२१ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट भएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१२ देशमा फैलिएको छ ।
यसअघि बढी प्रभावित देशहरु विस्तारै विस्तारै घट्दै गएको देखिन्छ भने दक्षिण अमेरिकी देश ब्राजिल, भारतलगायतका देशमा बढ्दो छ । नेपालमा पनि थपिँदै गएको अवस्था छ ।
वैशाख २१ (सन् २०२० मे ३) बिहान .२० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३४,३,९३५ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २४४,७७३ पुगेको छ । एकैदिन ८३१०६ कोरोनाका संक्रमित थपिएका छन् भने ५१८१ जनाको मृत्यु भएको छ ।
निको भएर घर फर्किएकाहरु संख्याका १,१२१,४९९ छ भने उपचाररत हालको बिरामीको संख्या २,११७,६६३ रहेको छ । जसमध्ये २,०६६,६६३ को अवस्था मध्यम छ भने ५०,८५८ को स्थिति गम्भिर रहेको छ । गम्भिर बिरामी २ प्रतिशत रहेको छ ।
पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । शनिबारको तथ्यांकले बिरामी मध्ये ८२ प्रतिशत सन्चो हुने गरेका छन् भने १८ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।
वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,१६०,७७४ पुगेको छ भने ६७,४४४ को मृत्यु भएको छ । एकै दिन २९,४९४ नयाँ संक्रमित थपिएका छन् भने १६७८ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित र मृत्यु घटेको हो ।
मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या २०९,३२८ रहेको छ भने मृत्यु हुनेको संख्या २८,७१० जना रहेको छ ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, टर्की, रसिया, ब्राजिल, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(६७,४४४) इटाली दोस्रो(२८,७१०), बेलायत तेस्रो (२८,१३१), स्पेन चौंथोे(२५,१००), फ्रान्स पाचौँ (२४,७६०), बेल्जियम छैठौं(७,७६५), जर्मनी सातौं (६,८१२), ब्राजिल आठौँ (६,७६१), इरान नवौँ (६,१५६), नेदरल्याण्ड दशौँ(४९८७) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।
नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा नयाँ संक्रमित थपिएका छैनन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निको भएर फर्किएका छन् । शनिबारसम्म १३,०९८ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।
चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।
कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन तीनचरणमा थपिएर वैशाख २५ गतेसम्म पु¥याइएको छ ।
अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ३९,६९९ जना संक्रमित रहेको र १,३२३ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र २४४२ जना नयाँ संक्रमित थपिएका छन् भने भने १०० जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ ।
यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :
| Country, Other |
Total Cases |
New Cases |
Total Deaths |
New Deaths |
Total Recovered |
Active Cases |
Serious, Critical |
Tot Cases/ 1M pop |
Deaths/ 1M pop |
Total Tests |
Tests/ 1M pop |
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| World | 3,483,935 | +2,584 | 244,773 | +110 | 1,121,499 | 2,117,663 | 50,858 | 447 | 31.4 | ||
| USA | 1,160,774 | 67,444 | 173,725 | 919,605 | 16,475 | 3,507 | 204 | 6,931,132 | 20,940 | ||
| Spain | 245,567 | 25,100 | 146,233 | 74,234 | 2,386 | 5,252 | 537 | 1,528,833 | 32,699 | ||
| Italy | 209,328 | 28,710 | 79,914 | 100,704 | 1,539 | 3,462 | 475 | 2,108,837 | 34,879 | ||
| UK | 182,260 | 28,131 | N/A | 153,785 | 1,559 | 2,685 | 414 | 1,129,907 | 16,644 | ||
| France | 168,396 | 24,760 | 50,562 | 93,074 | 3,827 | 2,580 | 379 | 1,100,228 | 16,856 | ||
| Germany | 164,967 | 6,812 | 129,000 | 29,155 | 2,105 | 1,969 | 81 | 2,547,052 | 30,400 | ||
| Turkey | 124,375 | 3,336 | 58,259 | 62,780 | 1,445 | 1,475 | 40 | 1,111,366 | 13,177 | ||
| Russia | 124,054 | 1,222 | 15,013 | 107,819 | 2,300 | 850 | 8 | 3,945,518 | 27,036 | ||
| Brazil | 97,100 | +541 | 6,761 | +11 | 40,937 | 49,402 | 8,318 | 457 | 32 | 339,552 | 1,597 |
| Iran | 96,448 | 6,156 | 77,350 | 12,942 | 2,787 | 1,148 | 73 | 484,541 | 5,769 | ||
| China | 82,877 | +2 | 4,633 | 77,713 | 531 | 34 | 58 | 3 | |||
| Canada | 56,714 | 3,566 | 23,801 | 29,347 | 557 | 1,503 | 94 | 832,222 | 22,050 | ||
| Belgium | 49,517 | 7,765 | 12,211 | 29,541 | 689 | 4,273 | 670 | 260,996 | 22,520 | ||
| Peru | 42,534 | 1,200 | 12,434 | 28,900 | 671 | 1,290 | 36 | 355,604 | 10,785 | ||
| Netherlands | 40,236 | 4,987 | N/A | 34,999 | 708 | 2,348 | 291 | 225,899 | 13,184 | ||
| India | 39,699 | 1,323 | 10,819 | 27,557 | 29 | 1.0 | 976,363 | 708 |
वि.सं.२०७७ वैशाख २१ आइतवार ०८:४९ मा प्रकाशित






























