back
CTIZAN AD

नेता केसीद्वारा किसान र विकटका जनतालाई मास्क वितरण

वि.सं.२०७७ वैशाख १० बुधवार

768 

shares

१० वैशाख । नेपाली कांग्रेस नुवाकोट जिल्लाका सभापति जगदीश नरसिंह केसीले नुवाकोटमा रहेका गाउँले किसान तथा विकट ठाउँमा जनतालाई मास्क  वितरण गरेका छन्। अहिलेको कोरोनाको महामारीवाट बचाउन गाउँमा दुर्लभ रहेको मास्क वितरण गरेका हुन् ।

उनकै माध्यमबाट नुवाकोट जिल्लाका व्यवसायिक कृषिमा संलग्न किसान र वृद्धवृद्धाका लागि नेपाली कांग्रेसले मास्क वितरण गरेको हो ।
जिल्लाका सबै १२ वटा गाउँ र नगर पालिकाका पार्टीका सभापतिमार्फत प्रत्येक वडामा मास्क वितरण गरिएको हो ।

नेता केसीले पार्टीका तर्फबाट सोमबार गाउँ र नगर सभापतिलाई मास्क हस्तान्तरण गरेको जानकारी दिए । सो मास्क सबै वडामा दामासाहीले हुनेगरी फ्रन्ट लाइनमा रहेर कृषि कर्ममा संलग्न किसान र वृद्धवृद्धालाई वितरण गरिने छ । संख्या थोरै भएकाले आवश्यकताको वर्गीकरण गरी अति आवश्यक परेकाहरूलाई वितरण गर्न साथीहरूसँग आग्रह गरिएको पनि उनले बताए । पार्टीले आउँदा दिनमा पनि जनताको दुःखमा सक्दो सहयोग गर्दै जाने उनको भनाइ छ ।

त्यस्तै “यसोदादेबि भगवानसिंह केसी मेमोरियल ट्रस्टको सभापति डाक्टर केदार नरसिंह केसी र सो ट्रस्टको महासचिब जगदिस्वर नरसिंह केसीले नुवाकोटका एम्बुलेन्स १९ जना चालकलाई पीपीई हस्तान्तरण गरेका छन् ।

त्यसरी नै रसुवा जिल्लाको कालिका गाउँपालिका र लहरेपौव गाउँपालिकालाई ५/५ पीपीई बितरण गरिएको ट्रस्टको सभापति डाक्टर केसीले जानकारी गराए ।

यसरी धेरै पटक आफ्नो जिल्लामा परेको परेको वेलामा केसी परिवारले नुवाकोट वासीलाई केहि न केहि रूपमा सहयोगको हात बढाई रहेका छन् । अहिले कोरोनाको संक्रमणको अवस्थामा माक्स लगायत यी सामग्रीहरू जताततै सटेज भएको बेलामा गाउँका सर्वसाधारण व्यक्तिहरूले यस्तो सामाग्रि पाउनु भनेको महत्वपूर्ण कुरा हो ।

वि.सं.२०७७ वैशाख १० बुधवार १५:१० मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...