back
CTIZAN AD

६ महिनापछि घर फर्किएका लालबहादुरले छोराछोरीको शब समेत सुमसुम्याउन पाएनन

वि.सं.२०७७ वैशाख २१ आइतवार

783 

shares

२१ बैशाख, रोल्पा । क्वारेन्टाइनमा बसाइपछि त्रिवेणी गाउँपालिका ७ गैरीगाउँ मैतेगातिनाका लाल बहादुर खत्री बिहीबार घर पुगे ।

६ महिनापछि उनी परिवारसँग खुसी साट्न चाहान्थे । तर, विहीबारै बेवारिसे बम विस्फोटमा दुई छोराछोरी गुमाउनुपरेपछि उनका आँखाबाट आँसु खसिरहेको छ । उनकी पत्नीको पनि हालत उस्तै छ । काखमा दुई वर्षकी दूधे छोरी आमाको आँसु पिइरहेकी छन् ।

‘क्वारेन्टाइनमा १० दिन बसेर दिउँसो ४ बजे घर आएँ । छोराछोरी थिएनन् । गोठालो गएका रैछन,’ लालबहादुरले गहभरी आँसु छचल्काउँदै भने,‘साँझ ६ बजे विस्फोटको आवाज सुनियो । हेर्न जाँदा छोराछोरीलाई क्षतिविक्षत अवस्थामा देखेँ ।’

घटनास्थल नजिकै थप विस्फोटक पर्दाथ देखिएपछि उनले छोराछोरीको शब समेत सुम्सुम्याउन पाएनन् । ६ महिना अघि मजदुरीमा गएका उनको परिवारसँग खुसी साट्ने आँसुमा बदलियो । लकडाउनका कारण काठमाण्डौंमा ईट्टाभट्टामा अलपत्र परेका उनलाई उर्जामन्त्री वर्षमान पुनको टोलीले घर आउन सघाएको थियो । गाउँमा उनी ह्याङ विद्यालयमा १० दिन क्वारेन्टाइनमा बसेका थिए । आइतबारको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७७ वैशाख २१ आइतवार ०८:५० मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...