back
CTIZAN AD

कोरोना भाइरसको भयबाट मुक्त गराउनका लागि बेलायतमा थालियो यस्तो अभियान

वि.सं.२०७७ वैशाख ३ बुधवार

930 

shares

३ बैशाख, बेलायत । विश्वनै कोरोना भाइरस महामारीको चपेटामा परेको अवस्थामा जनमानसमा कोरोना भाइरसका कारण मनमा उत्पन्न त्रास हटाउन बेलायतमा नौलो अभियान थालिएको छ ।

बेलायतको नेपाली समुदायमा उदाहरणीय रहेको ग्रेटर रशमोर कम्युनिटीले बेलायतमा जारी रहेको लकडाउन तथा बढिरहेको कोरोना भाइरस संक्रमणको त्रास केही हदसम्म भएपनि कम गराउनका लागि अनलाइनमार्फत् ध्यान, योगा लगायतका कार्यक्रम सुरु गरेको छ ।

यसका लागि घरमै बसेर अनलाइनमार्फत् घरका टिभी र फोनमार्फत् अध्यात्मीक कार्यक्रम तथा स्थानीय समय बिहान ९ देखि १० बजसेम्म योगा र ध्यान संचालन गरिने भएको हो । यो नेपाली नयाँवर्ष बैशाख १ गतेदेखिनै सुरुवात भइसकेको छ । समाजका अध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा र महासचिव प्रमिला राईले यो कार्यक्रम संचालन गरेका छन् । यसमा रशमोरवासी मात्र नभएर बेलायत र अन्य देशका इच्छुक नेपालीले पनि अनलाइनमार्फत् हेरेर ध्यान योगा गर्न सक्नेछन् ।

यो कार्यक्रम अत्यन्तै राम्रो र रोचक तरिकाले संचालन गरिएको अभियानका संयोजक तथा समाजका उपाध्यक्ष नेम थापाले संसारन्युजलाई जानकारी दिएका छन् । ‘यो अनलाइन कार्यक्रम लकडाउनका कारण घरमा बसेकाहरुका लागि अति प्रभावकारी भएको स्थानीयको प्रतिक्रिया पाएको छु । यस्तो अवस्थामा हाम्रो तर्फबाट नेपाली समुदायको मनमा रहेको त्रास हटाउनका लागि केही गर्न सकिन्छ कि भनेर लागिपरेका हौं ।’ थापाले भने ।

थापाले इच्छुक जो कोहिपनि अनलाइमार्फत् जोडिन सक्ने बताउँदै तल दिइएको लिंकमा जोडिन अनुरोध गरेका छन् ।

उक्त कार्यक्रमका लागि प्रत्येक दिन बिहान ९ देखि १० बजेसम्म बेलयातको शिवकल्चर शेन्टर अल्डरसटबाट योगा प्रशिक्षक अर्चना थापाले एकदिन शिव योगा प्राणायाम र अर्कोदिन बुद्धिष्ट कम्युनिटी सेन्टर अल्डरशटबाट बुद्ध धर्म गुरु खेम्पो निमा लामाद्धारा अत्यात्मिक ध्यान क्लास र प्रवचन दिनेछन् । साथै हरेक दिन पालो पालो गरेर कार्यक्रम गरिएको महासचिव प्रमिला राइले जानकारी दिएकी छन् ।

कम्युनिटीका पूर्वअध्यक्ष ओम थापाले यस्तो कार्यक्रमले यहाँ रहेका नेपाली समुदायलाई केही हदसम्म तनाव विर्सजन गर्नका लागि सहयोग गर्ने बताए ।

थप जानकारीको निम्ती बेलायतबासीले नेम थापालाई यस नम्बरमा 07809 430725 र फेसबुकमा सम्पर्क गर्न सकिनेछ ।

यस कार्यमा सहंभागी हुन यस तलको लिड्क मा जानु पर्ने हुन्छ। साथै लाईफ फ़ेसबुक बाट पनी जोदिन सक्नु हुन्छ।
Join Zoom Meeting
https://zoom.us/j/98642900099

त्यसैगरी कम्युनिटीले हाल अन्य सेवाका काम पनि थालेको छ । यसका लागि कम्युनिटीले सहयोगी भोलियन्टियर टिम गठन समेत गरेको छ । जसमा सिनियर सिटीजन र युवा कार्यसमिति टिम र स्थानिय स्वयम्सेविकाको साथ तिब्र रूपमा काम गरेको बताएको छ । रशोमरमा सिनियर सिटीजन भुपू गोर्खाहरूलाई मध्यनजर गरी लोकल काउंसिल र NHS संग समन्वय गरेर नेपाली आपतकालिन हेल्पलाईन सुचारू गरिएको छ ।

‘भाग्यवस आजसम्म यसठाउँमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको समाचार सुन्नु परेको छैन,’ अन्य रोगबाट लामो समयसम्म विरामी रहेका दुइजनाको निधन भएको बाहेक केही ब्यक्ति भाइरस संक्रमणको आशंकामा अस्पतालमा भएको भन्ने खबर मात्र प्राप्त गरेका छौं ।’ कम्युनिटीका अध्यक्ष रामधन राई, सिनियर सिटीजन संयोजक के रि बिष्नु श्रेष्ठ र के रि बिर थापाले एकैस्वरमा भने ।

उनीहरुले कसैलाई आपतकालिन सेवा तथा सहयोग आवस्यक परेमा दिएको नम्बरमा खबर गरिदीन हुन समेत अनुरोध गर्दै कस्तो खालको सेवा चाहिने हो, त्यसअनुरुप स्वयम्सेवक तुरुन्तै पठाउने समेत जानकारी दिएका छन् ।

रशमोरवासीका लागि नेपाली भाषामा आपतकालिन टेलिफोन सेवाका लागि ह्याम्पसायरले कल सेन्टर स्थापना गरेको छ । हप्ताको सातैदिन सेवाका लागि यो लिंक खोलेर हेर्न सकिनेछ ।

https://www.rushmoor.gov.uk/article/11957/Nepali-translation?fbclid=IwAR2vDgJjM-5sx4WogbUk7MPcM0iFjJr3qSr-Sj1vCv-hmR5PbXfNJT5dULI

वि.सं.२०७७ वैशाख ३ बुधवार १८:०४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...