहरुको हकमा लकडाउन नखुलेसम्म जहाँ छौँ त्यही सुरक्षित रहौँ नीति अबलम्बन गर्नका लागि सुझाव समेत दिएका थिए ।

अवैधानिक कामदार जाने बेलामा शिविर पुगेपछी फर्किन नपाइने भएको हुँदा आफ्नो ब्यागेज, लगेज पूर्ण तयारीका साथ जानुपर्ने जानकारी दिँदै महासचिव पाख्रिनले भनेका छन् ‘त्यसका लागि पासपोर्ट, सिभिल आइडी, नागरिकता जे छ त्यसको फोटोकपी र ४ थान पासपोर्ट साइजको फोटो पनि तयारी राख्नुहोला । नेपाली दूतावासले शिविरमा नै दूतावासबाट पाउने सेवा सुविधा प्रदान गर्ने हुँदा कोहि पनि दूतावास (एम्बेसी) पुगि राख्नुपर्ने छैन ।’

उनले नेपालको क्वारेन्टाइन बसाइ १५– १५ दिन मात्र भए पनि घर पुग्न केही दिन लाग्न सक्नेछ । त्यसको लागि धैर्यता अपनाउन पनि अनुरोध गरेका छन् ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १०:३३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...