back
CTIZAN AD

दक्षिण कोरियामा पहिलो पटक एक जना पनि संक्रमित भेटिएनन्

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

945 

shares

१९ बैशाख, सोल । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फैलिएदेखि बिहीबार पहिलो पटक कुनै पनि सङ्क्रमित भेटिएका छैनन् ।

देशको स्वास्थ्य मन्त्रालयका अधिकरीहरुका अनुसार बिहीबार कोरोना भाइरसबाट कुनै पनि व्यक्ति सङ्क्रमित भएको विवरण आएको छैन ।

दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेको मन्त्रालयले जनाएको छ ।

कोरियाको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रमा बिहीबार कुनै पनि सङ्क्रमितको विवरण दर्ता नभएको उल्लेख गरिएको छ ।

विकसित मुलुकका दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म दश हजार ७६५ जना सङ्क्रमित भएका छन् भने २४७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट कुनै पनि नयाँ व्यक्ति सङ्क्रमित भएको विवरण नआएको दिनलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले खुशीयालीको दिनका रुपमा स्मरण गर्नुभएको छ । उहाँले यस्तो खुशीको दिन आउनुमा आम नागरिकको समूहिक प्रयासबाट सम्भव भएको उल्लेख गर्दै यसको श्रेय आम नागरिकलाई नै दिएका छन् ।

हाम्रो देशका कोरोना भाइरसको सङ्क्रमण फैलिएको आज ७२ दिन भएको छ, आज दिनभरी कुनै पनि व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण नआएको पहिलो दिन भएको छ, राष्ट्रपति मुनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नियन्त्रणमा पाएको सफलताकोे विश्व स्वास्थ्य सङ्गठन लगायत विश्व समुदायले कोरियाली स्वास्थ्य सेवाको प्रशंसा गरिएको छ । एएनआई

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १२:०८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...