back
CTIZAN AD

सबैलाई चक्मा दिँदै यसरी मुस्कुराउँदै सार्वजनिक भए उत्तर कोरियाका सर्वोच्च नेता किम

वि.सं.२०७७ वैशाख २० शनिवार

852 

shares

२० वैशाख, सोल ।  उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन् ।

स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहेको हल्ला चरिरहेका बेला उनी सार्वजनिक भएका हुन् । दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाका अनुसार उनी यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएका थिएनन् ।

सरकारी सञ्चार माध्यमले उनी दक्षिणी प्योङयाङ प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएर सार्वजनिक भएका हुन् ।

समाचार संस्थाका अनुसार शनिबार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेको तस्बिर सार्वजनिक गरिएको छ । कार्यक्रममा किमसँगै उनकी बहिनी किम यो जङ पनि देखिएकी छन् ।

उनी सार्वजनिक नभएको बेला दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी भएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए ।

उनका आफ्ना हजुरबुवाको जन्मजयन्ती समरोहमा उनको अनुपस्थितिलाई आधार मनेर उनलाई अस्वस्थ भएको दाबी गरिएको थियो ।
उत्तर कोरियाली पात्रोमा उनका हजुरबुवा किम इल सङको जन्मजयन्ती समारोह ठूला कार्यक्रममध्ये एक मानिन्छ । त्यस दिन उनी अघिल्ला बर्ष आफ्ना हजुरबुवाको चिहानस्थल जाने गर्थे ।

यस पटक भने अनुपस्थित भएकाले उनको स्वास्थ्य अवस्थाबारे विश्वभवरी नै अड्कलबाजी र अनेक हल्ल चलेको थियो ।

उनको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक -पटक प्रतिक्रिया दिदै चासो देखाएका थिए । किम आफ्नो अति अनन्य मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिएका थिए ।

अहिले किम पुनः सार्वजनिक रूपमा देखिएको बारेमा भने ट्रम्पले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।

उत्तर कोरियाली सञ्चारमाध्यमले किम अहिले सार्वजनिक रूपमा देखिएको भन्दै दिएको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने अन्य आधार नभएकाले कतिपयले अझै पनि अविश्वास गरेका छन् । रासस\एएनआई

वि.सं.२०७७ वैशाख २० शनिवार १९:१९ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...