back
CTIZAN AD

यस्तो छ विश्वभरको कोरोना अपडेट

वि.सं.२०७७ वैशाख ९ मंगलवार

774 

shares

९ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ९ (सन् २०२० अप्रिल २१) बिहान .१५ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २४ लाख १ हजार २७ मानिसमा कोरोना भाइरस सल्केको छ, एकैदिन ७२ हजार ३८२ जना नयाँ संक्रमित थपिएको हो ।

त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या १,७०,४३६ रहेको छ । एकैदिन ५३७८ जनाको मृत्यु भएको छ, अघिल्लो दिनको तुलनामा थोरै बढेको हो ।

निको भएर घर फर्किएकाहरु संख्याका ६४६,८५४ छ भने उपचाररत हालको बिरामीको संख्या १,६६३,९९७ रहेको छ । जसमध्ये १,६०७,२३१ को अवस्था मध्यम छ भने ५६,७६६ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ७९२,५७९ पुगेको छ भने ४२,५१४ को मृत्यु भएको छ । एकै दिन २८९२३ नयाँ संक्रमित थपिएका छन् भने १९५९ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा केही बढेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा भने अघिल्लो हप्ता देखि नै मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ८१ हजार २२८ रहेको छ भने मृत्यु हुनेको संख्या २४,११४ जना रहेको छ ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(४२,५१४) इटाली दोस्रो(२४,११४), स्पेन तेसो(२०,८५२), फ्रान्स चौंथो(२०,२६५), बेलायत पाचौँ(१६,५०९), बेल्जियम छैठौं(५,८२८), इरान सातौँ(५,२०९), जर्मनी आठौँ(४८६२) र चीन नवौँैँ(४,६३२) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा संक्रमितको संख्या स्थिर छ । २४ घण्टामा नेपालमा कोही पनि नयाँ संक्रमित थपिएका छैनन् । नेपालमा संक्रमितको संख्या ३१ रहेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन् । सोमबारसम्म ८४१४ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएका थिए । हाल २९ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन चौंथो हप्तासम्म लम्बाएर आगामी वैशाख १५ गते सम्म पु¥याइएको छ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमित र मृत्य हुनेको संख्या अघिल्लो दिनको तुलनामा बढेको छ । १८,५३९ जना संक्रमित रहेको र ५९२ जनाको मृत्यु भएको देखिन्छ ।
यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०८:३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...