back
CTIZAN AD

कोरोनाको कहरः एनआरएनएद्धारा डेढ दर्जन देशमा ३ हजारलाई राहत वितरण

वि.सं.२०७७ वैशाख ४ बिहीवार

708 

shares

४ बैशाख, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस महामारीबाट प्रभावित डेढ दर्जन देशमा ३ हजार जनालाई राहत वितरण गरेको छ ।
राहत वितरणमा तिब्रता दिएको संघले विभिन्न देशमा रहेर समस्यामा परेका बिद्यार्थीहरु, काम गुमाएका नेपालीहरुलाई लक्षित गर्दै राहत बितरणलाई तिब्रता दिएको हो । कतिपय मुलुकहरुमा ’कोभिड १९’ ले प्रभावित परिवारका सदस्यहरुलाई खाद्यसामग्री पुर्याएर संघले सहयोग गरेको संघको ‘कोभिड–१९’ उच्चस्तरीय समितिका संचार संयोजक चिरन शर्माले संसारन्युजलाई जानकराी दिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष तथा ‘कोभिड १९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार डेढ दर्जनभन्दा बढी राष्ट्रिय समन्वय परिषदहरु सक्रिय भईसकेको बताए । अध्यक्ष पन्तले भने, ‘यो बेला भनेको एकले अर्कोलाई सहयोग गर्ने बेला हा े। मलाई आशा छ ८० भन्दा बढी शाखाहरुका साथीहरुनै सहयोगी अभियानमा लाग्नुहुनेछ ।’ तत्कालका लागि न्युनतम आबश्यकता पूरा गर्न एकले अर्कोलाई सहयोग गर्नु नै अहिलेको प्राथमिकता भएको पनि अध्यक्ष पन्तले बताएका छन् ।

त्यसैगरी एनआरएनए अष्ट्रेलियाले ३ सय ९० जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ । संघका महासचिव ज्ञानेन्द्र रेग्मीका अनुसार दाल, चामल, चिनी लगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरु खरिदमा संघले २० हजार डलर खर्च गरिसकेको छ ।’ १ हजार १ सय भन्दा बढी नेपालीहरुले फाराम भरेर राहतको माग गर्नुभएको छ । हामीले ५० हजार डलरको राहत कोष बनाएर राहत बितरणलाई तिब्र पार्दै छौ ।’ महाचिव रेग्मीले भने ।

अष्ट्रेलियस्थित सकृय पत्रकार हेमन्त काफ्लेका अनुसार एनआरएनएको राहत बितरण कार्य निकै प्रभावकारी बनेको छ । कामकाज ठप्पभएपछि विद्याथीहरुलाई एनआरएनको राहत प्याकेजले ठूलो सहयोग मिलेको काफ्लेको भनाई छ ।

एनआरएनए अमेरिकाले करिब ४ सय जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ । संघका अध्यक्ष सुनिल शाहका अनुसार उनीहरुलाई दाल, चामल, पिठो, चिनी लगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरु वितरण गरिएको हो । ‘भौतिक सामग्री लगायत दैनिक टेलिफोन सेवा पनि संघले उपलव्ध गराएको छ । पछिल्लो दुई सातमा करिब २ हजार नेपाली कानूनी तथा जनचेतना कार्यक्रमबाट लाभान्दित भएका छन् ।’ अध्यक्ष शाहले भने । एनआरएनए अमेरिकाले १४ हजार डलर आर्थिक संकलन गरेको छ ।

यस्तै अफ्रिका क्षेत्रमा रहेका नेपालीहरुले समेत राहत संकलन शुरु गरेका छन् । संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार त्यहाँ रहेका नेपालीहरुले एनआरएनए अफ्रिका क्षेत्रीय कोषको स्थापना गरेर काम अघि बढाएका छन् । हाल सम्म सो कोषमा १० हजार डलर जम्मा भएको छ ।

साईप्रसमा ५ देखि ७ हजार बिद्यार्थीहरु समस्यामा परेपछि एनआरएनए साईप्रसले घर–घरमै राहत पुर्याउने ब्यबस्था गरेको छ । संघका प्रबक्ता दिनेश गौतमका अनुसार ४ सय ५६ जना बिद्यार्थीहरुले राहत पाईसकेका छन् । त्यहाँ अध्ययनरत बिद्यार्थीहरुले आँफूहरु नेपाल फर्कन चाहेको ईच्छा ब्यक्त गर्दै नेपाली राजदूताबास इजरायलमार्फत नेपाल सरकारलाई घर फर्काउन अनुरोध समेत गरेकाछन् ।

गैरआवासीय नेपाली संघ यूएईले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपालीहरुको लागि राहत वितरणलाई तिब्रता दिएको छ । संघका अध्यक्ष प्रकाश कोराइराका अनुसार गत सातादेखि हालसम्म १ हजार जना नेपालीहरुलाई राहत वितरण गरिएको छ । यस्तै गैरआवासीय नेपाली संघ कतारले तीन सय भन्दा बढी कोरोनाका कारण प्रभावितहरुका लागि राहत वितरण गरेको जनाएको छ ।

एनआरएनए स्पेनले १ सय ६७ जना, पोर्चुगलले १ सय ३३ जना, इटालीले २० जना नेपालीहरुलाई राहत बितरण गरिसकेको छ ।
त्यस्तै फ्रान्स, अष्ट्रिया, बहराइन, साउदी अरब, क्यानाडा, अमेरिका, हङ्गकंङ्ग लगायतका देशहरुमा राहत वितरण कार्य सुरु भईसकेका छन् । संघका विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा आर्थिक तथा राहत सामग्री वितरणको विवरण संकलन गर्ने तयारी गरेको संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले जनाकारी दिए ।
श्रेष्ठले विश्वभरको राहत संकलनमा भएका प्रगति विवरणहरुको अभिलेख लेख्ने काम शुरुभै सकेको वताए ।

प्रारम्भिक रिपोर्ट अनुसार हालसम्म करिब ३ हजार गैर आबासीय नेपालीहरुले राहत प्राप्त गरेका छन् । तर एक हप्तापछि ठूलो संख्यामा नेपालीहरुले राहत प्राप्त गर्ने संघले अपेक्षा राखेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले राहतको कार्यलाई आगामी हप्तामा अझ तिब्रता दिनको लागि पूर्ण रुपमा तयारी रहन एनसीसीहरुलाई आग्रह गरेका छन् ।

यसअघि दक्षिण कोरिया र हङ्गकङ्ग, अष्ट्रेलिया लगायतका देशहरुले स्वास्थ्य सामग्री समेत वितरण गरेका थिए । एनआरएनएले दक्षिण कोरियाले गत हप्तमा मार्फत १ करोड ६० लाख बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल पठाएको थियो भने अन्य देशहरुले त्यहाँस्थित नेपाली समुदायलाई स्यानिटाइजर, माक्स, थर्म्मिटर वितरण गरेका छन् ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १०:४५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...