back
CTIZAN AD

ओमानमा कोरोनाको कहरः नेपाली कामदारका विषयमा दूतावास र नेपाली संघसंस्थाबीच छलफल

वि.सं.२०७७ वैशाख ७ आइतवार

1K 

shares

७ बैशाख, अ‍ोमान । विश्व्यापी कोरोनाको महामारी र त्यसले ओमान र ओमानमा रहेका नेपाली कामदारमा पारेको प्रभावको विषयमा छलफल भएको छ ।

नेपाली दूतावास ओमानकी राजदूत शर्मिला पराजुली ढकालद्धारा शुक्रबार आयोजित भिडियो कन्फरेन्समा ओमानस्थित सक्रिय नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग कोरोना भाइरसका कारण ओमानमा रहेका नेपाली श्रमिकहरूलाई तत्काल परेका समस्या तथा भविष्यमा आई पर्नसक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

उक्त छलफलमा एनआरएनए, ओमान तथा नेपाली सोसल क्लवका उपाध्यक्ष विकल झा,नेपाली समाज ओमानका अध्यक्ष दिल रोक्का, प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष उमेश वि.क, नेपाली जनसम्पर्क समिति ओमानका अध्यक्ष शालिकराम चापागाई, ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, तामाङ समाज ओमानका अध्यक्ष तेजप्रसाद तामाङ, मगर समाज ओमानका अध्यक्ष यमु थापा मगर, विवेकशील नेपाली ओमानका अध्यक्ष राजेन्द्र खनाल, म्याग्दी प्रवासी संघ ओमानका पूर्ण वि.क. पहाडी, तमु समाज ओमानका निकेश गुरूङ, सगरमाथा समाजका भिम निरौला, गुल्मी समाज ओमानका दुर्गा प्रसाद ढकाल, पाल्पाली समाज ओमानका नारायण खनाल, अन्तराष्ट्रिय साहित्यिक समाजका सुशील पुन विरही, बुद्धभिजन ओमानकी लक्ष्मी तामाङ बाग्लुङ समाजका अध्यक्ष खेम खड्काथोकी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा र श्रम सहचारी कृष्णाकुमारी गौली समेतको सहभागिता रहेको थियो ।

बैठकमा सहभागीहरू संघसंस्थाका अगुवाहरुले ओमानमा कोभिड-१९ का कारण तत्काल रोजगारी गुमाई खान÷बस्न नपाएर समस्यामा परेका, अवैध रूपले बसेका, उपचारको आवश्यकता महशुस गरेका नेपाली श्रमिकहरूको बारेमा ओमानमा विद्यमान अवस्थाको जानकारी गराउँदै सहयोगको खाँचो भएका नेपालीहरूका लागि दूतावाससँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै सहभागीहरूसँग ओमान सरकार तथा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकहरूप्रति पछिल्लो समय लिएको नीतिका विषयमा पनि छलफल गरिएको थियो । सहभागीहरूले बन्दाबन्दीको समयपश्चात नेपाल फिर्ता जान इच्छुक नेपाली श्रमिकहरूलाई सुरक्षित तरिकाले नेपाल जाने व्यवस्था मिलाउन दूतावाससमक्ष आग्रह समेत गरेका थिए ।

उक्त अवसरमा राजदूत ढकालले भिडियो कन्फरेन्सको माध्यमबाट जोडिएका सम्पू्र्ण संघ संस्थाका प्रतिनिधिहरूलाई धन्यबाद दिँदै विपदको घडीमा समेत आ–आफ्नो ठाउँबाट यथासक्य भूमिका निर्वाह गर्दै आएकोमा दूतावास परिवारको तर्फबाट कृतज्ञता व्यक्त गरेकी थिइन् ।

राजदूत ढकालले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली श्रमिकहरूलाई सू–सूचित बनाइ समस्यामा परेका वा पर्न सक्ने नेपालीहरूसँग जोडिइ आवश्यक सहयोग गर्न तथा प्राप्त सूचना दूतावासमा उपलव्ध गराउन समेत अनुरोध गरेकी थिइन् ।
राजदूत ढकालले नेपाली समुदायको सकारात्मक सहयोगमा विपद्बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको पूर्व तयारी तथा प्रतिरोधको तयारी कार्यका लागि दूतावास सक्षम हुनेछ भन्नेमा विस्वाश दिलाउदै ओमान सरकारले जारी गरेको सूचना तथा निर्देशनहरूको पालन गर्नसमेत सबैमा अनुरोध गरेकी थिइन् ।

हालसम्म ओमानमा ११ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १७६ जनाले स्वास्थ्य लाभ प्राप्त गरिसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

बैठकमा कोभिड १९ को विषयम परिस्थितिमा दूतावासले आयोजना गरेको भर्चुअल कन्फेरेन्सको लागि धन्यवाद दिंदै सहभागीहरुले दूतावासले धन्यवाद दिएका थिए ।

यदि कोहि नेपालीलाई समस्या परेमा तर दिइएका नम्बरमा फोन गर्न सकिनेछ

कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको टेलिफोनः2469६177/2469६883; हटलाइनहरूः71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506

 

वि.सं.२०७७ वैशाख ७ आइतवार १५:५२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...