back
CTIZAN AD

स्तनपान गराउँदा शिशुलाई कोरोना सर्दैन

वि.सं.२०७७ वैशाख १८ बिहीवार

864 

shares

१८ बैशाख, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवजात शिशुलाई स्तनपान गराउँदा कोरोना नसर्ने जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयद्धारा विहिबार जारी नियमित पत्रकार सम्मेलनमा विभिन्न क्वारेन्टाइनमा रहेका वा कोरोना भाइरस संक्रमण भेटिएका महिलाले शिशुलाई दूध खुवाउँदा कोरोना सर्ने कुरा बाहिर आएको बताउँदै मन्त्रालयले अहिलेसम्मको अध्ययनमा संक्रमित आमाले स्तनपान गराउदा कोरोना नसर्ने जानकारी दिएको हो ।

त्यसैगरी शिशुलाई स्तनपान गराउनु अघि यदि आमालाई ज्वरो, खोकीलगायतका समस्या रहेको छ भने त्यस्ता महिलाले शिशुलाई स्तनपान गराउनु भन्दा पहिले २० सेकेण्डसम्म साबुन पानीले राम्रोसँग हात धुने, माक्स लगाउने तथा आमालाई बढी समस्या भएको छ भने दूध निकालेर कपमा राखेर पनि खुवाउन सकिने मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी यस सम्बन्धमा अन्य जानकारी चाहिएमा मन्त्रालयको हटलाइन नम्बर ११३३ र १११५ मा सम्पर्क गरेर लिन सकिने पनि मन्त्रालयले अनुरोध गरेको छ । साथै त्यस्ता व्यक्तिहरुले अन्य समय भन्दा क्वारेन्टाइनमा रहदाको समयमा सरसफाईमा बढी ध्यान दिनुपर्ने पनि बताएको छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १६:४९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...