यतिबेला समस्या सरकारको नेतृत्व र पार्टीको नेतृत्व दुबैमा छ । सरकारले राम्रो काम नगर्दा पार्टी बदनाम भएको छ । आम कार्यकर्ताको शीर झुकेको छ, जसको जसअपजस पार्टीले लीनै पर्छ । यो बिषय केपी ओली मात्रैको वा अरु प्रचण्ड माधब वा झलनाथ वा बामदेब मात्रैको हुँदै होइन यो बिषय पार्टीको हो ।
नेतृत्वको हैसीयतले केपी कामरेड अनेक तीकडममा नलागिकन पार्टी बैठक बोलाउने र छलफल गर्ने कुरामा बटारीनु भनेको यो उहाँकै निम्ती पनि आफ्नै ईतिहास आँफैले मेटनु हो । जुन बिगतमा हुँदै आएका छन् । यसो भयो भने के हामी फरक भयौं त ? ती त सब भन्ने कुरा न हुन भनेर ओली कामरेड बटारीन यसपाला पाउनुहुन्न ।
शुरुमा एमाले र माओबादी पार्टी एकिकरणै गरेर जानुपर्छ भन्ने मध्ये केहि औंलामा गनिएका आजका र हिजोका दुबै पार्टीका युरोपीयन लीडर भनिएकाहरु मध्ये म एक निश्वार्थ बाम समर्थक पनि थिएँ । मलाई दुबै पक्षका हिजोका हनुमानहरुले खुबै खेदो खन्थे तर म आफ्नै तालमा डगिन । हो, हाम्रो आ–आफ्नै नैतिक र सामाजीक धरातल छ । मुल नेता, निती र नेतृत्व प्रति कहिल्यै गद्दारी गरिएन । उनिहरुले गलत गरे सोझै भनियो र भनिन्छ चाहे जोसुकै रिसाउन या खुसाउन । न मलाई नेताको आशक्तिमा कुनै कुनै पद पाउनु छ न गुमाउनु नै । न मलाई तत्काल नेता बनेर हनुमान गिरी गर्नु वा दलाली गरेर युरोप मान्छे छीराएर कमाउनु नै । यसर्थ म बोल्छु लेख्छु बालै छैन ।
हो स्वाभाबिक रुपमा बुझ्ने भएदेखि बाम बिचार राजनितीमा झुकाब बढ्यो यो मेरो बाध्यता होईन हाम्रो समाजको तत्कालीन परीस्थिती र आफ्नै राजनितीक अध्ययन र समाजबादी लाईन पकड्ने पाटो । हिंडने आफ्नै पाटो, जीबनको दौडानमा धेरैलाई सघाईयो मुल त मुलुकमा गणतन्त्र पनि ल्याईयो । फलस्वरुम तत्कालीन विद्रोही माओबादीलाई पहिलो पार्टी बनाएर म अधिकांश नेताहरुले स्वदेशनै बस् भन्दाभन्दै आफ्नै निर्णयले उच्च अध्यनसंगै आफ्नै व्यक्तिगत बैचारीक र आर्थीक हैसीयत सुधार्न परदेशिएको ठिटो म । यसर्थ मलाई न हिजो क्रान्तीलाई सघाए बापत कुनै रीग्रेट छ न गणतन्त्र ल्याए बापत न पछिल्लो घडीमा माओबादी र एमाले मीलाए बापत नै । अहिले पनि मेरो सबै दलका प्राय सबै नेतृत्व कार्यकर्तासंग नराम्रो कसैसंग छैन । म सबैलाई आदर गर्छु यसर्थ पनि सबैको मायाँ पाउँछु ।
मेरो बिचारमा आफ्नै राजनितीक मान्यता छ, नेपालको र समग्र साउथ एशिया अनि बिश्वको राजनिती मैले स्वदेशमा छँदा भन्दा बिदेशीएपछि बेसी बुझ्ने मौका पाएँ । जसमा मेरो आफ्नै लगाव खोज अध्ययन र बिभिन्न देशका साथीहरुको सम्पर्ककै कारण हो । म नेपाली राजनितीको बर्तमान पुस्तासँग पटक्कै सन्तुस्ट छैन । म त भन्छु नेपाल भडखालोमा हाल्ने पुस्ता भनेकै (५० देखि ७०) उमेर समुहका पुस्ता हुन । तर खै बिकल्प ? बिकल्प अझै एकदशक निस्कने म देख्दिन । प्राय सबै दलका युवा भनियका नेताको गतिबिधी म नियाल्छु सबै आफु बन्न मात्रै उदॄत छन्, भएको यो पुस्ताले सबै युवालाई हनुमान बनाएका छन् किनभने उनिहरुलाई त फेरी बाँचुञ्जेल सत्ता र शक्तिमै बस्नु छ । युवा समर्थन बिना त्यो सम्भब पनि छैन, यसर्थ पनि आजको पुस्ता बेईमान पुस्ता हो । देश बिदेशका पछिल्ला घटनाक्रम पनि म नियालीरहेको छु मलाई बिश्व अध्ययनमा दौडन निकै मन पर्छ, तर म जानाजान नै कुनैपनि दलका कुनैपनि संघठनमा आबदॄ छैन, भएकाहरुको पनि मैले आफ्नै तबरले मुल्याङ्कन गरिरहन्छु । यद्यपी म सबैको सम्पक मै भने छु ।
मुलुककै ठुला दुई कम्युनिस्ट भनिने दल एमाले र माओबादी एकता किन गरियो मैले मेरा अघिल्ला लेखहरुमै प्रस्ट्याई सकेको छु । म काँग्रेस कस्तो शक्ति हो, एमाले कस्तो शक्ति हो, माओबादी कस्तो शक्ति हो र अरु दलहरु कस्ता शक्ति हुन राम्रै बुझ्छु । पछिल्लो पटक एमाले माओबादी एकताले खाली २,४ नेताको घाँटी मात्रै जोड्ने १०- ८ कार्यकर्तालाई नियुक्ति पोस्ने र सत्तामा बसेर मोज गर्ने भनेर सोचीएकै होइन । यो भुगोलको आबस्यकता यो बैचारीक एकताको आबस्यकता, यो श्रमजीबी बर्ग गरिब दुखि र निमुखाहरुको उनमुक्तीको आबस्यकता थियो । जसले शान्ति र स्थायीत्वलाई एक रुप दिंदै पाँच बर्ष दृढ भएर नेता निती कार्यकर्ता र जनतामा एउटा छुट्टै उभार ल्याउने जसले कम्तिमा मुलुकमा शान्ति सुरक्षा र जनताको संबृदॄीको गोरेटो कोर्ने । आज २ बर्ष भयो हाम्रो आफ्नै पार्टिको सरकार छ तर सरकार कता छ न पार्टिकै नेतालाई थाहा छ न कार्यकर्तालाई न जनतालाई ? मुलुक संघियप्रणालीमा गएको छ । नेतृत्वले आँटेर काम गरे यति सहज छ काम गर्न की तर पटक्कै काम भएकै छैनन् । सरकारी जाममा नेकपा पुरै फस्यो भोली जनतामा कुन नारा लिएर जाने पुनः भोट माग्न बेहाल छ,यो दुखद् पाटो हो ।
पार्टी भीत्रका एकाध लठैत कुर्लिएको देख्दा जो कसैको कन्चट चड्कन्छ । पार्टी एकतालाई नै मुल त नेतृत्वपंक्ति स्वयमले नै लेनदेनमा प्रयोग गरिरहेका छन् । युवा भन्नेहरु बोल्नै डराउँछन् किनभने उनिहरुको पनि त चुलोको समस्या होला, खासै उद्योग रोजगारी त कसैको छैन, यो नेकपाको मात्रै नभएर सबै पार्टीको समस्या हो । आफुलाई क्रान्तिकारी भन्ने कम्युनिस्ट पार्टी नै यसरी बटारिए पछि अरुको के कुरा । यतिबेला समस्या सरकारको नेतृत्व र पार्टीको नेतृत्व दुबैमा छ । सरकारले राम्रो काम नगर्दा पार्टी बदनाम भएको छ । आम कार्यकर्ताको शीर झुकेको छ, जसको जसअपजस पार्टीले लीनै पर्छ । यो बिषय केपी ओली मात्रैको वा अरु प्रचण्ड माधब वा झलनाथ वा बामदेब मात्रैको हुँदै होइन यो बिषय पार्टीको हो । पार्टी शिथिल हुने गतिबिधी सरकारले गर्यो यसर्थ सरकारको नेतृत्व र मन्त्रिपरिषदको बिषयमा छलफल बहस खुल्ला रूपले हुनु भनेको अनौठो बिषय होईन । यी याबत बिषय पार्टीमा छलफल गराईनु पर्छ । आबस्यक परे सरकार फेरेरै भएपनि अघि बढ्नु पर्छ तर मुल त सरकार पार्टी निर्देशीत हुने हो नकि पार्टी सरकारले । यसमानेमा नेतृत्वको हैसीयतले केपी कामरेड अनेक तीकडममा नलागिकन पार्टी बैठक बोलाउने र छलफल गर्ने कुरामा बटारीनु भनेको यो उहाँकै निम्ती पनि आफ्नै ईतिहास आँफैले मेटनु हो । जुन बिगतमा हुँदै आएका छन् । यसो भयो भने के हामी फरक भयौं त ? ती त सब भन्ने कुरा न हुन भनेर ओली कामरेड बटारीन यसपाला पाउनुहुन्न । जयहोस्
वि.सं.२०७७ वैशाख १७ बुधवार २०:०१ मा प्रकाशित