पुजीवादले निम्त्याएको चरम दोहन र अपमानलाई गम्भीर भएर सोच्न बाध्य बनाउने छ । कार्ल माक्सले भने झै उन्नत समाजबादको बाटोबाट मात्रै यस्को सहि उत्तर पाउन सकिएला । एकपटक कोरोनाको महामरीको हल चिकित्सकिय विधिले निर्माण गर्छ न्नै । तर पुनः यस्ता अनेकौ माहामारीको भने जबाफ दिन सक्दैन, बेलैमा सोचौ ।
इतिहासमा हामी पढेर भन्दा परेर जान्ने पुस्ता हुनपाएका छौ। दुःखी भनौ वा खुशि हाम्रो पुस्ताले एउटा अबसर पाएको छ। बिश्वको दुष्र्दान्त घटना पढ्नु पर्ने पुस्ता देख्न पर्ने ठाउँमा छ, त्यति मात्रै होइन भोग्दै पनि छौ । हिजो लाहुरे दाइहरुले सुनाउने युद्धका बिभिसिकाहरु, इतिहासका पानामा लेखिएको बर्णनहरु आज आफैले डराई डरा्इ, भोग्दा र देख्दा के हुँदो रहेछ यो पुस्ताले जाने को छ । त्यसो त यो पुस्ता बिज्ञान र प्रबिधीमा समेत चमत्कार देखेको र उपभोग गरेको छ । आजको युग राजनीतिक शास्त्रका भाषामा पुजीवादी युग सास्कृतिक हिसाबले उपभोक्ताबादी दुनियाँको रुपमा बुझेको खण्डमा अझ सहज होला । आजको विषय कोरना कहर मा केन्द्रित हुनु हो किनकि कोरोना अर्थात COVID-19 राजनितीको वटममा गएर नखोजी सहि निस्कर्ष निस्कदैन । आज ससारका मानव जातीको मुखमा एकै पटक निस्क्ने आवाज जस्तो बन्न पुगेको छ । कोरोना वृद्ध वा बालक सबैको साझा आतंककारी शत्रुको रूपमा उदय भएको छ। यस्ले यति तिब्र गतिमा मानव संक्रमण र मृत्युको संख्या थपेको छ । संक्रमित र मृत्यु लाखौं पुगेको छ । यो तथ्यांक जारी छ।
बिश्वभरिका मानव जातिको स्वास्थयको monitoring गरिराखेको WHO (बिश्व स्वस्थ्य सङगठन) लाई समेत यस्को बारेमा बिश्लेषण गर्न केही समय पर्खनु पर्ने देखिन्छ । हो आज यो समस्यालाई हेर्ने कसरी ? भन्ने बारेमा छलफल चल्दै जाला जानुपर्छ । न कि चिकित्सा शास्त्रको कोणबाट मात्रै यस्लाई बुझेर यस्को चक्र पूरा हुदैन । यसलाइ बुझ्न राजनीतिक शास्त्रको भाषाको समेत साहारा लिदा मात्रै पुर्णता पाउन सकिन्छ । अझ प्रष्ट भाषामा भन्दा यो समस्या अति पुजीवादी र अतिउपभोग्क्ता बादी संस्कृतिका कारणले निमन्त्रणा गरेको एक स्वास्थय माहामारी(pendamic) को रूपमा बुझ्दा बिषय अझ बुझ्न सहज होला भन्ने लाग्छ। कोरोना भाइरस (COVID-19) को उत्पती चीनको बुहान शहरबाट भएको हो । त्यहाँबाट बिकास र बिस्तार भइ पूरा चीन भरी यसले नराम्रो सँग प्रभावित गर्यो । झन्डै ६५ दिनको Lckdown बाट आज बिस्तारै सामान्य गति पक्रन खोजे को छ ।
आज सम्मको बैज्ञानिक खोजले प्रकृति निर्मित सार्स (sarce) को नयाँ रुप मानेको छ, यद्यपि विवाद र बहस भने छ । तर तथ्य र बिज्ञानले प्राकृतिक हो भन्छ । जिवितप्राणीको सम्पर्कबाट आफू पनि जिबित हुन्छ र जिबित रुपमा फैलैन्छ । यो कुरा चीनमा देखा पर्यो चीन स्वयम् यस्को पाहिचान, नियन्त्रण र उपचार र रोकथामका अनेक उपायद्वारा आजको सामन्य जीवनतर्फ उन्मुख छ । यद्यपि हजारौंको मृत्यु र हजारौं सङ्क्रमितको दुःखद् अबस्था स्वयम् चीनले बेहोर्नु पर्यो। विशाल जनसंख्या (१अर्ब ५० करोड) जनसंख्या भएको देशले लौह अनुशासन कुशल नेतृत्वको क्षमताको कारणले थप बिस्तार भइ भयंकर रुप लिन पाएन र ठुलो क्षती हुनबाट बच्यो ।
चीनबाट शुरु भएको यो रोगको संक्रमण युरोपको पनि अति बिकसित रास्ट्र इटालि, स्पेन, फ्रान्स, जर्मन हुँदै आज महाशक्तीको ताज पहिरेको अमेरिका आज अर्को डर लाग्दो कोरोनको इपिसेन्टरको रूपमा देखापरेको छ । यद्यपि लाखौको संक्रमण र हजारौँको मृत्यु भइरहेको छ । दृश्य कहाली लाग्दो छ। बिश्व स्वास्थय संगठन (WHO) ले आजसम्म संसारभरको स्वास्थ्यको नीति निर्माण गर्छ, उसले कुनै पनि समयमा माहामारी बिश्वब्यापी आउन सक्ने खतराको बारेमा सजगता अपनाउन अपिल गरेको थियो । तर अफसोच सासकहरु बिशेष गरि महाशक्ती रास्ट्र अमेरिकाका रास्ट्रपति ट्रम्प कहिले चिनिया भाइरस त कहिले बुहान भाइरस भनेर मजाकको बिषय बनाए । आफू पुनः संसारको थप शक्तिशाली भएको सपना देखे । परिणामत न्युयोर्क र सिङ्गै अमेरिका प्रभाबित हुन पुग्यो मात्रै होइन थिलोथिलो पर्ने संभावना बढिरहेको छ । अझै टम्प प्रशासन धजय माथी आरोप लगाउँदै छ।
WHO लाई दिदै आएको सहयोग समेत रोक्ने धम्कीपुर्ण भाषण गरिरहेका छन् । आजको बिश्व एकल धुर्बिय अमेरिकाको हातमा थियो र छ, तर यो घटनाले अर्को धुर्बको नेतृत्व चीनले गर्ने लगभग निश्चित जस्तो बन्दै छ । उता इयु गठबन्धन इटाली पिडा भोगी रहँदा इयु हेर्नु बाहेकअरु केही दिन सक्ने अबस्थामा रहेन । बिज्ञान र प्रबिधिको बिकासले पृथ्वी एउटा गउँको रूपमा बिकास भएको छ । त्यसैगरि मान्छेका चेतना पनि त्यहि स्तरमा बिकास भएको छ भन्ने सत्त्यलाई बुझ्नु आबस्य्क छ। संसारको के कुरा व्यक्ति–व्यक्ति समुदाय हुँदै देश र सिङ्गो पृथ्वी मा उस्ले गर्ने क्रियाकलापले सकारात्मक वा नकारात्मक प्रभाव पर्छ । कोरोना चीन हुँदै आज संसारभर २१० देशमा डढेलो जस्तै सल्केको घटनालाई हेर्दा पनि प्रष्ट हुन्छ ।
विज्ञान र प्रबिधीको बिकास आबश्यक मात्रै होइन अति आबश्यक छ। तर त्यसको नाममा प्राकृतिक बिनाश र दोहन को मात्रा यसरी बढेको छ कि ? आजको पुस्ताले मात्रै उपभोग गर्ने हो भोलि हामी बाच्ने होइन भन्ने चेतले सयौं हजारौं बर्ष पछिको लागि सोच्ने कुरा एकादेशको कथा जस्तो बनेको छ हामीलाई , अगाडिको पुस्ताले त्यसरी सोचेको भए के हुने थियो होला ? आजका पुस्तालाइ हिजोको पुस्ताले हामीलाई दिएको प्रकृति अझ सुन्दर बनाएर दिनुछ। उपभोगताबादी चिन्तन र बिचारका कारण मै खाउ मै लाउँको बिचार चरम पुजीवादी विचारधाराको कारण पैदा भएको छ। जसका कारण महाशक्ती र बिकशित देशहरुले बढी कार्बन उत्सर्जन गरेका कारण ओजन तह घटेको छ र त्यस्को असर सिङ्गो ब्राह्मणमा परेको छ तापक्रम बढी रहेको, अतिबृसटि अनाबृस्ती भुक्षय आदि देखा पर्नु हो। बिश्वविख्यात बैज्ञानिक stephen hakings का अनुसार अबको ६०० बर्ष सम्ममा पृथ्वीको ताप्क्रम बढेर मानव बस्न लायक नहुन सक्छ भनेर बिकल्प खोज्न सुझाएका छ्न । यो भनाइले पनि प्रकृति दोहनको कथा प्रष्ट होला ।
आज बिश्व पुजिबादले पैसालाई आफ्नो प्राथमिकतामा राखेको छ । शक्ति रास्ट्र र विकसित देशहरुले मान्छेको श्रम पसिना यसरी चुसेको छ कि मानौ उ जुका हो । त्यसैअनुरूप प्रकृतिको दोहन गरेको छ । साना र कमजोर देश बाच्न पनि भिक्षा माग्नु पर्ने आणविक हतियारमार्फत श्रोतको दोहन गर्नुलाई बिजय ठान्ने, यतिसम्म कि परिवार समाज देश केही होइन सबै कुराको साध्य पैसा, पैसा र फेरि पनि पैसा मात्रै हो भन्ने गलत शिक्षा पढाईरहेको छ ।बिश्व मानचित्रमा २०० भन्दा बढी देशहरु छ्न ती मध्ये केही मुठ्ठीभर देशहरु दिने सयौं देशहरु लिने ठाँउमा छ्न । जसरी मान्छे, मान्छेको बीच बर्ग छ । त्यसैगरी देशहरु पनि छ्न। आज पेट भरिखानका लागि दिनरात अरु कै भर पर्नु पर्ने बाध्यता बोकेका हाम्रो नेपाल जस्तै थुप्रै देशहरु छन्।मान्छे जाती बाँच्नु पर्छ । स्वस्थ्य शिक्षा, गरिबीबाट मुक्त मानव निर्माण गर्नुपर्छ भन्ने मान्न्यता बिपरित अति बिकशित र शक्तिशाली देशहरुले आफुलार्इ एकप्रकारले दादागिरीको रूपमा प्रस्तुत हुनु पनि यसको कारण बन्न गएको देखिन्छन् ।
पहिलो : चर्चा गरिएको झै अब बिश्वले एकता बद्ध भएर आज सम्पुर्ण पुर्बाग्रहलाई त्यागेर हातेमालो गरि अघि बढनु नै आतंककारी कोरोना सँग जित्ने शर्त हो ।
दोस्रो : अमेरिकाले बिभिन्न देशमा लर्गाएको नाकाबन्दी खारेज गरि युद्धरत सेनाहरु फिर्ता गर्नु ।
तेस्रो ” युद्ध केन्द्रित होडबाजीका लागि बनेका र बनाइने युद्ध सामाग्री तुरुन्त बन्द गरि शान्तिमैत्रीको भावनासहित बिश्व मानव जाति एक हौ भन्ने शन्देस प्रवाह गर्नु बुद्धिमता हुन्छ।
चौथो : प्रकृतिलाई दोहन गर्ने काम जे जति भएकोमा पश्चताप गरि दोहन होइन संरक्षन र बिकाशमा जोड दिनुपर्ने देखिन्छ। पाचौं : मानबजातीको पहिलो प्राथमिकता स्वस्थ्य र शिक्षामा धनि र गरिब मजदुर र मालिकले एकै प्रकारको सुबिधा पाउने गरि बिकास हुनु पर्नेछ।
छैटौं : बिज्ञान र सम्बृद्धि युग बिकासको मानक हो । यसबाट बाहिरिने कल्पना गर्नु मुर्खता मानिन्छ। तर बिकासको मोडेल कस्तो, कस्लाइ र किन भन्ने अहम प्रश्नको जवाफ्सँगै दिनु पर्नेछ। मानवजातीको हित र विकासका लागि बाहेक आज देखिए र भोगिएको विकास मानवजातीको लागि आवश्यक छैन भन्ने कुरा प्रमाणित भएको छ।
सातौ : मान्छे, मान्छे बिचको विभेद यति चरम छ कि रङको नाममा धर्म, बर्ग, जात, लिङ्ग आदिका आधारमा गरिने विभेद मानव निर्मित विभेद हुन जस्को कारणले मानवताबिरोधी चेतलाई मात्र प्रश्रय दिन्छ । सबै मानिस समान हुन सबै सक्छन् भन्ने सन्देश दिनु आजको महत्त्वपूर्ण कदम हो।
कहिले काहीँ युद्ध र बिनासबाट पनि परिवर्तन र नयाँ सभ्यताको उद्घाटन हुन सक्छ भने झै यो बिश्व मानव जगतका लागि अबसरको रुपमा हुन पनि सक्छ।
अन्तमा :के यी सबै कुरामा आजको पुँजिबाद र साम्राज्यवादि अर्थराजनीतिको केन्द्रमा रहेको बिश्व राजनैतिक ब्यब्स्थाले आफूलाई परिमार्जन गर्ला ? अहँ त्यति सजिलो छैन तर कोरोना एक अबसरको रुपमा पनि देखा पर्दैछ ? धनी, गरिब, सानो, ठूलो, शक्तिशाली र कमजोर केही भनेन सबैलाई समान रूपमा आक्रमण गरिराखेको छ। पुजीवादले निम्त्याएको चरम दोहन र अपमानलाई गम्भीर भएर सोच्न बाध्य बनाउने छ । कार्ल माक्सले भने झै उन्नत समाजबादको बाटोबाट मात्रै यस्को सहि उत्तर पाउन सकिएला । एकपटक कोरोनाको महामरीको हल चिकित्सकिय विधिले निर्माण गर्छ न्नै । तर पुनः यस्ता अनेकौ माहामारीको भने जबाफ दिन सक्दैन, बेलैमा सोचौ ।
वि.सं.२०७७ वैशाख ९ मंगलवार २१:२५ मा प्रकाशित






























