back
CTIZAN AD

ओली कामरेड बटारीन यसपाला पाउनुहुन्न

वि.सं.२०७७ वैशाख १७ बुधवार

828 

shares

यतिबेला समस्या सरकारको नेतृत्व र पार्टीको नेतृत्व दुबैमा छ । सरकारले राम्रो काम नगर्दा पार्टी बदनाम भएको छ । आम कार्यकर्ताको शीर झुकेको छ, जसको जसअपजस पार्टीले लीनै पर्छ । यो बिषय केपी ओली मात्रैको वा अरु प्रचण्ड माधब वा झलनाथ वा बामदेब मात्रैको हुँदै होइन यो बिषय पार्टीको हो ।

नेतृत्वको हैसीयतले केपी कामरेड अनेक तीकडममा नलागिकन पार्टी बैठक बोलाउने र छलफल गर्ने कुरामा बटारीनु भनेको यो उहाँकै निम्ती पनि आफ्नै ईतिहास आँफैले मेटनु हो । जुन बिगतमा हुँदै आएका छन् । यसो भयो भने के हामी फरक भयौं त ? ती त सब भन्ने कुरा न हुन भनेर ओली कामरेड बटारीन यसपाला पाउनुहुन्न ।

शुरुमा एमाले र माओबादी पार्टी एकिकरणै गरेर जानुपर्छ भन्ने मध्ये केहि औंलामा गनिएका आजका र हिजोका दुबै पार्टीका युरोपीयन लीडर भनिएकाहरु मध्ये म एक निश्वार्थ बाम समर्थक पनि थिएँ । मलाई दुबै पक्षका हिजोका हनुमानहरुले खुबै खेदो खन्थे तर म आफ्नै तालमा डगिन । हो, हाम्रो आ–आफ्नै नैतिक र सामाजीक धरातल छ । मुल नेता, निती र नेतृत्व प्रति कहिल्यै गद्दारी गरिएन । उनिहरुले गलत गरे सोझै भनियो र भनिन्छ चाहे जोसुकै रिसाउन या खुसाउन । न मलाई नेताको आशक्तिमा कुनै कुनै पद पाउनु छ न गुमाउनु नै । न मलाई तत्काल नेता बनेर हनुमान गिरी गर्नु वा दलाली गरेर युरोप मान्छे छीराएर कमाउनु नै । यसर्थ म बोल्छु लेख्छु बालै छैन ।

हो स्वाभाबिक रुपमा बुझ्ने भएदेखि बाम बिचार राजनितीमा झुकाब बढ्यो यो मेरो बाध्यता होईन हाम्रो समाजको तत्कालीन परीस्थिती र आफ्नै राजनितीक अध्ययन र समाजबादी लाईन पकड्ने पाटो । हिंडने आफ्नै पाटो, जीबनको दौडानमा धेरैलाई सघाईयो मुल त मुलुकमा गणतन्त्र पनि ल्याईयो । फलस्वरुम तत्कालीन विद्रोही माओबादीलाई पहिलो पार्टी बनाएर म अधिकांश नेताहरुले स्वदेशनै बस् भन्दाभन्दै आफ्नै निर्णयले उच्च अध्यनसंगै आफ्नै व्यक्तिगत बैचारीक र आर्थीक हैसीयत सुधार्न परदेशिएको ठिटो म । यसर्थ मलाई न हिजो क्रान्तीलाई सघाए बापत कुनै रीग्रेट छ न गणतन्त्र ल्याए बापत न पछिल्लो घडीमा माओबादी र एमाले मीलाए बापत नै । अहिले पनि मेरो सबै दलका प्राय सबै नेतृत्व कार्यकर्तासंग नराम्रो कसैसंग छैन । म सबैलाई आदर गर्छु यसर्थ पनि सबैको मायाँ पाउँछु ।

मेरो बिचारमा आफ्नै राजनितीक मान्यता छ, नेपालको र समग्र साउथ एशिया अनि बिश्वको राजनिती मैले स्वदेशमा छँदा भन्दा बिदेशीएपछि बेसी बुझ्ने मौका पाएँ । जसमा मेरो आफ्नै लगाव खोज अध्ययन र बिभिन्न देशका साथीहरुको सम्पर्ककै कारण हो । म नेपाली राजनितीको बर्तमान पुस्तासँग पटक्कै सन्तुस्ट छैन । म त भन्छु नेपाल भडखालोमा हाल्ने पुस्ता भनेकै (५० देखि ७०) उमेर समुहका पुस्ता हुन । तर खै बिकल्प ? बिकल्प अझै एकदशक निस्कने म देख्दिन । प्राय सबै दलका युवा भनियका नेताको गतिबिधी म नियाल्छु सबै आफु बन्न मात्रै उदॄत छन्, भएको यो पुस्ताले सबै युवालाई हनुमान बनाएका छन् किनभने उनिहरुलाई त फेरी बाँचुञ्जेल सत्ता र शक्तिमै बस्नु छ । युवा समर्थन बिना त्यो सम्भब पनि छैन, यसर्थ पनि आजको पुस्ता बेईमान पुस्ता हो । देश बिदेशका पछिल्ला घटनाक्रम पनि म नियालीरहेको छु मलाई बिश्व अध्ययनमा दौडन निकै मन पर्छ, तर म जानाजान नै कुनैपनि दलका कुनैपनि संघठनमा आबदॄ छैन, भएकाहरुको पनि मैले आफ्नै तबरले मुल्याङ्कन गरिरहन्छु । यद्यपी म सबैको सम्पक मै भने छु ।

मुलुककै ठुला दुई कम्युनिस्ट भनिने दल एमाले र माओबादी एकता किन गरियो मैले मेरा अघिल्ला लेखहरुमै प्रस्ट्याई सकेको छु । म काँग्रेस कस्तो शक्ति हो, एमाले कस्तो शक्ति हो, माओबादी कस्तो शक्ति हो र अरु दलहरु कस्ता शक्ति हुन राम्रै बुझ्छु । पछिल्लो पटक एमाले माओबादी एकताले खाली २,४ नेताको घाँटी मात्रै जोड्ने १०- ८ कार्यकर्तालाई नियुक्ति पोस्ने र सत्तामा बसेर मोज गर्ने भनेर सोचीएकै होइन । यो भुगोलको आबस्यकता यो बैचारीक एकताको आबस्यकता, यो श्रमजीबी बर्ग गरिब दुखि र निमुखाहरुको उनमुक्तीको आबस्यकता थियो । जसले शान्ति र स्थायीत्वलाई एक रुप दिंदै पाँच बर्ष दृढ भएर नेता निती कार्यकर्ता र जनतामा एउटा छुट्टै उभार ल्याउने जसले कम्तिमा मुलुकमा शान्ति सुरक्षा र जनताको संबृदॄीको गोरेटो कोर्ने । आज २ बर्ष भयो हाम्रो आफ्नै पार्टिको सरकार छ तर सरकार कता छ न पार्टिकै नेतालाई थाहा छ न कार्यकर्तालाई न जनतालाई ? मुलुक संघियप्रणालीमा गएको छ । नेतृत्वले आँटेर काम गरे यति सहज छ काम गर्न की तर पटक्कै काम भएकै छैनन् । सरकारी जाममा नेकपा पुरै फस्यो भोली जनतामा कुन नारा लिएर जाने पुनः भोट माग्न बेहाल छ,यो दुखद् पाटो हो ।

पार्टी भीत्रका एकाध लठैत कुर्लिएको देख्दा जो कसैको कन्चट चड्कन्छ । पार्टी एकतालाई नै मुल त नेतृत्वपंक्ति स्वयमले नै लेनदेनमा प्रयोग गरिरहेका छन् । युवा भन्नेहरु बोल्नै डराउँछन् किनभने उनिहरुको पनि त चुलोको समस्या होला, खासै उद्योग रोजगारी त कसैको छैन, यो नेकपाको मात्रै नभएर सबै पार्टीको समस्या हो । आफुलाई क्रान्तिकारी भन्ने कम्युनिस्ट पार्टी नै यसरी बटारिए पछि अरुको के कुरा । यतिबेला समस्या सरकारको नेतृत्व र पार्टीको नेतृत्व दुबैमा छ । सरकारले राम्रो काम नगर्दा पार्टी बदनाम भएको छ । आम कार्यकर्ताको शीर झुकेको छ, जसको जसअपजस पार्टीले लीनै पर्छ । यो बिषय केपी ओली मात्रैको वा अरु प्रचण्ड माधब वा झलनाथ वा बामदेब मात्रैको हुँदै होइन यो बिषय पार्टीको हो । पार्टी शिथिल हुने गतिबिधी सरकारले गर्यो यसर्थ सरकारको नेतृत्व र मन्त्रिपरिषदको बिषयमा छलफल बहस खुल्ला रूपले हुनु भनेको अनौठो बिषय होईन । यी याबत बिषय पार्टीमा छलफल गराईनु पर्छ । आबस्यक परे सरकार फेरेरै भएपनि अघि बढ्नु पर्छ तर मुल त सरकार पार्टी निर्देशीत हुने हो नकि पार्टी सरकारले । यसमानेमा नेतृत्वको हैसीयतले केपी कामरेड अनेक तीकडममा नलागिकन पार्टी बैठक बोलाउने र छलफल गर्ने कुरामा बटारीनु भनेको यो उहाँकै निम्ती पनि आफ्नै ईतिहास आँफैले मेटनु हो । जुन बिगतमा हुँदै आएका छन् । यसो भयो भने के हामी फरक भयौं त ? ती त सब भन्ने कुरा न हुन भनेर ओली कामरेड बटारीन यसपाला पाउनुहुन्न । जयहोस्

वि.सं.२०७७ वैशाख १७ बुधवार २०:०१ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...