back
CTIZAN AD

रसियाली राजदूतको हत्या छानबिनका लागि रसियाली टोली टर्कीमा

वि.सं.२०७३ पुस ६ बुधवार

936 

shares

६ पुस, अङ्कारा (टर्की) । रसियाको १८ सदस्यीय अनुसन्धान टोली टर्कीका लागि रसियाली राजदूत एन्डे« कार्लोभको हत्याबारे टर्कीसँग समन्वय गरी छानबिन गर्न मङ्गलबार अङ्कारा आइपुगेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

रसियाली टोलीमा एक अभियोजनकर्ता र दुई नागरिक रक्षा सम्बद्ध अधिकारी रहेको र टर्कीका अधिकारीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिने यहाँको निजी एनटीभी च्यानलले जनाएको छ । अङ्काराको एसेनबोग विमानस्थलबाट मङ्गलबार दिउँसो टर्कीका लागि रसियाली राजदूत कार्लोभको मृत शरीरलाई आवश्यक प्रक्रियापछि मस्को लगिने कार्यक्रम रहेको रसियाली अधिकारीले बताएका छन् ।

यसैबीच टर्कीले राजदूत कार्लोभको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा मङ्गलबारसम्म सात जनालाई सुरक्षा नियन्त्रणमा लिएको छ । कार्लोभको पिठ्युमा २२–बर्षिय टर्कीका प्रहरी मेभलुट मर्ट एल्टिनटासले नौ राउण्ड गोली हानी सोमबार हत्या गरेका थिए । सिन्ह्वा÷ एएफपी

वि.सं.२०७३ पुस ६ बुधवार ०३:१५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...