back
CTIZAN AD

अस्पतालले भर्ना लिन नमानेपछि न्यूयोर्कमा एक नेपालीको घरमै निधन

वि.सं.२०७७ वैशाख ४ बिहीवार

774 

shares

१६ अप्रिल । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अमेरिकाबाट प्रकाशित हुँदै आएको खसोखास डटकमका अनुसार बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइन्छ ।

मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका पुगेका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । उनि नेपाल प्रहरीको असई थिए ।

पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सुचना लिएर केही समयपछी मृत्युदर्ता लिन आउनु भनेको जानकारी दिएको समाचारमा उल्लेख छ ।

हाल सम्म अमेरिकामा सात जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हाराहारीमा रहेको बताइन्छ । मृतकमध्ये चार जनाको पुष्टि गरिएको छ भने अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको पनि समाचारमा जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा गैरआवासीय नेपालीहरुको बाक्लो बस्ती रहेको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १०:४६ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...