back
CTIZAN AD

बैंकहरुले घोषणा गरेको रकम अझै राहात कोषमा जम्मा गरेनन

वि.सं.२०७७ वैशाख ३ बुधवार

1.1K 

shares

“जम्मा गरेका बैंकहरुमा राट्रिय बाणीज्य बैंक, कृषि बिकस बैंक, सिटिजन बैंक, सिभिल बैंक, एनसिसि बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, हिमालयन बैंक, एनएमबी बैंक, र लक्ष्मी बैंक रहेका छन ।

३ वैशाख, काठमाडौं । सरकारले गठन गरेको ‘कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोष’मा मंगलबारसम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार १ सय ६७ रुपैयाँ जम्मा भएको छ । यति रकम जम्मा हुँदा बैक संस्थाहरुले आफूले कबोल गरेको रकम पनि कोषमा जम्मा नगरेको पाईएको छ । अहिले नेपालमा २७ बाणिज्य बैंक हरु छन ती मध्ये ११ बाणीज्य बैंकले मात्र कोषमा रकम जम्मा गरेका छन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले प्रकशित गरेको सूचि अनुसार हालसम्म प्रतिबद्धता अनुसार कोषमा रकम जम्मा गरेका बैंकहरुमा राट्रिय बाणीज्य बैंक, कृषि बिकस बैंक, सिटिजन बैंक, सिभिल बैंक, एनसिसि बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, हिमालयन बैंक, एनएमबी बैंक, र लक्ष्मी बैंक रहेका छन ।

यस अघि २२ वटा बाणीज्य बैंकले कोषमा रकम जम्मा गर्ने घोषण गरेका थिए । राष्ट्र बैंकले कोरोना राहात कोषमा रकम जम्मा गर्ने बैंक तथा बित्तिय संस्थाको रकम बैंकहरुले खर्च गर्नै पर्ने सामाजिक उत्तर दयीत्वमा गणन गर्ने जानाईसकेको छ ।

सेलिब्रेटी बन्ने होडमा सहयोगको घोषणा गर्ने बैंक तथा बित्तिय संस्थाहरुले सहयोग रकम जम्मा नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । अर्बौं नाफा देखाउने बाणीज्य बैंकहरुले आफूले कबोल गरेको रकम अहिलेसम्म राहात कोषमा जम्मा गरेका छैनन । त्यसमा पनि आफनो आम्दानीको निस्चित प्रतिशत रकम समाजिक काममा खर्च गर्नै पर्ने अनिवार्यताबाट बैकहरु पछाडि हट्दै गएको बिश्लेषकहरुको भनाई छ ।

केहि बैंकहरुले एउटा कर्पोरेट हाउससँग मिलेर राहात उठाउन खोजेका थिए तर सरकारले एकद्वार प्रणलीबाट मात्रै सहयोग संकलन र बितरण गर्ने निर्णय गरेपछि उनीहरुको उक्त अभियान बन्द भएको थियो ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १०:२४ मा प्रकाशित

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...