back
CTIZAN AD

कोरोना संक्रमणका कारण बेलायतमा फेरि २ गोर्खा सैनिकको मृत्यु,संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

वि.सं.२०७७ वैशाख ४ बिहीवार

729 

shares

३ बैशाख, बेलायत । बेलायतमा रहेका दुई गोर्खा सैनिकको मृत्यु भएको छ ।

बेलायतको लन्डनस्थित प्लमस्टिडमा बस्दै आएका गोर्खा सैनिक आर्मी नम्बर २११६५४१४ स्याङ्जा लक्ष्मण श्रेष्ठ र तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङको बुधबार (बैशाख ३, १५ अप्रिल) मा मृत्यु भएको हो ।

कुईन्स गोर्खा ईन्जिनियरका श्रेष्ठको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

पासा पुचः गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापतिका अनुसार पुख्र्यौली घर स्याङ्जाको पुतली बजार रहेका ५८ वर्षीय श्रेष्ठको बुधबार बिहान लण्डनस्थित गाइज अस्पतालमा मृत्यु भएको हो ।

पासा पुचः गुठी साउथ इष्ट लन्डनका आजीवन सदस्य समेत रहेका श्रेष्ठ समाजमा उनको परिवारसहित सक्रिय रहदै आएका थिए । प्रजापतिले उनको मृत्युले पासा पुचः गुठी बेलायत मर्माहत भएको बताएका छन् ।

अध्यक्ष प्रजापतिका अनुसार ज्वरो आएपछि घरमै आइसोलेसनमा बसिरहेका उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो । अस्पतालले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । कोरोना संक्रमणबाट उनको मृत्यु भएपछि श्रेष्ठका परिवार पनि आइसोलेसनमा बसेका छन् । अहिले उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

कोरोनाका कारण युकेमा आज पनि एक नेपालीको मृत्यु, मृतकको संख्या ११ पुग्यो

त्यस्तै तनहुँका ७८ वर्षीय हस्तवीर गुरुङ (आर्मी नम्बर २११५११९८) को पनि कोरोना संक्रमणका कारण बुधबारै मृत्यु भएको समाचार छ । उनी कोपरल कुईन्स गोर्खा ईन्जिनियर हुन् ।

बेलायतमा कोरोना संक्रमणका कारण एक नेपाली चेलीको निधन

पुर्ख्यौली घर तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ भइ बेलायतको ननिटनमा छोरी दिलु गुरुङ ज्वाइँ बिजय गुरुङको साथमा बसोबास गर्दै आएका उनलाई कोरोना संक्रमणको शंका लागेपछि ननिटनस्थित जर्ज इलियट अस्पतालमा अप्रिल ५ मा भर्ना गरिएको थियो । उनको बुधबार बिहान मृत्यु भएको हो ।

बेलायतमा कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा सैनिक मल्लको मृत्यु

उनकी श्रीमती र कान्छा छोरा बिदामा नेपाल गएको र दुई छोराहरू हङकङमा बस्दै आएको बताइएको छ ।

बुधबार श्रेष्ठ र गुरुङको मृत्यु भएसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या १३ पुगेको छ ।  बेलायतमा यसअघि कोरोना संक्रमणका कारण लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल र पोखराकी पुष्पा घले र कास्की घान्द्रुकका  लक्षिन गुरुङ सहित १३ जनाको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।

नातिको बिहेका लागि बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणका कारण मृत्यु

बेलायतमा तीनदिनमा ५ नेपालीको मृत्यु

वि.सं.२०७७ वैशाख ४ बिहीवार १०:१५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...