back
CTIZAN AD

बिन्ती छ भित्रै बस

वि.सं.२०७७ वैशाख ३ बुधवार

750 

shares

एकातर्फ मनुष्य वीर बलिया छन् युद्ध सेनातिर
अर्कोतर्फ अदृश्य जीव अणु छन् संग्राममा हाजिर
मायावी रणमा चराचर भुले पृथ्वी छ युद्धस्थल
चल्दा युद्ध मडारियो गगनमा नैराश्यको बादल
।१।
मान्छेमार्फत पारिलो प्रकृतिमा लागेर धब्बा खिया
बिच्केका अमिबा र भाइरसका छन् साथ ब्याक्टेरिया
कैले प्लेग छ पोलियो छ कहिले कैले इबोला जिका
कोरोना फ्लु सशक्त सार्स भयले छिन् रुष्ट भूवाटिका
।२।
कैयौं जीव उजाडिए भुवनमा मान्छे बनी कारक
झन् लोपोन्मुख जीव आज कति छन् भै जीर्ण बाँच्ने हक
गोली बारुद अस्त्र झन् जहरिला बढ्दा विषादी बम
एकाएक धरा असन्तुलित भै खस्क्यो इकोसिस्टम
।३।
संख्या मानिसको नियन्त्रण हुने गर्थे कुरा माल्थस
भन्थे डार्बिन बाँच्नको मन भए संघर्ष गर्दै बस
बन्दा क्रुद्ध बसुन्धरा प्रलयको आगो जसै बाल्दछ
कैयौं नूतन पाइला भुवनमा विज्ञानले चाल्दछ
।४।
चल्दा तीब्र हुरी ढलेछ बिचरी भञ्ज्याङकी लाँकुरी
ढल्दैनन् सतिसालका रुखहरू आँधी चलोस् वा हुरी
जित्ला युद्ध अवश्य आत्मबलले बढ्दै गरोस् साहस
प्यारा दाजु दिदी र भाइ बहिनी बिन्ती छ भित्रै बस
।५।
छन्द : शार्दूलविक्रीडित

वि.सं.२०७७ वैशाख ३ बुधवार १७:२६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...