२० बैशाख, बेलायत । मगर संघ बेलायतले बेलायत तथा नेपालमा कोरोना प्रभावित मजदुर, श्रमिकका परिवार तथा विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको बताएको छ ।
मगर संघ युकेले कोरोना भाइरसका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्न तीन चरणको कार्यक्रम बनाएको बताएको छ ।
संघका अध्यक्ष सुनिल रानाले पहिलो चरणमा युकेमा तत्काल सहायता चाहिएका सदस्यहरुलाई आर्थिक तथा स्वयंसेवक पठाइ सहयोग गरिएको जानकारी दिएका छन् । साथै बेलायतमा अध्ययन तथा परीक्षाका लागि आई रोकिएकालाई आर्थिक सहयोग र परामर्श दिइएको, किनमेल गर्न नसक्ने वा किनमेल गरिएको सामान ढुवानी गर्न समस्या भएकाहरुलाई भौतिक सहयोग गरिएको छ ।
त्यस्तै नेपालमा पनि बन्दाबन्दीका कारण खानै नपाउने अवस्था नहोस् भनेर तत्काल १ लाख रुपियाँ सहयोग गरिएको पनि अध्यक्ष रानाले जानकारी दिएका छन् ।
त्यसैगरी संघले दोस्रो चरणमा लकडाउन सकिएपछि पनि आफ्ना सदस्यहरुलाई आइपरेका समस्याहरुमा सहयोग जारी राखिने जानकारी दिँदै तेस्रो चरणमा संघले भविष्यमा आउनसक्ने यस्ता महामारीमा तत्काल सहयोग गर्न आपतकालिन कोष खडा गर्ने योजना बनाएको समेत अध्यक्ष रानाले बताएका छन् ।
त्यसैगरी संघले आफ्ना स्वयंसेवकहरुलाई क्षेत्रगतरुपमा संयोजन गर्न केन्द्रीय मगर युवासंघ युकेमार्फत ८ जना युवालाई तोकेको छ । संघका अध्यक्ष किशोर राना, यमुना आले, दीपक थापा माइथाने, दिनेश रोका, गुमानसिंह थापा, विकास राना, नूतन श्रीश र यादव गाहा मगरलाई संघले सम्पर्क व्यक्ति तोकेको हो ।
उनीहरुलाई स्वयंसेवक पठाएर वा चन्दा दिएर सहयोग गर्न संघले संघका १२ वटा शाखाहरुलाई अनुरोध गरेको छ ।
सम्पर्क व्यक्तिहरु
संयोजक, किशोर राना ०७४ ११९२ ९७०५
यमुना आले ०७७ ८३४७ ९४६६
दीपक थापा माइथाने ०७४ ११७७ ४०८२
दिनेश रोका ०७४ ११३९ ६७७३
गुमानसिंह थापा ०७५ ७६३१ ९६४६
विकास राना ०७५ ७६१२ २४३१
नूतन श्रीश ०७८ ८१८८ ८२३५
यादव गाहा मगर ०७५ ४३७८ ९७३३,
नेपाल मगर संघले पनि उठायो राहतका लागि रकम
त्यसैगरी कोरोनाका रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण खान नपाई अफ्ठ्यारो अबस्थामा पुगेका मजदूर श्रमिक तथा असहाय बिद्यार्थीहरुलाई सहयोग तथा उद्दार गर्ने उद्देश्यले नेपाल मगर संघले गठन गरेको कोरोना पीडित सहयोग राष्ट्रिय समन्वय समितिले निर्माण गरेको ‘कोरोना पिडित सहयोग कोष“ मा केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारीहरुबाट जनही १ हजारका दरले जम्मा रु. ६८ हजार रुपैयाँ जम्मा गरि सुरु गरिएका छ ।

उक्त “कोरोना पिडित सहयोग कोष’ मा अहिले देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ र विहिबार मात्र नेपाल केन्द्रीय मगर संगका राहतकोषका संयोजक तथा अध्यक्ष नविन रोका मगर, माहासचिव ज्ञानेन्द्र पुन मगरका साथै बिदेशसचिव रक्षा रैका मगरको सक्रियतामा राजधानीमा अलपत्र परेका मगर समुदाय तथा अन्य समुदायहरुलाई यस सहयोगले ठूलो राहात पुगेको बताइएको छ ।
त्यसैगरी संघलाई बेलायतबाट ओम थापा काउचा मगर (संग सल्लाहकार) बाट रू पाँच हजार र छाम काउचा घर्ती मगरकी छोरी एलिना काउचा घर्तीमगरबाट (बाग्लुङ हाल बेलायत पलम्स्टेट) रू दश हजार सहयोग गरेका छन् ।

वि.सं.२०७७ वैशाख २० शनिवार १८:५४ मा प्रकाशित



























