back
CTIZAN AD

सचिवालय बैठकमा प्रधानमन्त्रीको राजिनामा मागीएपछि नेकपामा तनाब

वि.सं.२०७७ वैशाख १७ बुधवार

699 

shares

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीको राजिनामा मागिएको स्रोतले बताएको छ ।

सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २० गते अर्को बैठक बोलाइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा बालुवाटारमा बसेको सचिवालय बैठक आज बुधवार बसेर साढे ३ घण्टासम्म चलेको थियो ।

प्रवक्ता श्रेष्ठका  अनुसार बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको थियो भने सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राखेका थिए ।

बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयको बैठक बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नेकपा स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाल लगायतको अडान कायमै रहेको कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो । स्रोतका अनुसार सचिवालयको बैठक चलिरहँदा ओलि पक्षीय सांसदहरुको चहलपहल निवास परिसरमै व्यापक रहेकोले स्थिति थोरै तनाबपूर्ण बनेको थियो ।

सो स्रोतका अनुसार बैठकमा प्रचण्ड र माधव नेपाल सहित सचिवालयका सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने मागसहित तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए ।

दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको बताइएको छ । यद्यपी नेता ईश्वर पोखरेलले सरकारका कामको प्रतिरक्षा तथा पार्टी एकताका बाँकी काममा गृहकार्य गर्ने गरी २० गतेलाई सचिवालय बैठक सारिएको बताएका छन् ।

वि.सं.२०७७ वैशाख १७ बुधवार २१:५५ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...