back
CTIZAN AD

पर्यटन क्षेत्र उकास्न २० अर्बको प्याकेज आबस्यक छः सिईओ रेग्मी

वि.सं.२०७७ वैशाख १८ बिहीवार

876 

shares

“बन्दाबन्दी खुले लगत्तै पर्यटन क्षेत्रका १८ सय जनालाई रोजगारी दिने तयारी भैरहेको जानकारी दिएका छन । ८०० जनालाई बोर्डले रोजगारी दिने छ भने १ हजारलाई यूएनडिपिले दिने छ ।

१८ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) धनञ्जय रेग्मीले पर्यटनक्षेत्र उकास्नका लागि करिब २० अर्बको राहात प्याकेजको जरुरी रहेको बताएका छन ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन क्षेत्र नै रहेको भन्दै उनले सो रकम बराबरको राहातको आबस्यकता रहेको बताएका हुन ।

उनले चालु आर्थिक बर्षमा पर्यटन क्षेत्रमा ठूलो लगानी भएको र तत्काल उक्सिन नसक्ने भएकाले सरकारले १ बर्षसम्म ब्याज र किस्ता तिर्न नपर्ने व्यवस्था गर्नु पर्ने अबस्था रहेको बताएका छन । त्यस्तै किस्तको अबधि पनि ३ वर्षसम्म लम्ब्याउनु पर्नेमा उनको जोड छ ।

मुलुक नयाँ बजेटको सन्निकट रहेको बताउँदै उनले बजेटले सबै कुराको सम्बोधन गर्ने विश्वास ब्यक्त गरे ।

देशमा जारी रहेको बन्दाबन्दी खुले लगत्तै पर्यटन क्षेत्रका १८ सय जनालाई रोजगारी दिने तयारी भैरहेको जानकारी दिएका छन । ८०० जनालाई बोर्डले रोजगारी दिने छ भने १ हजारलाई यूएनडिपिले दिने छ ।

अहिलेसम्म पर्यटन क्षेत्रको तथ्याङ्क नभएको भन्दै उनले तथ्याङ्क संकलन गर्ने जानकारी दिए । आन्तरिक पर्यटकको संख्या बढउनु पर्ने त्यसका लागि सरकारले तलबि बिदा दिनु पर्ने उनको भनाई छ ।

कोरोना भाइरको माहामारीको कारण पर्यटन क्षेत्रमा लागेका ५ लाख मानिस प्रत्यक्ष र करिब २० लाख मानिस अप्रत्यक्ष प्रभावित भएको हुनसक्ने उनको भनाई छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १७:०३ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...