back
CTIZAN AD

नेताहरुको आश्वासन र वीरको दुदर्शा

वि.सं.२०७७ वैशाख १० बुधवार

729 

shares

२०४६ सालदेखि बिग्रिन थालेको बिचरा, बबुरो, विवश वीर अस्पतालले अहिले कोरोनाको महामारीको संक्रमणमा हामी नेपालीलाई ‘आऊ, मेरो ढोकामा आएपछि म तिमीलाई राम्रो सेवा दिन्छु’ भन्ने साहस गर्न सक्दैन। किनभने नेताहरूले उसको ‘वीरत्व’ खोसिदिएका छन्। वीर अस्पताल नेताका लागि कमाइखाने भाँडो बनेको छ, २०४६ सालदेखि ।

अहिले सत्तामा बसेकाहरूले जनस्वास्थ्यलाई कति बेवास्ता गर्दा रहेछन् भन्ने कुरा त डाक्टर र नर्सलाई संक्रमणबाट बचाउन चाहिने उपकरण पनि उपलब्ध नगराएकोबाट देखिन्छ। कति जनाले अहिलेको सत्तामा बसेकालाई धारे हात लगाइरहेका छन्। प्रतिपक्षमा बसेकाहरू अहिले उफ्रीउफ्री सरकारलाई गाली गर्दैछन्। यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर कांग्रेसका नेताहरू भन्दैछन्। तर इतिहास बिर्सेर न त वर्तमान, न त भविष्यको कुरा गर्न सकिन्छ।

२०४६ सालपछि सत्तामा आएको कांग्रेसले चाहेको भए नेपालको प्राथमिक स्वास्थ्यको अवस्था, धेरै औषधि नेपालभित्रै बनाउने व्यवस्था, सरकारी अस्पताल सुधार्ने व्यवस्था मिलाउन सक्थ्यो। तर गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाहरू धेरैचोटि प्रधानमन्त्री हुँदा पनि यसतर्फ उनीहरूले चासो नै दिएनन्। यसको उदाहरण त वीर अस्पताल, कान्ति अस्पताल, जिल्लाका अस्पतालहरू छन्। जहाँ अहिले ‘हुनेखाने’ र ‘सुकिलामुकिला’ जाँदैनन्। सत्तामा बसेकाहरू पनि ९० प्रतिशत निजी अस्पताल नै जान्छन्। अनि त वीर असपताल वा कान्ति अस्पताल सुधार्ने ‘प्रपञ्च’ किन गर्नुपर्‍यो ? २०४६ सालदेखि हरेक स्वास्थ्यमन्त्री हुनेबित्तिकै वीर अस्पतालको ‘दर्शन’ गर्न जान्छन्। अनि त्यहाँका डाक्टर र कर्मचारीसँग ‘अब वीर अस्पताललाई अत्युत्तम बनाउनुपर्छ’ भन्ने वाचा गर्छन्। अनि त्यहाँबाट फर्केपछि नेताहरू रुघाखोकी लागे पनि निजी अस्पताल जान्छन्।

किन कोही कांग्रेसका नेता र स्वास्थ्यमन्त्रीले वीर अस्पतालमा आफ्नो र आफ्नो परिवारको उपचार गराउने ‘काम’ नगरेको होला ? किनभने ती नेतालाई थाहा छ नि ‘जति गरे पनि वीर अस्पतालको अवस्था सुध्रिने छैन, त्यहाँको व्यवस्थापनमा धमिरो, अझ अहिलेको अवस्थामा त कोरोना भाइरसले नै संक्रमित भएको छ’ भन्ने पनि हुन्छ। नेपालका उत्तम डाक्टर, नर्सहरू छन् तर ‘राजनीति’ले गाजेको हुनाले उनीहरूले पनि आफ्नो काम राम्रोसँग गर्न पाउँदैनन् ।

वीर अस्पतालको दुर्दशाको वर्णन त हजार जिब्रो भएका शेषनागले पनि गर्न सक्दैनन्, मेरो यो सानो कलमले के गर्न सक्थ्यो र ? २०४६ सालदेखि बिग्रिन थालेको बिचरा, बबुरो, विवश वीर अस्पतालले अहिले कोरोनाको महामारीको संक्रमणमा हामी नेपालीलाई ‘आऊ, मेरो ढोकामा आएपछि म तिमीलाई राम्रो सेवा दिन्छु’ भन्ने साहस गर्न सक्दैन। किनभने नेताहरूले उसको ‘वीरत्व’ खोसिदिएका छन्। वीर अस्पताल नेताका लागि कमाइखाने भाँडो बनेको छ, २०४६ सालदेखि ।

के कोरोनाको महामारीपछि संसार यस्तै रहँला ? लोभलालच कम होला ? स्वास्थ्यमा राज्यले जिम्मेवारी लेला ? उत्तर मसँग छैन। समयले देखाउँला ।

वि.सं.२०७७ वैशाख १० बुधवार १४:५३ मा प्रकाशित

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...